- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरयोग सहयोग शिक्षकलाई तालिम

योग सहयोग शिक्षकलाई तालिम

- Advertisement -spot_img

तुलसीपुर, ६ कार्तिक । शारीरिक तथा मानसिक रूपमा स्वस्थ समाज निर्माणका लागि तुलसीपुरमा योग सहयोग शिक्षकलाई तालिम प्रदान गरिएको छ । तुलसीपुर नगर समितिको आयोजना तथा श्रीगैँ योग केन्द्रको ब्यवस्थापनमा सहयोग शिक्षकलाई १ सय १० घण्टे तालिम प्रदान गरिएको हो ।
तालिमको मंगलबार समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष एवं पतञ्जली योगका वरिष्ठ योग प्रशिक्षक टोपबहादुर केसीले योगको माध्यमबाट शारीरिक स्वस्थता, मानसिक सन्तुलन, पारिवारीक खुशीयाली हुन सकिने बताए । उनले अष्टाङ्ग योगको सिद्धान्तलाई आत्मसात गर्नसकेमा सम्पूर्ण मानवले स्वास्थ्य समस्याबाट उन्मुक्ति पाउने बताए ।
केन्द्रका अध्यक्ष नारायण कुमालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा पतञ्जली जिल्ला सदस्य दानबहादुर बुढाथोकी, जिल्ला युवा उपाध्यक्ष शम्भु गिरी, नगर संयोजक टेकबहादुर खड्का, नगर अध्यक्ष प्रह्लाद शाह, उपसंयोजक ठाकुर खनाल, युवा सदस्य मोतीराम ओली, सहयोग शिक्षक कविराज रिजाल र गोमा महतरालगायतले योगलाई साधनाको सचेतना फैलाउनुपर्ने बताएका थिए ।
तुलसीपुर नगर सदस्य एवं तालिम संयोजक दुर्गाप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको तालिम समापन कार्यक्रमको सहजीकरण केन्द्रकी सचिव ईन्दिरा शर्माले गरेकी थिइन् ।
यसैबीच पतञ्जली योग समिति तुलसीपुरको संयोजन तथा राप्ती आयुर्वेद चिकित्सालय दोघरे योग केन्द्रको आयोजनामा सञ्चालन भएको १ सय १० घण्टे सहयोग शिक्षक प्रशिक्षण तालिमको पनि मंगलबार समापन गरिएको छ ।
योग केन्द्रका अध्यक्ष ओजबहादुर खड्काको अध्यक्षता तथा प्रदेश नम्बर ५ का सल्लाहकार डा. अरूण कुमार श्रेष्ठको प्रमुख आथित्यतामा तालिमको समापन कार्यक्रम भएको हो । कार्यक्रममा पतञ्जली योग जिल्ला सदस्य राधा पोख्रेल, जिल्ला युवा सदस्य भूपबहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here