Saturday, March 23, 2024
Homeफिचरढकमक्क सयपत्री फुलबारीमा व्यवसायीक फूलखेती

ढकमक्क सयपत्री फुलबारीमा व्यवसायीक फूलखेती

- Advertisement -spot_img

तुलसीपुर, ७ कार्तिक । सुख्खा डाँडो रहेको फुलबारीको मझघटुवा अहिले सयपत्री (हजारी) फूलले ढकमक्क भएको छ । स्थानीय युवाहरूको प्रयास र लगानीमा अहिले तुलसीपुरमा व्यवसायिक रूपमा सयपत्रीको खेती सञ्चालन गरिएको छ ।
सामूहिक रूपमा सञ्चालन गरिएको सयपत्री फुलखेती यसक्षेत्रमै सामूहिक र व्यवसायीक फूलखेतीको सुरूवात गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलबारीस्थित मझघटुवामा सयपत्री फुलको खेती गरिएको छ ।
युवा व्यवसायीहरूको संयुक्त लगानीमा उक्त फूलखेती व्यवसाय सञ्चालन गरेका छन् । थाइल्याण्डमा प्रसिद्ध रहेको कर्मा अरेञ्ज नामको सयपत्री फूल फुलबारीमा एक विगाह क्षेत्रफलमा खेती गरिएको हो ।
चार लाखको लगानीमा गरिएको फूलखेतीले एकै वर्षमा मनग्य आम्दानी हुने देखिएको छ । तिहारलाई लक्षित गरी गरिएको खेतीबाट पहिलो चरणमा १५ हजार किलो हजारी उत्पादन हुने अपेक्षा गरिएको छ ।
स्थानीयस्तरमा हजारीको फूलको माग बढिरहेको र स्थानीय मागलाई पूरा गर्न व्यवसायी खेती गरिएको व्यवसायी तथा कृषि विषयका उपप्राध्यापक मनोज बस्नेतले बताए ।
विशेषगरी चाडपर्वको समयमा सयपत्री फूलको अत्याधिक प्रयोग हुने भन्दै यसै समयलाई लक्षित गरेर उत्कृष्ट जातको फूल उत्पादनमा लागेको बस्नेतको भनाई छ ।

चार लाखको लगानीमा गरिएको फूलखेतीले एकै वर्षमा मनग्य आम्दानी हुने देखिएको छ । तिहारलाई लक्षित गरी गरिएको खेतीबाट पहिलो चरणमा १५ हजार किलो हजारी उत्पादन हुने अपेक्षा गरिएको छ ।


यस फूल सबैभन्दा राम्रो फुल्ने र टिक्ने भएकाले यसको माग अन्य फूलको तुलनामा धेरै रहेको उनले बताए । ‘यो फूल यसक्षेत्र कुनै पनि स्थानमा छैन, उनले भने ‘देख्दा पनि उत्तिकै राम्रो र खदिलो भएकाले अहिले माग पनि बढिरहेको बताए ।
युवा व्यवसायी हेमराज बस्नेतले उत्पादित फूलको बजार राम्रो रहेको बताए । पहिलो लटमा सुर्खेत, नेपालगञ्जमा बजार पाएको हजारीले अहिले काठमाडाँैबाट अत्याधिक माग भएको बस्नेतको भनाइ छ ।
उनले जिल्ला बाहिरबाट हजारी फूल लिन आउनेहरूको प्रतिस्पर्धा चलिरहेको बताए । ‘पु¥याउन गाह्रो हुने अवस्था आएको छ ।’ उनले भने ‘जिल्लामा त माग नबढ्ने कुरै भएन ।’
जिल्लाको तुलसीपुर, घोराहीमा मात्र नभई बाँके, बर्दिया सुर्खेत, धनगढी क्षेत्रमा समेत फूलको बजार रहेको बस्नेतको भनाइ छ । उनले केही दिन अगाडि मात्रै एक हजार किलो फूल सुर्खेतका लागि पठाइएको जानकारी दिए ।
बस्नेतले काठमाडौँमा १५ हजार किलो माग भएको बताए । यस्तै यसक्षेत्रका लागि दुई हजार किलो फूल खपत हुने लक्ष्य रहेको छ । ‘हामी युवाहरू मिलेर केही नयाँ गरौँ भन्ने सोचका साथ यो व्यवसाय सुरू गरेका हौँ’, व्यवसायी सन्दीपन रिजालले भने ‘स्थानीय माग पहिलो सम्बोधन हो ।’
बृहत्त क्षेत्रमा लगानी गरिरहेको युवा टिमले फूलमा लगानी गर्दा सोंचेभन्दा राम्रो भएको बताए । ‘हामीले उत्पादन गरेको कर्मा जातको हजारीको बजार माग सबैभन्दा धेरै रहेकाले उत्पादन क्षेत्र विस्तार गर्नुपर्ने अवस्था आएको रिजालको भनाइ छ । बस्नेतले हजारी फूल प्रतिकेजी २ सय ५० का दरले बिक्री भइरहेको छ ।
करिव साढे ४ लाखको संयुक्त लगानीमा सञ्चालन गरिएको हजारी फूलखेतीलाई आगामी वर्षमा अझै फराकिलो बनाउने योजना रहेको उनीहरूको भनाइ छ । फूलखेतीका लागि थप जमिनको व्यवस्था गरी आगामी वर्षमा यो फूलखेती ठूलो क्षेत्रफलमा उत्पादन गरिने रिजालले बताए । व्यवसायीक फूलखेतीमा सातजना युवाहरूको सहभागिता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here