Thursday, March 28, 2024
Homeसम्पादकीयहुलाक संरचना

हुलाक संरचना

- Advertisement -spot_img

हुलाक सञ्चारको एउटा महत्वपूर्ण माध्यम हो । त्यो अहिले पनि छ र पहिले पनि थियो । सञ्चारका हुनै पनि माध्यमहरू नहुँदा हुलाक नै निर्विकल्व एउटा माध्यम थियो सञ्चार प्रवाहको । जसले सबैका खबरहरू एक स्थानबाट अर्काे स्थानमा लैजाने गथ्र्याे पत्रमार्फत ।
त्यसको ब्यवस्थापनका केही समस्या आउँदा अहिले पहिले जस्तो सञ्चारमा सफल हुन सकेको छैन । २१आंै शताब्दीको विज्ञान र प्रविधिको विकासले हुलाकको महत्व घटाइ दिएको छ । अहिले व्यक्तिगत रूपमा हुने सञ्चार हुलाकबाट हुन सकेको छैन ।
फोन, इन्टरनेट, सामाजिक सञ्जालले व्यक्तिगत सूचनाका आदानप्रदान हुलाकबाट कम बनाई दिएको छ । हुलाकले आफ्नो संरचनालाई समयअनुकूल परिमार्जन गर्न नसक्दा अहिले यो अवस्था आएको हो । यसर्थ हुलाक संरचना समयअनुकूल बनाउन आवश्यक छ ।
सञ्चार विभिन्न प्रकारको हुन्छ । अहिले हुलाक पनि संस्थागत खबरले मात्रै चलेको छ र महत्वपूर्ण काम संस्थागत चिठीपत्रको ओसार–पसारमा मात्रै देखिएको छ । हुलाकमार्फत ओसार–पसार हुने अहिले संस्थागत खबर मात्रै छन् ।
संस्थागत चिठीपत्र हुलाक सञ्चालनको पहिलो आधार बनेको छ । व्यक्तिगत हुलाकी चिठीपत्र त अहिले लगभग शुन्यजस्तै हुनु भनेको हुलाक समय अनुसार परिवर्तन हुन नसक्नु नै हो ।
सूचना प्रवाह तथा सम्प्रेषणको लोकप्रिय माध्यम मानिने गरेको हुलाक समयअनुकूल परिवर्तन गरेर लैजानुपर्छ । हुलाकको अहिले महत्व घटेको छैन । तर क्षेत्र र आकार बढाउनु पर्ने देखिन्छ । चिठीपत्रको काम मात्रै भन्दा पनि सूचना र प्रविधिसँग जोडिएका विषयहरूमा पनि काम गर्ने गरी हुलाकलाई बढाउन र विस्तार गर्नसकेमा राम्रो हुने देखिन्छ । सेवा बढाउने र सेवाग्राहीप्रतिको अपेक्षा बढाउन जरूरी पनि छ ।
हुलाक कार्यालय नयाँ ढंगबाट जान सक्नुपर्छ । काम पनि नदिने र कर्मचारी पनि नदिने अवस्थामा कसैले पनि केही काम गर्न सक्दैन । हुलाक पनि त्यही हो । टिकट बेचेर मात्रै पनि हुलाक संरचना गतिशील न बन्न सक्छ ।
यस्तो अवस्थामा राज्यले सेवा विस्तार र सुधार आवश्यक छ । सेवा बढ्दै गएको प्रविधिको विकासले ओझेलमा छ । पछिल्लो समय संस्थागत चिठीपत्रका भरमा सञ्चालन हुँदै आएका छन् ।
नियमति रूपमा हुन काम पनि कम छ । हुलाकले अब त्यो काम पनि बढाउन सक्नुपर्छ । हुलाकका आवश्यकताहरू राज्यले पहिचान गरी व्यवस्थापन गर्नेतर्फ पनि जानुपर्छ । निकाय अभावमा भइरहने र त्यो निकाय पूर्णरूपमा क्रियाशील बनाउन खोज्दा सफल नहुन पनि सक्छ ।
त्यसतर्फ अभाव र व्यवस्थापनलाई पनि महत्व दिदै हुलाकलाई प्रविधियुक्त नयाँ संरचनामा लैजानुपर्छ । सूचना प्रविधिहरूको विकास हुँदै गर्दा हुलाकले यसलाई आत्मसात् गर्न पनि आवश्यक छ । यसतर्फ पनि राज्यले र सम्बन्धित निकायले सोच्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here