- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयअपाङ्गका समस्या

अपाङ्गका समस्या

- Advertisement -spot_img

समस्या सबैका आफ्नै छन् । कतिका समस्या व्यक्तिगत हुन् । ती समस्याहरू भित्र नै रहन्छन् । कतिका समस्या सामाजिक र सामूहिक हुन्छन् त्यस्ता समस्याको सामूहिक रूपमा नै समाधान गर्न प्रयास हुने गर्दछन् । समाजमा एउटा ठूलो जमात छ अपाङ्गहरूको पनि ।
सपाङ्गको जस्तो सहज अपाङ्गलाई हुादैन । सहजता नभएका उनीहरूको समस्या पनि धेरै नै हुन्छन् । जुन समस्या उनीहरू आफैले समाधान गर्न जटिल हुन्छ ।
पटक–पटक अपाङ्गका समस्याहरू समाधान गर्न बहस हुने गर्छ तर धेरै कुरा कार्यान्वयनमा भन्दा पनि बहसमै सीमित भएको देखिन्छ । उनीहरूले अधिकारको कुरा त उठाउाछन् तर सुन्ने र कार्यान्वयनमा लैजानेको तर्फबाट प्रयास कम भएको हो कि भन्ने देखिन्छ । त्यस्तो हुनु अपाङ्गता भएकाहरूका लागि अवश्य पनि राम्रो हैन ।
नारामा मैत्रीको कुरा उठ्छ । अपाङ्गमैत्री, बालमैत्री, महिलामैत्री, जेष्ठ नागरिकमैत्रीका विषय बेला–बेला चर्चामा आउाछन् । चर्चामा आउने विषय पनि दिवसहरू, सम्बन्धित कार्यक्रमहरूमा मात्रै हो ।
नीतिगत रूपमा यसलाई कार्यान्वयन धेरै ठाउाहरूमा नगरेको पाइन्छ । सरकारदेखि समाज र घरसम्म पनि मैत्री र अनुकूल कसैको पनि छैन । अझ अपाङ्गहरूको समस्या त विकराल नै छ । धेरै अपाङ्गमा आफै केही गर्न नसक्ने अवस्था, गर्न खोजे पनि मैत्री नहुादा सबै पीडा रहने गरेको गुनासो पटक–पटक सार्वजनिक हुन्छ ।
त्यो अवस्थालाई गम्भीर रूपमा राज्यले हेरेर समाधान गर्न सकेमा अपाङ्गहरूमा राज्यप्रतिको महत्व र यसको कार्यप्रतिको विश्वास बढ्ने छ । असक्त अपाङ्गहरूले नागरिक भएको अनुभूति गर्न अवश्य पनि पाउने छन् । अहिलेसम्मका भएका सामाजिक आन्दोलन र बहसले पनि केहि भए पनि सार्थकता पाउने छ । तर त्यसतर्फ कोही कसैको ध्यान जान सकेको छैन । त्यो जानु जरूरी छ ।
सहयोग आवश्यक पर्छ । विशेष अवसर र कार्यका लागि सहयोग महत्वपूर्ण नै हुन्छ । तर सधै अरूको सहयोगले मात्रै पनि सफल हुन सकिदैन । आफूले प्रयास गर्ने र सहयोगको आवश्यकता परेर सहयोगी खोज्ने भएमा मात्रै कार्यले सार्थकता पाउने छ ।
तर अपाङ्गता भएका व्यक्तिहरूको लागि सहयोगीको सहायता अनिवार्य छ । यदि राज्यले अपाङ्गहरूका लागि मैत्री वातावरण तयार गरिदिने हो भनो उनीहरू आफै पनि केही गर्न सक्ने भने पक्का नै हो । अपाङ्गहरूलाई सहयोगभन्दा पनि अवसर र मैत्री वातावरणको खााचो देखिन्छ । यसतर्फ सरोकारवाला निकायले सोच्न सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here