- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरजैसवाल पक्राउ

जैसवाल पक्राउ

- Advertisement -spot_img

देउखुरी, ७ कार्तिक । आफ्नै श्रीमती प्रीति कुमारी जैसवाललाई घाँटी थिचेर मारेका अभियुक्त प्रदीप कुमार जैसवाललाई लमही प्रहरीले पक्राउ गरेको छ । २०७० असार २५ गते आफ्नै श्रीमतीलाई घाँटी थिचेर मारेका अभियुक्त साविकको चैलाही–२ लमहीका प्रदीपलाई मंगलबार साँझ ६ बजे लमही बजारबाट प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादका कारण श्रीमतीसँग झगडा हुँदा रिसको आवेगमा आएर जैसवालले श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोप लागेको थियो । असार २५ गते हत्या गरेर घरको ढोकामा ताला लगाएर उनी फरार भएका थिए ।
घटना घटेको दुई दिनपछि प्रहरीले थाहा पाएको थियो । प्रहरीको खोजीमा रहेका उनी करिब चार महिनापछि पक्राउ परे तर १५ महिनापछि फेरि छुटे । उनी विरूद्ध उक्त मुद्दा उल्टिएपछि फेरी अनुसन्धान थालिएको थियो । हत्या गरेको दोषी ठहर गर्दै उच्च अदालत तुलसीपुर दाङले १८ बर्ष ८ महिना १९ दिनको कैद सजाय तोकेपछि प्रदीप फरार भएका थिए ।
लुकीछिपी कहिले नेपाल कहिले भारततिर बस्दै आएका उनलाई नेपाल आएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here