- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरबैंक सञ्चालकसहित ५६ जनामाथि मुद्दा

बैंक सञ्चालकसहित ५६ जनामाथि मुद्दा

- Advertisement -spot_img

देव विकास बैंकको १८ करोड हिनामिना प्रकरण …
दाङ, ३ कार्तिक । दाङमा रहेको देव विकास बैंक नारायणपुर शाखामा भएको झण्डै १८ करोड रूपैयाँ हिनामिना प्रकरणमा तत्कालिन वेष्टर्न बैंक सञ्चालक सहित ५६ जनामाथि बैंकिङ कसुर मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले बैंकको १८ करोड हिनामिना प्रकरणमा अनुसन्धान गरेर शुक्रबारमात्रै जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
आईतबार जिल्ला सरकारी वकिल कार्यालयले छजना बैंक सञ्चालक, एकजना अडिटर, सिइओसहित छजना बैंक कर्मचारी, खाताको रकम दुरूपयोग गर्ने ४३ जना गरेर ५६ जनामाथि तुलसिपुरस्थित उच्च अदालत तुलसीपुरको वाणिज्य इजलाशमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता गर्नेक्रममा बैंक सञ्चालकहरू र सिइओ फरार रहेको उल्लेख गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय दाङका कार्यालय प्रमुख सुशील देवकोटाले तत्कालिन वेष्टर्न बैंक नारायणपुर हाल देव विकास बैंकका म्यानेजर समिर बुढाथोकीलाई मुख्य योजनाकार र अन्य बैंक सञ्चालक, ऋण बोर्डका सदस्य, अडिटर, बैंकका सिइओसहितका कर्मचारीहरू र खाताको रकम दुरूपयोग गर्नेलाई सहयोगीका रूपमा मुद्दा दर्ता गरिएको जानकारी दिए ।

प्रहरीको अनुसन्धानले देखायो बैंकका सिइओ, सञ्चालक समिति समेतले मिलेमतो

सरकारी वकिल कार्यालयले बैंकको रकम हिनामिना प्रकरणमा तत्कालिन वेष्टर्न बैंकका सञ्चालकहरू सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरू अर्जुन बुढाथोकी, खड्ग बुढाथोकी, बेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटामाथि बैंकिङ कसुर मुद्दा चलाएको देवकोटाले जानकारी दिए ।
त्यस्तै हिनामिना प्रकरणमा तत्कालिन वेष्टर्न बैंकका सिइओ खिमबहादुर डिसी, बैंकका कर्जा विभाग प्रमुख अनिल कुमार न्यौपाने, बुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसी, सहायक सिर्जना थापासहित छजना र खाताको रकम दुरूपयोग गरेकोमा बसन्त बहादुर बस्नेतसहित ४३ जनामाथि मुद्दा दर्ता गरिएको छ । स
रकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा १८ करोड ३ लाख ७२ हजारको दोब्बर विगो ३६ करोड बढी रकमसहित जरिवाना र अभियुक्तलाई कैद सजायको माग गरिएको छ ।
कार्यालय प्रमुख देवकोटाले तत्कालिन ब्राञ्च म्यानेजर बुढाथोकीले कृत्रिम ३६ जनाको नक्कली कर्जा बनाई गलत कर्जा प्रवाह गरी बैंकको सो रकम हिनामिना गरेको अनुसन्धानका क्रममा देखिएको बताए ।
उनले हिनामिना प्रकरणमा सिइओ, लोन अधिकृतसहित कर्मचारी र बैंक सञ्चालकहरूले कृत्रिम नक्कली कर्जाकर्ता बनाउँदासमेत चरम लापरवाही देखिएको जानकारी दिए । उनले अनुसन्धानका क्रममा एकैदिन बैंकको हिसाव किताव अडिट गरिएको पनि खुल्न आएको बताए ।
ब्राञ्च म्यानेजरले २ लाखभन्दा बढी कर्जा नै प्रवाह गर्न नपाउने नियम रहेकोमा यति ठूलो रकम हिनामिना भएकाले यसमा बैंक सञ्चालक, सिइओको चरम लापरवाही देखिएको देवकोटाले बताए ।
सबैलाई एउटै विगो बमोजिम जरिवाना र कैद माग गरिएको पनि उनले बताए । बैंकिङ कसुर मुद्दामा विगो बमोजिम जरविानासहित दुई वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने कानुनी ब्यवस्था रहेको छ ।
‘अनुसन्धानका क्रममा सुरूमा गल्ती शाखा प्रबन्धकको देखिन्छ, त्यसपछि कर्जा विभाग प्रमुख हुँदै सिइओको प्रष्टरूपमा लापरवाही नै हो, त्यतिमात्रै होइन, बैंक सञ्चालक, ऋण बोर्ड सदस्यको त झनै ठूलो चरम लापरवाही अनुसन्धानका क्रममा देखियो’, देवकोटाले भने–
‘पदीय दायित्व अनुसारको कसैले पनि आफ्नो जिम्मेवारी बसेको पाइएन । त्यसैले सबै ५६ जना विरूद्ध एउटै विगो अनुसार जरिवाना र कैद माग गरेर मुद्दा दर्ता गरेका छाँै ।’ उनले यो घटनामा संलग्न दोषी कसैलाई पनि नछोडी मुद्दा पेश गरिएको पनि बताए ।
भदौ ३ गते बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका थिए । दाङ प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत ६० दिन थुनामा राखेर अनुसन्धान पूरा गरेपछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
प्रहरीले केही दिन पहिले अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेकाले आइतबार मुद्दा दर्ता भएको जिल्ला दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन् ।
‘हामीले अनुसन्धान पूरा गरेका छौं, दोषीहरूलाई फाइन्डआउट गरेका छौं । सरकारी वकिल कार्यालयले फाइल अदालत पु¥याइ सकेको छ । एपपी भट्टराईका अनुसार अनुसन्धानमा बैंकका सिइओ, सञ्चालक समितिसमेत गरी झन्डै ५६ दोषी देखिएको प्रतिवेदन बुझाएको छ ।
घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुरस्थित तत्कालिन वेष्टर्न बैंक तथा हालको देव विकास बैंकबाट १८ करोड ३ लाख ७२ हजार रूपैयाँ हिनामिना गरेको उजुरी पछि प्रहरीले बैंकका म्यानेजरलाई लमहीबाट पक्राउ गरेका थिए ।
घोराही–१० नारायणपुर निवासी म्यानेजर बुढाथोकीको बयानका आधारमा प्रहरीले यो अवधिमा थप १४ जनालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका मध्य तीनजना तारेखमा छुटे पनि अन्यलाई भने हिरासतमा राखेर अनुसन्धान गरेको हो । वेस्टर्न डेभेलपमेन्ट बैंक गएको असारमा मात्रै देव विकास बैंकसँग गाभिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here