- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरमानवीय चेतना विकासको माध्यम योग

मानवीय चेतना विकासको माध्यम योग

- Advertisement -spot_img

तुलसीपुर, ५ कार्तिक । मानवीय चेतना विकासको माध्यम योग भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । पतञ्जली योग समिति तुलसीपुरले आयोजना गरेको १ सय १० घण्टे तालिम समापनमा समारोहका सहभागीले यस्तो बताएका हुन् । सहभागीहरूले मानसिक तथा शारीरिक हिसाबले योग आवश्यक रहेको भन्दै योग अभ्यासबारे सचेतना फैलाउनुपर्ने बताएका छन् ।
पतञ्जली योग प्रदेश नम्बर ५ का प्रशिक्षण विभागका प्रमुख दिपक बस्यालले योगबाट शारीरिक, मानसिक र आध्यात्मिक रूपले स्वस्थ हुन सकिने बताए । ‘स्वास्थ्य नै सम्पत्ति हो, सम्पत्तिको सुरक्षा गर्ने हामी आफै लाग्नुपर्छ उनले भने–‘स्वस्थ जीवनशैलीका लागि योग नै प्रभावकारी माध्यम हो ।’
बदलिदो जीवनशैलीले खानपानका कारण नसर्ने रोगहरूको विकास भइरहेको भन्दै उनले अब योगका माध्यमबाट स्वस्थ समाजको निर्माण गर्न सकिने बताए । उनले अष्टाङ्ग योगको सिद्धान्तलाई आत्मसात् गर्न सकेमा सम्पूर्ण मानव जातिले स्वास्थ्य समस्याबाट उन्मुक्ति पाउने बताए ।
तुलसीपुर नगर समितिका अध्यक्ष प्रह्लाद शाहको अध्यक्षतामा भएको तालिम समापन अवसरमा प्रदेश नम्बर ५ का सल्लाहकार डा अरूण कुमार श्रेष्ठ, प्रदेश नम्बर ५ का सदस्य लक्ष्मी वली, जिल्ला उपाध्यक्ष विनोद चौधरी, जिल्ला युवा उपाध्यक्ष शम्भु गिरी, जनप्रतिनिधि यमुना परियार,
तुलसीपुर नगर संयोजक टेकबहादुर खड्का, प्रशिक्षार्थी शेषमणि रिजाल, विश्वराज गौतम, गोकर्ण वली, इन्दिरा अधिकारीले योगलाई गाउँ–गाउँसम्म फैलाउनु पर्नेमा जोड दिए । तालिम संयोजक समीक्षा रिजालको स्वागत मन्तब्यबाट सुरू भएको तालिम समापनको सहजीकरण पतञ्जली योग समिति तुलसीपुरका नगर सदस्य दुर्गाप्रसाद भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here