- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरठूला योजनाहरूलाई विशेष प्राथमिकता

ठूला योजनाहरूलाई विशेष प्राथमिकता

- Advertisement -spot_img

तुलसीपुर, ६ कार्तिक । पछिल्लो समय स्थानीय सरकारले ठूला योजनाहरूलाई विशेष प्राथमिकता दिएको छ । संघीय संरचना अनुसार हरेक स्थानीयतहले आफ्नो ठाउँको पूर्वाधार आफैले निर्माण गर्नुपर्ने भएपनि जनप्रतिनिधिहरू ठूला योजनाहरूको निर्माण र त्यसको कार्यसम्पादनलाई जोड दिदै आएको पाइएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन भईरहेका विभिन्न परियोजनामाथि गरेको अनुगमना यस्तो पाइएको हो । उपमहानगरभित्रका विभिन्न वडामा गरिएको अनुगमनका अवसरमा विशेषगरी ५० लाखभन्दा माथिको योजनाहरू सम्पन्न गर्नका लागि जनप्रतिनिधिहरू सक्रिय भएको पाइएको छ ।
नगर तथा वडास्तरीय योजनाका रूपमा रहेका सडक, सिंचाई, स्वास्थ्य, शिक्षा र खानेपानीलगायतका योजनाहरू मुख्य योजनाका रूपमा सञ्चालन भइरहेका छन् ।
मंगलबार उपमहानगरपालिका र पत्रकारहरूको संयुक्त टोलीले गरेको अनुगमनमा वडा नं. ३ र वडा नं. ८ मा ठूला योजनाका रूपमा रहेका पक्की सडक तथा नाला निर्माण, खानेपानी व्यवस्थापन, शिक्षा र स्वास्थ्यका कामहरू विस्तार भइरहेको पाईएको छ ।
यसैगरी आफ्नो क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न पार्क निर्माण, धार्मिक स्थलहरूको विकास, कृषि बाली प्रवद्र्धनका लागि सिंचाई कुलोलगायतका विभिन्न कामहरू सम्पन्न हुँदै गएको पाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here