- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरशव चिर्ने कार्यालय सहयोगी

शव चिर्ने कार्यालय सहयोगी

- Advertisement -spot_img

घोराही, ४ कार्तिक । शरीरको कुन भागमा चोट लागेको छ ? हत्या गरिएको हो की आत्महत्या ? शरीरका प्रत्यक अंग–अंग निकालेर नियालेर हेर्छन् । तर उनी कुनै विशेषज्ञ डाक्टर भने होइनन् ।
शरीरका कुन स्थानमा मुटु, कलेजो, मृगौला, फोक्सो छन्, त्यो बारेमा पनि उनलाई सिकाउन पर्दैन् । ति अति संवेदनशील अंगलाई एक–एक गरी जस्ताको तस्तै निकालेर हेर्छन । चोट–पटक लागेको छ अरू केही भएको उनलाई प्रष्ट नै थाहा हुन्छ । तर उनी कुनै तालिम प्राप्त गरेका चिकित्सक पनि होइनन् ।
हातमा पञ्जा, अनुहारमा माक्स लगाएर औजार शव चिरिरहेका हुन्छन् । जो कानुनीरूपमा पनि संवेदनशीलको रूपमा लिएको पोष्टमार्टम रिर्पोटको लागि । कसैको हत्या भएर मृत्यु होस् वा आत्महत्या भएर मृत्यु होस् पोष्टमार्टम रिर्पोटको लागि उनै तयार हुन्छन् । जो कोहीलाई सुन्दा पत्यार नलाग्न सक्छ । यि सबै काम गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यालय सहयोगीहरू ।
प्रतिष्ठानका बेडहरू मिलाउने, सरसफाई गर्नको लागि नियुक्त गरिएका । तर कार्यालय सहयोगीको कामभन्दा उनीहरूलाई शव चिरफार गर्नको लागि प्राथमिकतामा पर्छन् । प्रतिष्ठानमा दिनहँुजसो लासहरू आइरहन्छन् जो पोस्टमार्टम रिर्पोट गर्नको लागि ।
शव चिरेर नै आफ्नो जीवनको १७ वर्ष बिताईसकेका छन् घोराही उपमहानगरपालिका वडा नं. ४ का प्रदिप चौधरी । यो अवधिमा उनले अनगिन्ती शव चिरिसकेका छन् । कुनै लोखाजोखा छैन् । उनले एकदिनमा १७ वटासम्म शव चिरेका छन् । पोष्टमार्टम रिर्पोटको लागि जिल्लामा सवारी दुर्घटना भएर ठूलो संख्यामा मानवीय क्षति भयो भने उनलाई नै तयार पारिन्छ । भ्याई नभ्याई हुन्छ उनलाई त्यो समयमा ।
कति समय त भोकै बसेको समेत तीतो यथार्थ सुनाउँछन् । ‘कहिलेकाहिँ त लास सडेर किरा परेको अवस्थामा पनि चिर्नुपर्छ’ उनले भने ‘जति स्पे्र छरेर शव चिरेपनि गन्ध हराउँदैन्, उल्टी आउँला जस्तो हुँदासमेत लास चिरेर कहाँ चोट लागेको छ, पत्ता लगाउनुपर्छ ।’
उनी डाक्टरले भने अनुसार नै शव चिरेर अंग निकाल्छन् । चौधरी २०६१ सालमा कार्यालय सहयोगीको रूपमा तत्काली राप्ती उपक्षेत्रीय अस्पतालमा नियुक्ति भएका थिए ।
‘एकदिन शव चिर्ने कोही भएनन्, कार्यालय सहयोगी भएकै कारण शव चिर्न लगाईयो, जागीर जाने डरले नकार्न सकिन्’ उनले शव चिर्दाको सुरूको क्षण सम्झदै भने ‘तीनजना डाक्टरको अगाडि शव चिरेको थिए, एकदम डर लागिरहेको थियो ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले कार्यालय सहयोगीहरूले पोष्टमार्टमको क्रममा डाक्टरहरूलाई सहयोग गर्ने गरेको बताए । ‘पोस्टमार्टमको रिपोर्ट त डाक्टरहरूले नै हेर्नुहुन्छ’ प्रतिष्ठानका रजिष्टार प्याकुरेलले भने ‘कार्यालय सहयोगीहरूले शव चिर्ने बेला सहयोग गर्ने मात्र हुन् ।’


त्यसपछि उनको दैनिकी जस्तै भएको छ शव चिर्ने । पहिलो पटक शव चिर्दा रातभरी निदाएनन् । तीन दिनसम्म त भात पनि खाएनन् । अझैपनि कुहिएको शव चिरे भने त्यो दिन उनी भोकै सुत्छन् ।
एकदिन उनी नराम्रोसँग बिरामी परे । ‘म घरको देउता कोठामा जाँदा अचेत भएछु, गाउँको गुरूवा (धामी) लाई बोलाएर झारफुक गर्दा ठिक भए’ उनले भने । अहिले उनी प्रतिष्ठानमा शव चिर्ने प्रमुखको रूपमा छन् ।
उनीसँगै अन्य प्रतिष्ठानका कार्यालय सहयोगीहरूलाई सिकाउँछन् । आफू नभएको बेलामा वा रिटायर्ड भएपछि शव चिर्ने काम गर्न सकून् भनेर । उनी ठूला व्यापारी तथा नेताहरूको कसरी मृत्यु भएको थियो वा कहाँ–कहाँ चोट लागेको थियो उनी सहजै भन्न सक्छन् । प्रायको शव उनले नै चिरेको बताउँछन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत अर्का कार्यालय सहयोगी हरिप्रसाद रैदास झन सपनामा पनि मरेका मान्छेहरू देख्छन् । उनले शव चिर्न लागेको धेरै समय भएको छैन् । उनी पनि कार्यालय सहयोगी भएकै कारण शव चिर्न खटाईन्छन् ।
‘अहिलेसम्म चार, पाँचवटा शव चिरेको हँुला’ उनले भने ‘सपनामा आएर तर्साउँछन् कहिलेकाहिँ निदै लाग्दैन् ।’ उनलाई पनि बिष सेवन गरेको मान्छेको शरीरको कुन भाग परिक्षण गर्नुपर्छ, हत्या वा आत्महत्या भएको बारेमा कुन भाग निकाल्नु पर्छ त्यो राम्रोसँग थाहा भईसकेको छ ।
चौधरी र रैदास मात्र होईन् प्रतिष्ठानमा चोचे चौधरी, लालबहादुर बस्नेतलगायतका कार्यालय सहयोगीले शव चिर्ने कामसँगै कार्यालय सहयोगीको समेत काम गर्दै आईरहेका छन् । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हुँदा शव पोष्टमार्टम गरेबाफत डाक्टरलाई पाँच सय रूपैयाँ र शव चिर्ने कार्यालय सहयोगीहरूलाई तीन सय रूपैयाँ दिने गरेको बताए । अहिले त्यो सुविधा नभएको र कसै–कसैले आफै जानेर दिने गरेको उनीहरू बताउछन् ।
यस विषयमा बुझ्दा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले कार्यालय सहयोगीहरूले पोष्टमार्टमको क्रममा डाक्टरहरूलाई सहयोग गर्ने गरेको बताए ।
‘पोस्टमार्टमको रिपोर्ट त डाक्टरहरूले नै हेर्नुहुन्छ’ प्रतिष्ठानका रजिष्टार प्याकुरेलले भने ‘कार्यालय सहयोगीहरूले शव चिर्ने बेला सहयोग गर्ने मात्र हुन् ।’ सामान्य खालको शवको पोस्टमार्टम रिपोर्ट प्रतिष्ठानमै हुने र जटिल र गम्भीर प्रकृतिका शवहरू भिसरामार्फत बाहिर पठाउने गरेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here