- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरकात्तिके सामुदायिक वनमा नयाँ नेतृत्व

कात्तिके सामुदायिक वनमा नयाँ नेतृत्व

- Advertisement -spot_img

तुलसीपुर, ४ कार्तिक । तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा रहेको कात्तिके रानीवन सामुदायिक वन समितिको नयाँ नेतृत्व चयन भएको छ । वन समूहको २४औँ साधारणसभा एवं आठौँ अधिवेशनले रेशम बहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वन समितिको उपाध्यक्षमा मानबहादुर चौधरी सचिवमा उर्मिला नेपाली सहसचिवमा कमल बहादुर घर्ती कोषाध्यक्षमा खीमा वली चयन भएका छन् । समितिको सदस्यहरूमा धनबहादुर डाँगी, अशोक वली, राधा घर्ती, रीता बुढाथोकी, रणबहादुर कार्की, श्याम कुमार नेपाली, गणेश केसी र निर्मल डाँगी रहेका छन् ।
२०४९ सालदेखि संस्थागत रूपमा सञ्चालन भैरहेको कात्तिके रानीवन सामुदायिक वनमा हाल ३ सयभन्दा बढी उपभोक्ताहरू रहेका छन् । वन जोगाउनका लागि सीमा सुरक्षासँगै तारजाली लगाई चोरी निकासीमा रोक पनि लगाएको छ । वनका अध्यक्ष धनबहादुर बस्नेतको अध्यक्षता सहायक वन डिभिजन कार्यलयका प्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यता एवं तुलसीपुर–१८ का वडा अध्यक्ष माधव वलीको विशिष्ट आतिथ्यतामा साधारणसभा तथा अधिवेशन भएको हो ।
साधारणसभामा सहायक वन डिभिजन कार्यलयका प्रमुख बस्नेतले खाली दाउरा र घाँसका लागि मात्रै नभएर अब आम्दानीको लागी पनि सामुदायिक वनहरूले कदम अगाडि बढाउन सल्लाह दिए । ‘नेपाल सरकारले अहिले नयाँ वैज्ञानिक वनको अवधारणा सार्वजनिक गरिरहेको परिपे्रक्षमा अब दाङमा पनि त्यस्ता किसिमका कार्य गर्न वा स्थानीयहरूलाई आत्मनिर्भर बनाउन सामुदायिक वनको भूमिका अग्रणी हुन्छ’ उनले भने ‘यसको लागि म सघाउन तयार छु, तपाईहरू साथ दिनुहोस् ।’
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष माधव वलीले प्रकृति, संस्कृतिसँगै हाम्रो समृद्धि जोडिएको हुँदा सबैभन्दा पहिले वनको महत्व बुझ्न जरूरी रहेको बताए । ‘हाम्रो वनलाई कसरी राम्रो वन बनाउन सकिन्छ भन्ने कुरामा सबैले सोच्नुपर्ने कुरा हो’, उनले भने ‘वनभित्र के–के छन् भन्ने कुराहरूको डाटा राख्न सकियो भने भोलिका दिनमा हामीले वनलाई पर्यटकीय क्षेत्र पनि बनाउन सक्छौँ ।’
त्यसैगरी कात्तिके सामुदायिक रानीवन अनुगमन समितिका संयोजक ओवबहादुर डाँगीले विगतका दिनलाई सम्झिदै वनलाई जोगाउन आफ्नो र आम उपभोक्ताको भूमिका बारेमा प्रष्ट पारे । ‘वनलाई आगलागी र चरिचरणबाट मुक्त गर्नसकेमा वनबाट हुने फाइदा प्रत्यक्ष उपभोक्ताले लिन सकिन्छ’ उनले भने ।
कात्तिके सामुदायिक रानीवन अनुगमन समितिका संयोजक ओवबहादुर डाँगी, वन समितिका सल्लाहकार रामकुमार डाँगी, उपभोक्ता डिल्ली अधिकारी, वडा नम्बर १७ का जनप्रतिनिधि मदन बस्नेत, वन महासंघका प्रतिनिधि चन्द्रबहादुर वलीलगायतले वन संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका हुने बताए । उपाध्यक्ष लबरू चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव शान्ति रिजालले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here