- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरएन प्याब्सनको पालिकास्तरीय भेला

एन प्याब्सनको पालिकास्तरीय भेला

- Advertisement -spot_img

तुलसीपुर, ७ कार्तिक । एन प्याव्सन दाङको पालिकास्तरीय भेला तथा समिति गठन भएको छ । पालिकास्तरीय भेलाले शान्तिनगर गाउँपालिकाको संयोजकमा रणबहादुर बोहरा, सह–संयोजकमा पुरूषोत्तम गौतम,
बबई गाउँपालिका संयोजकमा बालकृष्ण खत्री, सह–संयोजकमा नरेश बोहरा, दंगीशरण गाउँपालिका संयोजकमा नारायण प्रसाद शर्मा र सह–संयोजकमा हिरा केसीलाई सर्वसम्मत रूपमा चयन गरेको छ ।
प्याव्सन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षता प्रदेश नम्बर ५ का संयोजक सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको विशिष्ट आतिथ्यतामा भएको भेलामा बोल्ने वक्ताहरूले सरकारले पर्याप्त तयारीविना नै निजी विद्यालयहरूलाई सामाजिक सुरक्षा कोषमा जान निर्देशन दिएको भन्दै त्यसलाई एन प्याब्सनले नमान्ने बताएका थिए ।
उक्त अवसरमा बोल्दै प्रदेश नम्बर ५ का संयोजक डाँगीले राज्यले निजी विद्यालयहरूलाई निस्तेज पार्न खोजिरहेको भन्दै त्यसका विरूद्धमा सबै लाग्नुपर्नेमा जोड दिए ।
साथै डाँगीले स्थानीय पालिकाहरूमा समेत अब चाँडै नै शिक्षा ऐन बन्ने भएको हुँदा त्यसका लागि समेत तयार रहन उनले आग्रह गरे ।
त्यस्तै विशिष्ट अतिथि शर्माले पालिकास्तरमा काम गर्नसक्ने योग्य व्यक्तिलाई जिम्मा दिन आग्रह गरे । साथै शर्माले निजी विद्यालयहरूका लागि वर्तमान समय प्रतिकूल रहेको भन्दै समस्यासँग जुध्नका लागि तयार रहन आग्रह गरे ।
उक्त अवसरमा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने, शान्तिनगर गाउँपालिका संयोजक रणबहादुर बोहरा, बबई गाउँपालिका संयोजक बालकृष्ण खत्री, दंगीशरण गाउँपालिका संयोजक नारायण प्रसाद शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here