- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरसंस्थागत खबरले धानिएको हुलाक

संस्थागत खबरले धानिएको हुलाक

- Advertisement -spot_img

तुलसीपुर, ६ कार्तिक । संस्थागत खबरको भरका हुलाक कार्यालय रहेका छन् । हुलाकमार्फत ओसारपसार हुने अहिले संस्थागत खबर मात्रै छन् । संस्थागत चिठीपत्र हुलाक सञ्चालनको पहिलो आधारसमेत बन्दै गएको छ । हुलाक कार्यलयमा व्यक्तिगत खबर लगभग हराएको पाइन्छ । व्यक्तिगत हुलाकी चिठीपत्र त अहिले लगभग शुन्य जस्तै छ ।
सूचना प्रवाह तथा सम्प्रेषणको लोकप्रिय माध्यम मानिने गरेको हुलाक सेवा बढ्दै गएको प्रविधिको विकासले ओझेलमा छ । पछिल्लो समय संस्थागत चिठीपत्रका भरमा सञ्चालन हुँदै आएका छन् । सूचना प्रविधिहरूको विकास हुँदै गएपछि चिठीपत्रको चाप हुने हुलाक अहिले सुनसान छन् । कुनै समय व्यक्तिगत चिठीपत्र सम्प्रेषणको निर्विकल्प माध्यम विश्वासिलो र भरपर्दो माध्यम बनेको हुलाक सेवा अहिले त्यो विश्वासमा छैन ।
पहिलाको जस्तो चिठीपत्रहरू अहिले नहुने र त्यस्ता पत्रहरूमा हुलाक शुन्य अवस्थामा रहेको ईलाका हुलाक कार्यालय तुलसीपुरका प्रमुख ढकबहादुर डाँगीले बताए । ‘हामीसँग अहिले संस्थागत चिठीपत्र र पत्रपत्रिकाहरू मात्रै आउने गरेका छन्’, उनले भने– ‘प्रविधिको विकास भएपछि अहिले व्यक्तिगत चिठीपत्रको संख्या शुन्य छ ।’
कार्यालयमा दैनिकरूपमा औसतमा ९० वटा चिठीपत्र आदानप्रदान हुने गरेको छ भने दैनिक ३० वटा चिठीपत्र रजिष्टर हुने गरेको छ । स–साना सूचना र सन्देशहरू छोटो समयमै विश्वका हरेक ठाउँमा पुग्ने प्रविधिको विकासले हुलाकी सेवाको प्रयोग कम हुँदै गएको उनले बताए । अहिले कार्यालयसँग जोडिएका संस्थागत चिठीपत्रहरू मात्रै आोसारपसार हुने गरेको छ । अर्काे पत्रपत्रिका पनि हुलाकमा बढी आउने गरेका छन् ।

सूचना प्रविधिहरूको विकास हुँदै गएपछि चिठीपत्रको चाप हुने हुलाक अहिले सुनसान छन् । कुनै समय व्यक्तिगत चिठीपत्र सम्प्रेषणको निर्विकल्प माध्यम विश्वासिलो र भरपर्दो माध्यम बनेको हुलाक सेवा अहिले त्यो विश्वासमा छैन ।


दरबन्दी अनुसार कर्मचारी छैनन्

हुलाक कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन भएको छैन । संघले समयमै दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन गर्न नसक्दा हुलाक कार्यालयमार्फत प्रवाह हुने सेवाहरू प्रभावित भएको प्रमुख डाँगीले बताए ।
कार्यालयमा संस्थागत चिठीपत्र र पत्रपत्रिकाहरू रजिष्टर, टिकट बिक्री वितरण, रजिष्ट्ररी दर्ता, पुलिन्दा दर्ता, वैदेशिक पार्सल दर्ता र डाँक चलान निर्यात आयात सेवाका लागि तीनजना कर्मचारीको दरबन्दी रिक्त हुँदा कार्यसम्पादनमा समस्या पर्दै आएको उनले बताए ।
कार्यालयका लागि ११ जना कर्मचारीको दरबन्दी छ । तर दरबन्दी रिक्त भएको लामो समय भईसक्दा पनि दुईजना हुलाकी र एकजना हल्कारा अझै व्यवस्थापन हुन सकेको छैन । संस्थागत चिठीपत्र र पत्रपत्रिकाहरू मात्रै रजिष्टर गर्ने र तोकिएको ठाउँमा पु¥याउने काम भईरहेको छ भने व्यक्तिगत चिठीपत्रको संख्या भने शुन्य रहेको छ ।
यसैगरी ईलाका हुलाक कार्यालयले आर्थिक वर्ष ०७५/७६ मा २८ लाख बराबरको टिकट बिक्री गरेको छ । कार्यालयको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा रजिष्ट्ररी चिठी आयाततर्फ ७ हजार ४ सय ५२ वटा टिकट बिक्री भएका छन् । त्यसैगरी दर्ताअन्तर्गत ५ हजार ४ सय ३६ रहेका छन् । यस्तै ७ हजार ३ सय ५६ वटा कार्यालयमार्फत बाहिर पठाइएको छ भने २ हजार २ सय २० वटा वितरण गरिएको छ ।
यसैगरी सम्बन्धित ठेगानामा चिठीपत्र पु¥याउनुका साथै चिठीपत्र दर्ता, टिकट बिक्री, हुलाक, बैंक सेवा, धनादेश सेवा, सूचना हक कार्यान्वयनलगायतका विभिन्न सेवाअन्तर्गत गएको भदौ महिनामा मात्रै ७ सय ५६ वटा रजिष्ट्ररी चिठी आयात गरेको छ ।
यस्तै २ सय ६५ दर्ता, ८ सय ८७ निर्यात, ३ सय ८६ वितरण र ४ वटा पुलिन्डा रहेको प्रमुख डाँगीले जानकारी दिए । सबैभन्दा बढी आयात, निर्यात, दर्ता हुने व्यक्तिगत चिठीपत्र हुलाकमार्फत सम्प्रेषण हुन छोडेपछि अहिले प्रायः हुलाक कार्यालयहरू संस्थागत चिठीपत्रका भरमा सञ्चालन हुँदै आएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here