- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयद्वन्द्वका पीडा मेटाऊ

द्वन्द्वका पीडा मेटाऊ

- Advertisement -spot_img

१० बर्षे सशस्त्र द्वन्द्वका बेला हरेक नागरिक पीडामा परे । कुनै न कुनै प्रकृतिले प्रत्यक्ष र परोक्षरूपमा पीडक भई नै रहे । शान्तिप्रक्रिया सुरू भएको दशक बढी पुग्दासमेत द्वन्द्वको पीडा अहिले पनि उस्तै छ ।
द्वन्द्वमा जोडिए र पीडा भोगिरहेका अवस्था रहि नै रहेको छ । राज्य सत्ताका विरूद्ध तत्कालिन नेकपा माओवादीले सुरू गरेको सशस्त्र द्वन्द्वको अंश अहिलेसम्म नै छ । राज्यले पीडितहरूको व्यवस्थापनका लागि उचित चासो नदिएको समेत गुनासो बढी नै रहेको छ । पीडा र असर अहिलेसम्ममा पनि मेटिएको छैन ।
२०५२ देखि ०६२÷६३ को आन्दोलनसम्म द्वन्द्वकै क्रियाशीलता थियो । यसबीचमा कति नागरिक राज्य र विद्रोही पक्षको निसानामा परे ? कतिले ज्यान गुमाए ? कति घाइते त कति अङ्गभङ्ग पनि भए ? सयांै नागरिक अहिलेसम्ममा पनि बेपत्ता हजारौं पीडामा नै रहेका छन् ।
देशमा शान्ति स्थापना भएर नयाँ संविधान निर्माण गरी गणतन्त्रात्मक संघीय प्रणाली स्थापित भइसकेको छ । नीति, संरचना फेरिदासमेत द्वन्द्वपीडितका समस्याले ठाउँ पाएका छैनन् । द्वन्द्व शान्तिमा रूपान्तरण भएको लामो समय भइसक्दा पनि पीडा जीवितै रहनु उचित हैन । बर्षाैसम्म रहेको पीडा अब अन्त्य हुनुपर्छ ।
नागरिकको सुरक्षाको दायित्व बोकेको राज्यले यसमा चासो बढी नै देखाउनु पर्छ । कोही पनि देशको नागरिक यो अवस्थामा रहनु हँुदैन । राज्यले वास्तविकता र यथार्थता तत्काल सार्वजनिक गर्न सक्नुपर्छ । वास्तविक पीडितलाई न्याय दिन सक्नुपर्छ भने पहुँच, बलले उत्पादित पीडितहरूको अन्त्य गर्नुपर्छ ।
विना कारण कोही नागरिकलाई सबै पीडामा राख्नु हुँदैन । दोषीलाई कारवाही र पीडितलाई न्याय राज्यले दिन सक्नुपर्छ । पीडितले ढिलो चाँडो न्याय पाउनुपर्छ । पीडकले कानुनी कारवाही भोग्नुपर्छ ।
द्वन्द्वमा पीडा भोगेकालाई क्षतिपूर्तिको नाममा केही रकम दिनु मात्रै राज्यको दायित्य होइन । राहतका नाममा केही रकम दिएर मात्रै पीडा मेटिदैन । पीडा समाजसम्म पुगेर भावनात्मक विकास गर्न सक्नुपर्छ ।
द्वन्द्वको नेतृत्व गरेको पार्टी र उच्च तहका नेता सरकारमा छन् । नेतृत्वकर्ता उच्च ओहदामा छन् । तर पनि सर्वसाधारणहरू अहिले द्वन्द्वकै पीडा झेल्नुले उनीहरूको नजर वास्तविक पीडितसम्म छैन भन्न सकिन्छ ।
द्वन्द्व ब्यवस्थापन भएको १३ वर्ष हुँदासम्ममा पनि राज्यले आफ्ना नागरिकलाई पीडा नमेटाउन सक्नुले व्यवस्थालाई समेत ठूलो चुनौती हुनसक्छ । द्वन्द्वकै कारणले बेपत्ता भएका नागरिकका परिवारको पीडा बर्षेनी बढिरहेको छ । पीडा कम हुनुको साटो उस्तै छ । उनीहरूको पीडा बल्झाइरहने भन्दा पनि व्यवस्थापन गर्ने र उनीहरूलाई सम्बोधन गर्नेतर्फ राज्य लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here