- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसाहित्यगजल महफिल हुने

गजल महफिल हुने

- Advertisement -spot_img

तुलसीपुर, ५ कार्तिक । गजल अभियान दाङले यही कार्तिक ९ गते शनिबार तुलसीपुरमा गजल महफिल एवं श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । गजलको विकास र दाङलाई गजल लेखनको राम्रो पकड ठाउँ बनाउनका लागि गजल महफिल कार्यक्रम हुने भएको हो । गजल अभियान दाङका अध्यक्ष प्रवल विष्टको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कार्यक्रममा दाङमा बसेर गजलको क्षेत्रमा कलम चलाउँदै आएका छजना गजलकारहरूका महफिलमा गजलहरू गुञ्जिने छन् । कार्यक्रममा गजलकारहरू नारायण नेपाल, सन्तोष श्रेष्ठ, ऋषि सुदामा, बसन्त वली, कपिलमणि र हिमा भुसाल प्रकृतिले गजल महफिलमा सहभागिता रहने छ ।
कार्यक्रममा संस्थागत रूपमा लेखक संघका अध्यक्ष खगराज न्यौपाने त्यसैगरी गजलकार कपिल लामिछाने र प्रतिक संग्रामीले स्थापना गरेको ठाकुर प्रसाद लामिछाने गजल लेखन पुरस्कारबाट गजलकार उत्तम कृष्ण मजगैयाँ र पानसरी–मनवीर गजल संगीत पुरस्कारबाट
डा. गोविन्द आचार्यलाई सम्मान गर्ने पुरस्कार छनोट समितिका संयोजक प्रकाश केसीले जानकारी दिए । कार्यक्रममा सहभागिताका लागि साहित्य अनुरागी मनहरू, लेखकहरू, पत्रकारलगायत सबै जनमानसमा हार्दिक अनुरोध समेत गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here