- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरहोटलमा सरसफाइ अभाव

होटलमा सरसफाइ अभाव

- Advertisement -spot_img

सल्यान, ६ कार्तिक । सल्यानका बजारमा कतिपय पसलहरू गैर कानुनी रूपमा सञ्चालन भएको पाइएको छ । स्थानीय तहहरूले गरेको अनुगमनको क्रममा पसल दर्ता नगरी गैरकानुनी ढंगले सञ्चालन भएको, दर्ता नवीकरण नगरेको तथा ईजाजत नलिएर मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरण भएको पाइएको हो । जिल्लाको कपुरकोट, सिद्धकुमाख र दार्मा गाउँपालिकाले आफ्नो पालिकाभित्रका बजारहरूमा अनुगमन गरेका हुन् ।
कपुरकोट गाउँपालिकाका दुई सयभन्दा बढी पसलमा गरिएको अनुगमनको क्रममा विभिन्न कमजोरीहरू देखिएको अनुगमन समितिका संयोजक अरूण दाहालले जानकारी दिए । आइतबारदेखि मंगलबारसम्म तीन दिन लगाएर गाउँपालिकाभित्रका सबै बजारको अनुगमन भएको उनले जनाए ।
होटलहरूमा सरसफाईको कमी देखिएको, खाना बनाउने र भाँडा माझ्ने ठाउँ नजिकै भएको, कतिपय पसल दर्ता तथा नवीकरण नै सञ्चालन भएको पाइएको उद्योग वाणिज्य संघ सल्यानका सदस्य तथा अनुगमन टोलीका सदस्य कमल घर्ती मगरले जनाए ।
पसलको साईनबोर्ड नराखेको, मूल्यमा एकरूपता नभएको, मूल्यसूची नराखेको, मासु पसलमा सरसफाईमा कमी देखिएको उनले बताए । अनुगमन टोलीले गम्भीर समस्या देखिएका पसल तथा होटललाई पत्र काटेर सात दिनभित्र गाउँपालिकामा उपस्थित हुन भनेको छ । यस्तै अधिकांश पसललाई कैफियत देखिएका विषयमा तत्काल सुधार गर्न सुझाव दिएको अनुगमन टोलीले जनाएको छ ।
यद्यपि यस अघि गरिएको अनुगमनको प्रभाव स्वरूप धेरै कुरामा सुधार आएको देखिएको अनुगमन समिति सदस्य सन्तोष घर्तीले बताए । व्यवसाय दर्तातर्फ सचेतना फैलदै गएको, म्याद नाघेका सामग्री कम भेटिएको, घरेलु मदिरा बिक्रीमा कमी आएको देखिएको उनले जनाए । जिल्लाका स्थानीय तहहरूले कानुनी प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् ।
नेपालको संविधानले दिएको अधिकार प्रयोग गरी उपभोक्ता हित संरक्षणलाई ध्यान दिदै स्थानीय तहहरूले बजार अनुगमन निर्देशिका तयार गरेका छन् ।
मंगलबारको अनुगमन कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले आफ्नो पालिकाले गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५ जारी गरेर लागू गरेको बताए ।
व्यवसाय दर्ता, वस्तु र सेवाको आपूर्ति, मूल्य, गुणस्तरजस्ता विषयलाई ध्यानमा राखेर अनुगमन टोलीले बजार अनुगमन गर्ने गरेको अध्यक्ष सेनले जनाए । उनका अनुसार निर्देशिकाको ब्यवस्था अनुसार कपुरकोट गाउँपालिकामा उपाध्यक्ष तिला बुढा मगरको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here