- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचर‘पीडा बिसाउनै पाएका छैनौं’

‘पीडा बिसाउनै पाएका छैनौं’

- Advertisement -spot_img

दुबै पक्षका द्वन्द्वपीडित भन्छन् …
घोराही,५ कातिक । शरीर अपाङ्ग छ । जस्ताको तस्तै बनाईदेऊ त मैले भनेको छैन । तर सशस्त्र द्वन्द्वको समयमा राज्य पक्षबाट अपाङ्ग भएको मलाई चित्त बुझाउने काम त गरोस् सरकारले ।
द्वन्द्वपीडित साझा चौतारी आयोजना गरेको द्वन्द्वमा भएका मानवअधिकार उल्लंघनका कारण अपाङ्गता भएका तथा यातना भोगेका व्यक्तिहरूको भोगाई, पीडा, असर तथा संघर्ष सम्बन्धी सत्यको बयान कार्यक्रममा सहभागी घोराही वनघुर्साका रामजी चौधरीले यसरी नै गुनासो गरे ।
द्वन्द्वको समयमा खुट्टा गुमाएकोमा जति शारीरिक कष्ट जीवन बिताएका छन् त्यो भन्दा ठूलो पीडा उनलाई सरकारले बेवास्ता गरेको प्रति पीडा छ । हामीजस्ता हजारौ बलिदानका कारण मुलुकमा गणतन्त्र आयो, खुट्टा गुमाएको प्रति त्यति दुःख छैन मलाई’ भावुक बन्दै भने ‘सरकारले हामीलाई चिनेन्, हामीलाई वास्ता गरेन् ।’
सरकारले द्वन्द्वपीडितहरूको पीडा बुझ्ने काम गरे पनि चित्त बुझदो सम्बोधन नगरेको बताए । ‘राहतको नाममा दिइने पैसाले मेरो गुमेको खुट्टा त आउँदैन्’ उनले भने ‘मुलुकमा गणतन्त्र प्राप्तीको लागि गुमेको खुट्टामा मलाई गर्वको महसुस हुन्छ तर सरकारले सम्मान गरेन् ।’
सरकारले द्वन्द्वको समयमा ज्यान गुमाएका, अपाङ्ग गुमाएकाहरूको योगदान भुलेर आफ्नै पक्षपोषणमा व्यस्त रहेको बताए । ‘सरकारले अब हामीलाई सम्मान गर्ला, चिन्ला भनेर आशा नगरांै’ उनले कार्यक्रममा सहभागी अन्य द्वन्द्वपीडितहरूलाई हौसला दिदै भने ‘अब हामी दुबै पक्षको द्वन्द्वपीडितहरू एकअर्कालाई हेरेर चित्त बुझाआंै ।’
सरकारले वास्तविक द्वन्द्वपीडितको पहिचान गर्न नसकेको अर्का द्वन्द्वपीडित उषा दाहालले बताईन् । ‘भिरबाट लडेकाले पनि राहत पाएका छन्, उनीहरूलाई सरकारले सम्मान गरेको छ’ कार्यक्रममा उनले भनिन् ‘अझै पनि खास द्वन्द्वपीडितहरूले पहिचान हुन सकेको छैन् ।’
द्वन्द्वको समयमा श्रीमान र जेठाजु गुमाउँदा पनि सरकारले द्वन्द्वपीडितको पहिचान गर्न नसकेको बताइन् । द्वन्द्वको समयमा ज्यान गुमाएका परिवार, अपाङ्ग र जुनसुकै अवस्थाका द्वन्द्वपीडितहरूको अवस्था के छ ? भनेर सरकारले स्मरण गर्नुपर्ने वताईन् ।
१० वर्षको सशस्त्र द्वन्द्व सफल भएर देशमा ठूलो परिवर्तन आएपनि आन्दोलन सफल गराउन ज्यान गुमाए परिवारमा कुनै परिवर्तन नआएको उनले बताईन् । अझै पनि द्वन्द्वकै कारण मानसिक, शारीरिक रूपमा पूर्णरूपमा स्वस्थ हुन नसकेको बताईन् । कार्यक्रममै द्वन्द्वको समयमा भोगेका पीडाहरू सुनाउँदा नै उनी भकानिएकी थिईन् ।
‘म राज्य पक्षबाट द्वन्द्वपीडित हुँ । द्वन्द्वको समयमा राज्यलाई शारीरिक यातना दिएर मलाई म¥यो भनेर नै छोडेको थियो’ दुधरासका चक्रपाणि शर्माले कार्यक्रममा यसरी नै भनेका थिए । द्वन्द्वको समयमा के–के भयो ? के भएन् ?
भनेर, सुनाएर साध्य छैन’ उनले भने ‘गणतन्त्र आईसकेपछि पनि कयांैपटक सरकार फेरबदल भयो तर हाम्रो पीडा अलिकति पनि फेरबदल हुन सकेन ।’ अब उनी कसैलाई पनि पीडा सुनाउने र सरकारको आस गर्नेभन्दा पनि एकअर्कालाई हेरेर चित्त बुझाउने मनस्थितिमा पुगेका छन् ।
‘राज्य पक्षबाट पीडित भएको म, अर्को पक्षबाट पीडित भएकाहरूको समस्या भोगाई उस्तै रहेछ भनेर चित्त वुझाउने हो’ उनले भने ‘सरकारले हाम्रो चित्त बुझाउन सकेन् । कार्यक्रममा सहभागी भएका यि पात्रहरू मात्र होइनन् अन्य द्वन्द्वपीडितहरूले एकअर्कालाई हेरेर चित्त बुझाउनुपर्ने बताएका थिए ।
सधैजसो हुने द्वन्द्वपीडितको कार्यक्रममा एक पक्षलाई अर्को पक्षले आरोप लगाउने द्वन्द्वपीडितहरू पछिल्लो समयमा एउटै मञ्चमा एकअर्कालाई सान्त्वना दिएर मलम लगाउने काम गरेका छन् ।
कार्यक्रममा घोराही उपमहानगरका प्रमुख नरूलाल चौधरीले द्वन्द्वपीडिहरूको पक्षमा रहेर काम गरिरहेको छ अझै पनि वास्तविक द्वन्द्वपीडितहरू छुटेको भए आफूमार्फत हुने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here