नेपालको भौगोलिक बनावटलाई चित्रण गर्नुपर्दा अति सुगम, अति दुर्गम, अति विकट, अति सजिलो बस्तीहरू छन् । अझैपनि नेपाली समाजको केही बस्तीहरू मिलेको नहुने एक गाग्री पानी ल्याउन तीनदेखि चार घण्टासम्मको समय लाग्ने ।
एकभारी दाउरा ल्याउन, पशुको लागि चरण, घाँसको व्यवस्था गर्न ४÷५ घण्टाको समय अनिवार्य लाग्ने । त्यत्ति मेहनत नगर्नेको गृहस्थ नै हुँदैन । दिनको २/४ घण्टा हिँड्ने समय ती बस्तीमा बस्नेहरूको लागि साधारण मानिन्छ ।
त्यस्ता बस्तीमा बस्ने बालबालिका हिँडेर थाक्दैनन् । स्कुल जाने, आउने समय कम्तीमा ५ घण्टा नहिँडी नहुने, बस्तीमा बालबालिका स्वतःस्फूर्त हिड्नमा कुनै अप्ठेरो मान्दैनन् । उनीहरूका लागि दिनचर्या अर्थात् त्यस्ता भूगोलमा बस्ने मान्छेहरूको दैनिकी कस्तो देखिन्छ ?
- सरल, ईमान्दार र सोझोपन देखिन्छ ।
- शरीर दुब्लो, पातलो, हलुको, फूर्तिलो देखिन्छ ।
- खानाको आहारहरूः खस्रो, रसिलो, तागतिलो, भिटामिनयुक्त
- दिनमा कम्तीमा चार पटक दरिलोसँग खाने गर्छन् ।
- पेटको कब्जियत सकभर हुँदैन, स–साना रोगहरू वास्तै गर्दैनन् । सकभर अस्पताल नै जाँदैनन् । गएपनि डाक्टर भेट्न सक्ने पहुँच हुँदैन, बिमार झारपात, जडीबुटीबाटै सञ्चो हुनसक्छ ।
- त्यस्ता बस्तीका मानिसहरूका यूरीक एसिड, प्रेसर, सुगरको समस्या सकभर हुँदैन ।
- त्यस्ता बस्तीमा उब्जने खाद्यान्न, तरकारी, फलफुल, दूध, दही, माछा, मासु सम्पूर्ण वस्तु स्थानीय लोकल, सक्कली अर्गानिक हुने भएकाले आहारका वस्तु आफैमा औषधीजन्य रोगविरूद्ध लड्न सक्ने किटाणु भएका हुन्छन् ।
- ति बस्तीमा मानिसहरू साँझ सकभर रमाईलो गर्ने, गाउँ बस्ने, दिनभरको समीक्षा गर्ने चलन हुन्छ । हाँसो, ठट्टा, रमाईलो दोहोरी, भजनकीर्तन गर्ने हुँदा दिनभरका थकाई अन्त्य भएर स्वच्छ अवस्थामा हुन्छन् । त्यसरी पनि जीवन समस्या वर्धक हुँदैनन् ।
त्यस्ता बस्तीका बच्चालाई गाइ, भैँसी, भेडा, बाख्रा, कुखुरा, हाँस घरेलु जीवजन्तु, जंगली जनावर, खेतीवाली कहाँ कसरी फल्छ, फलाउन के–के गर्नुपर्छ, गोबर, सोतर, दाउरा, खाने फलाउने तरिका, कुन समयमा के फल्छ ? कुन खेती कहिले गर्नुपर्छ ? कुन कस्तु कसरी खानुपर्छ ?
भन्ने थाहा हुन्छ । तिनीहरू एक प्रकारका बालीविज्ञ, पशुविज्ञ स्वतस्फुर्त हुन्छन् । ८÷१० वर्षका बालबालिकाले दर्जनौ गाईबाख्रा घाँस चरण, दुहुने, तताउने, राख्ने, ५÷६ जनाको भान्छा उतार्न सक्ने अवस्थाका हुन्छन् । यि बस्तीहरू पहाडी, हिमाली भूभागको रूपमा मानिन्छन् ।
त्यस्ता बस्तीका बालबालिका स्वतस्फूर्त श्रममा जोडिएता पनि
(शिक्षा र श्रम) धेरै टाढा छ । श्रम र शिक्षाको कुनै तालमेल हुन सकेन तै पनि शिक्षाबाट रोजगारी हुने सम्भव हुने भएको कारण अन्त्यमा त्यस्ता मानिसहरू पढलेख गरेर पनि पुख्र्यौली पेशामा आश्रित हुन्छन् ।
तिनीहरूमा माटो काम, काठको काम, बाँसको काम, कृषिको काम, पशुपालनको काममा तालिम, गोष्ठी, सेमिनारमा समय खेर फाल्नु पर्दैन तर जीवन हेर्दा दुःखी, व्यक्तिगत स्वास्थ्य निरोगी हुन्छन् । उनीहरूमा स्वतस्फुर्त, शारीरिक, मानसिक, व्यायाम हुने भएका कारण रामदेवका योगा, ॐ शान्तिका ध्यान केही चाहिँदैन ।
नेपालको जनजीवन वर्तमान हेर्नुपर्दा प्रायः ग्रामीण बस्तीहरू रित्तिदै, पातलिँदै जानेको तिव्रता छ । मानिस जति सक्यो दुःख नगर्ने, सुखी जीवन बिताउनमा अहोरात्र लागेको देखिन्छ । जसको परिणाम पहाडी क्षेत्र सित्तैमा छोडेर जग्गा जमिन बाँझो राख्दै सहर बजार, सुख सुविधाका क्षेत्रहरूमा अति महंगा मात्र घडेरी लिएर बिना आधारका जोखिमपूर्ण गगनचुम्बी महल ठड्याउने अझ उस्तैखाले परिवारका सदस्य गेट काट्न नपर्ने, महिनौँ दिनसम्म भित्रै बस्ने, तल्लो तला भाडामा लिएर टपको तलामा मात्र देखिन्छन् ।
मानिस श्रमदेखि टाढा छ । शिक्षा श्रमदेखि लामो दूरीमा छ । अहिले वर्तमान परिवेशमा औषधीको भरमा जनजीवन अस्तव्यस्त भएपछि मानिसलाई औषधीले पनि काम गर्न छोड्यो ।
औषधी पनि त्यस्तै म्याद कटेका, सस्ता ल्याएर महँगो हुनेगरी बेच्ने भएपनि उपाय नास्ती हुँदा नेपालका ठूला–ठूला विद्वान् हुँ भन्ने कहिलिएका मान्छे पनि रामदेव खोज्दै, रामदेवलाई जीवनदाता, परमेश्वरको रूपमा मान्दै घर्लप्प पाउ पर्दै योग शिविरमा आश्रय लिने, लाखौँ खर्चेर रामदेवलाई आमन्त्रण गर्ने, जस्तासुकै भएपनि रामेदवका वस्तु पतञ्जलीलाई सवैसर्वा मान्ने अवस्थामा पुगे ।
सहर बजारको जनजीवन कस्तो छ ? कुनै पनि खाने वस्तुहरू बिषादी प्रयोग गरेर देख्नमा आकर्षक भएका, भिटामिन, शक्ति नष्ट भएका बस्तुहरू तरकारी, फलफुल, दाल, चामल, तेल, दूधमा पानी, नभए पानीमा दूध, पाउडर मिसाईएका, घ्यूमा डाल्डा मिसाईएका, हप्तौ खुल्ला राखिएका होटलका परिकारहरू, मिठाईजन्य, चाउमिन, पकौडा, अन्य वस्तु पनि खान लायक नभएका,
फलफूलमा बाहिरबाट रंगरोगन लगाईएका, लौका काँक्रा, फर्सीमा ईन्जेक्सन लगाएर बढाईएका वस्तुहरू राखिएका हुन्छन् । बालबालिकाहरूले सानै उमेरबाट जंगफुड मै बानी बसेका हुन्छन् । बालबालिकाहरू सक्कली बस्तु, वास्तविक वस्तुबाट धेरै टाढा हुन्छन् ।
त्यसैमा पनि उनीहरूको जनजीवन पनि अभिभावकसँगै रहने भएको कारण अभिभावक के गर्छन् ?
– बिहान ढिलो गरी सुत्ने ।
– ७ /८ बजेसम्म सुतेर झट्टपट धेरै चिनी राखेको चियाको सुर्को । बिहान १० बजेसम्म चिया । होटेलका नास्ताअन्तर्गतका जेरी, पुरी, अमिला पिरा अचार, होटलसम्म जान पनि साधन प्रयोग गरेर, जमिनमा २/४ पाइला पनि पर्ने, साथमा बालबच्चा परिवार पनि जान सक्ने सबैका बिहान त्यस्तैमा र मोवाईल, नेट, ईन्टरनेट, टिभीहरूमा बित्छन् । शनिबार बिदाको दिन त १२ बजेसम्म पनि खाना तयार हुँदैन । अन्य दिनमा विद्यालय जानुपर्ने, पठाउनुपर्ने, अफिस जानुपर्ने भएकाले ग्याँसमा, विद्युतीय उर्जामा पकाइन्छ ।
जुन खाना आतिलो हुनेगरी पाक्दैन, पाक्नुको पनि आवश्यक पर्दैन । किनभने वर्षौ बोरामा प्याक बनाईएका दाल, चामल, तातो पानीले मात्र गल्छ । खानामा ब्रोईलर कुखुराको चिल्लो, पिरो प्रकारको मसलादारसहितको मासु, टमाटर, औषधीबाट फलाईएका, पिरो, अमिलो वस्तुबाट निर्मित अचार, खोलाको ढल, मिश्रित पानीसँगको भोजन, सकभर बच्चाहरू दाल, भात, तरकारीमा भन्दा चाउचाउ, बिस्कुट खान मन पराउँछन् । उनीहरूलाई बस्तुको आवश्यकता र महत्व थाहा हुँदैन । बिहानको खाना खाएपछि घरदैलोमा गाडीहरू हर्न बजाउँदै आउँछन् ।
बच्चाहरू जमिन कुच्दैनन् । कुल्चिनुको आवश्यक हुँदैन । गाडीले विद्यालयबाट गेटमा छोड्छ, बोर्डिङहरूमा सीमित विद्यालयका मैदानले अनुशासन, अगुवाको तल्लो मजदुरमाथिको कडा शासन, निर्देशन, यता, उता दायाँबायाँ नहेरी टागन घोडासरी कोठाहरूमा पु¥याईन्छ ।
कोठामा पढाउन जानेहरूको हातमा शैक्षिक सामग्रीभन्दा लठ्ठी नभुल्ने गरी भेडाबाख्रा राखेर, चँु बोल्न नदिएर, दिसापिसाब पनि भन्न नसक्नेले बच्चाले कपडैमा छोड्छन, कोहीलाई होमवर्क नगरेको बहानामा, नघोकेको बहानामा लठ्ठी लगाईन्छ । लठ्ठी मात्र नभै कोर्रा लगाईन्छ ।
कतै–कतै बच्चा घाइते अपाङ्ग, मानसिक तनाबमै डिप्रेशन हुँदै मर्नेसम्म हुन्छन् । अर्कोतर्फ घरका अभिभावक पनि जड्याहाँ, जुवाडे, प्रेसरका खानी भएका रहेछन् भने । विद्यालयबाट फर्केका बच्चालाई फ्रेस बनाउन, सरसफाईतर्फ ध्यान नदिएर आज के पढिस् ? होमवर्क के छ ? त्यसैको ध्यान हुन्छ ।
होमवर्क साँच्चै भन्नुपर्दा बच्चा निदायो, सकेन, शरीर अशक्त भयो भने, केही कारणवस छिटो गर्न सकेन भने, बिहानको गाडीले हर्न बजाउँदै छ । बच्चाको खानाको हतारभन्दा होमवर्ककै हतार हुन्छ । अभिभावक पनि वानी परिसके । बच्चाको होमवर्क धेरै होस् भरमा पनि बच्चा खेल्ने मौका नपाओस् विद्यालयमा यही सुझाव दिइन्छ ।
अर्कोतर्फ अफिसमा कार्यरत बुवा, आमा, आफन्त हवस् या केही नभए घरमा बस्नेले खाजा, नास्ताका परिकार पनि त्यस्तै, तरकारी पनि उस्तै, माछा, मासु, अण्डा अनिवार्य, बच्चालाई दिनमा खाजा नास्ता कि त पैसा, कि त जंगफुड यिनै कारणले मानिस कस्ता भए ?
खुट्टी साना, भूँडी उछिट्टिएका, शरीर होचिएका, २÷४ पाईला कारणवस हिँड्नु पर्दा हस्याङ–हस्याङ हुने, पसिना आउने, सानो परिश्रम गर्नै नसक्ने प्रकारको ब्रोईलर कुखुरामा जस्तो, फोक्सिएको काँक्रा, फर्सी, लौका जस्तो, ग्याष्ट्रिक, सुगर, प्रेसर, युरिक एसिडको भारी, जीवनभर औषधी सेवन गर्नुपर्ने अवस्था ।
बच्चाहरू पनि अत्याधिक तौल भएका कारण अल्छी, सुत्न खोजी रहने, लुला, लथरा, विना शक्तिका, शिक्षकले वा कसैले प्रश्न ग¥यो दूध कहाँँ पाईन्छ डेरीमा ? तरकारी कहाँ पाईन्छ मण्डीमा ? मासु कहाँ पाईन्छ पे्रmस हाउसमा ? दाल चामल कहाँ पाईन्छ पसलमा ? फलफुल कहाँ पाईन्छ ठेलामा? अवस्था यसरी बित्दैछन ।
मानिस श्रमदेखि टाढा छ । शिक्षा श्रमदेखि लामो दूरीमा छ । अहिले वर्तमान परिवेशमा औषधीको भरमा जनजीवन अस्तव्यस्त भएपछि मानिसलाई औषधीले पनि काम गर्न छोड्यो ।
औषधी पनि त्यस्तै म्याद कटेका, सस्ता ल्याएर महँगो हुनेगरी बेच्ने भएपनि उपाय नास्ती हुँदा नेपालका ठूला–ठूला विद्वान् हुँ भन्ने कहिलिएका मान्छे पनि रामदेव खोज्दै, रामदेवलाई जीवनदाता, परमेश्वरको रूपमा मान्दै घर्लप्प पाउ पर्दै योग शिविरमा आश्रय लिने, लाखौँ खर्चेर रामदेवलाई आमन्त्रण गर्ने, जस्तासुकै भएपनि रामेदवका वस्तु पतञ्जलीलाई सवैसर्वा मान्ने अवस्थामा पुगे । ध्यान अझैँ पुगेन ।
यो सम्पूर्ण श्रमविनाको शिक्षाकै कारण रामदेव गुहार्नु प¥यो भन्ने बुद्धि अझै पलाएन । यही श्रमसँग जोडिएको शिक्षा भै दिएको भए मानिस खोरको बँगुर, फर्मको ब्रोईलर बन्नु पर्दैनथ्यो । बच्चाले मण्डी, डेरी, फ्रेस हाउस, पसल भन्दा खेतबारीमा, गाईभँैसीमा, खसीबोकामा, भकारीमा, बगैंचामा फल्छ, फुल्छ भन्थे होला ?
अधिकांश बिहानमा सेतो पहिरनमा योगामा पुग्छन् । घरमा ढुक्ने, भुक्ने कोही छैनन् । भएका जग्गा, जमिनमा माओवादी झारले टनाटन छ । अब त्यता होइन, विद्यालयका शिक्षा, श्रमसँग जोडिएका घरका छत, जग्गा जमिन फलफूल, तरकारी, खाद्यान्नले भरिएका हुँदा कस्तो होला ?