- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरतिहारमा मखमलीको माला

तिहारमा मखमलीको माला

- Advertisement -spot_img

हामी नेपालीहरूको मुख्य पर्व यो बर्ष दसैँ सकिना साथ तिहार सुरू भएको छ । तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमलीको पूmल र सयपत्री फूलको माला, सप्तरंगी दुबोको टिका लगाउने प्रचलन रहेको छ । मखमली फूल कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ ।
त्यसैले तिहारमा यी फूलको माला महत्वपूर्ण मानिन्छ । तिहार पर्वमा गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, कटुस आदिको प्रयोगले दिदीबहिनी र दाजुभाइको सुख, समृद्धि, आरोग्य एवं दीर्घायु हुने धार्मिक तथा पौराणिक मान्यता रहेको छ ।
केही बर्षयता आएर तिहारमा मखमली र सयपत्रीको माला देखिनै छाडेका छन् । यसको ठाउँमा प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै गइरहेको छ । भारतबाट भित्रिएका प्लाष्टिकका कृत्रिम मालाले यो बर्ष धेरै स्थानमा तिहार सकिएको छ ।
अर्कोतर्फ गाउँघरमा फुल्ने मखमली, सयपत्री र गुरधौली फूल देखिन छोडेको छ । अर्कोतर्फ प्राकृतिक फूलको महत्वलाई बिर्सदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ । प्लाष्टिकको माला प्रयोग बढेपछि सयपत्री र मखमली फूल लोपोन्मुख अवस्थामा पुग्न थालेको छ ।
जिल्लामा कृषि विकास कार्यालय र कृषिसम्बन्धी काम गर्ने संस्थाहरूले यसको संरक्षण नगर्दा पनि सयपत्री र मखमली फूल लोप हुने अवस्थामा पुग्न थालेको छ । सयपत्री फूलको सट्टा बजारबाट किनेर ल्याइएको प्लाष्टिकको मालाले गला ढाकिए पनि सयपत्रीको मालाजस्तो सौन्दर्यता भने देखिदैन । सयपत्री र मखमली विना तिहारको महत्व हुँदैनभन्दा पनि हुन्छ ।
नेपालमा अहिलेसम्म ४१ जिल्लामा व्यवसायिक फूलको खेती गर्न थालेका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, हेटौडा, काभ्रे र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ फूलको ब्यवसाय गर्ने फर्म र नर्सरी सञ्चालनमा छन् । तिहारमा व्यवसायिक रूपमा कारोबार हुने फूलको ९० प्रतिशत सहर बजार नजिक भएका आठ जिल्लामा उत्पादन हँुदै आएको छ ।
तिहारमा प्रयोग हुने ८० प्रतिशत सयपत्रीको माला स्वदेशी उत्पादनले धान्छ भने बाँकी २० प्रतिशत भारतबाट आयात हुने गरेको छ । सयपत्री फूल फुल्ने समय पहिलाको भन्दा छिटो भएका कारण केही वर्ष अघिसम्म ढकमक्क फुल्ने सयपत्री र मखमली फूल हिजोआज लोपोन्मुख बन्दै गएको छ ।
हाम्रो देश भौगोलिक विविधता र जलवायुसमेत उपयुक्त भएकोले फूल व्यवसायका लागि अत्यन्त उपयोगी छ । वैज्ञानिक ढंगले प्रमुख उद्योगका रूपमा फूल व्यवसाय स्थापित हुनसक्छ । हाम्रो देशमा ५ हजार ८ सय ३३ प्रजातिका फूल फुल्ने बिरूवा छन् ।
तीमध्ये २ सय ४६ प्रजाति फूल अन्य मुलुकमा पाइदैनन् । कृषि प्रधान देश भएर पनि अर्थतन्त्रमा मुख्य भूमिका खेल्न सक्ने फूलजन्य पेशा उपेक्षामा परेको छ । अझै पनि फूलको व्यवसाय सहरमा मात्रै हुन्छ भन्ने हामीमा भ्रम छ ।
युवाहरू रोजगारीको लागि खाडी मुलुक पुगेका छन् । गाउँका खेतबारी बाँझोमा परिणत हुन थालेका छन् । गाउँघरमा बसेर कृषिजन्य ब्यवसाय गर्ने बानीको विकास भएको छैन ।
तिहारको समयमा प्रयोगमा आउने पूmलहरू पनि अब हामीले प्लाष्टिकको किन्न थाल्यौँ भने हाम्रो अवस्था के होला ? यो सबैले सोच्न पर्ने भएको छ । पूmल बजारमा बिक्री भए पनि त्यसको उत्पादन गाउँमै हुन्छ भनेर हामी सबैले कहिले बुझ्ने ? पूmलको खेती कम भएपनि माग भने क्रमश बढ्न थालेको छ । सहर बजारमा आजभोलि फूलका बिरूवा घरआँगन, बगैंचा, पार्क, स्कुल, निजी कार्यालयमा सजाउने क्रम बढ्दो छ,
यो राम्रो पक्ष हो । मौसमी फूल र घरभित्र सजावटका बिरूवाको माग पनि बढ्दो छ । हरेक गोष्ठी, सेमिनार, उत्सव, महोत्सव, विवाह, व्रतबन्ध तथा अन्य शुभकार्य हुन वा शोक तथा श्रद्धाञ्जलीजस्ता दुःखका क्षणमा पनि पूmलको आवश्यकता बढ्दै गएको छ । तर उत्पादन भने माग अनुसार नभएर हामी प्लाष्टिकको पूmल किन्न थालेका छाँै ।

फूल व्यवसाय गर्न चाहनेहरूका लागि बजार माग तथा मौसमी मागलाई दृष्टिगत गरी फूल सजावटका तालिम सञ्चालन गर्नुपर्ने देखिन्छ । भने अर्कोतिर विदेशबाट आयात भैरहेका फूलका विरूवाहरूलाई स्वदेश मै उत्पादन गर्नका लागि विदेशी प्रविधि ज्ञान र सीपलाई बेराजगार युवायुवतीहरूले व्यवहारमा उतार्न पर्दछ । पूmल आवश्यक पर्दा खोज्ने मात्र होइन, फुर्सदको समयमा सबैले आफ्नो घर आँगन र करेसाबारीमा लगाउने बानीको विकास गर्दै जाने हो भने प्लाष्टिकको पूmल तिहारको समयमा किन्न पर्दैन ।


सबैखाले सयपत्रीको उद्गमथलो संयुक्त राज्य अमेरिकाको दक्षिणी भूभाग, मेक्सिको तथा दक्षिण अमेरिकी महादेश हो । त्यतैबाट सयपत्री पूmलले विश्वका विभिन्न देशमा प्रवेश पायो । नेपालमा कसरी र कहिले यी सयपत्री फूल आयो भन्ने भरपर्दो आधार भेटिएको छैन । अहिले अनेकौं थरीका सयपत्री पूmल पाइने गरेको छ ।
हाम्रो संस्कार र संस्कृतिभित्र परापूर्वकालदेखि सयपत्री फूल संस्कृति फूल भएको छ । तिहारलाई सिंगार्ने सयपत्रीका फूलहरू दुई समूहमा छुट्याउन सकिन्छ । सानो कदको, सानै फूल फुल्ने र सजिलै माला उन्न मिल्ने तथा फूल पनि नझर्ने नओइलाउने र रंग पनि नखुइलिने सयपत्रीहरू फ्रेन्च मेरिगोल्ड समूहमा पर्छन् ।
यस समूहका सयपत्री फूलका बाहिरी पुष्पिका फैलिएर फक्रन्छन् । तसर्थ यिनको वैज्ञानिक नाम पनि टागेटिस पाटुला रहेको छ । पाटुलसको ल्याटिन अर्थ फैलनु हुन्छ । सयपत्री फूलहरू गाढा चम्किलो रंगमा विशेषगरेर सुन्तला पहेंलोमा गाढा कलेजी वा रातो रंगमा सजिएका हुन्छन् । ठूलो खाले सयपत्री फूललाई सामान्यत अफ्रिकन मेरिगोल्ड भनिन्छ । यस किसिमका सयपत्री फूलहरू डल्लो आकारमा फक्रन्छन् । सुन्तला वा फिका पहेंलो रंगमा यी सयपत्री फुल्दछन् ।
गोदावरी फूलको सौन्दर्य विश्वमा सम्मानित छ । जुन फूललाई हामी गोदावरी भन्छौं, त्यसलाई इस्लामिक संसारमा गुलदाउदी भनिन्छ । धर्मगुरू दाउदको नाममा यो समर्पित छ । युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत अन्यत्र यसको प्रचलित नाम हो क्रिसान्थेमम । ग्रीक भाषामा क्रायोस भनेको सुन वा सुनौलो र एन्थेमोन को अर्थ फूल हो । त्यस अर्थमा सुवर्ण फूल हो गोदावरी ।
तर गोदावरी अनेकौं रंग र आकारमा फक्रिन्छ । इसापूर्व १५औं शताब्दीमा गोदावरीलाई बगैंचामा फुलाएर यसको इतिहास रच्ने श्रेय चीनलाई जान्छ । त्यसपछि आठौं शताब्दीमा यसले जापानलाई दिवाना बनायोर राजकीय सम्मान प्राप्त ग¥यो, राष्ट्रिय फूल बन्यो ।
जापानी सम्राटको राजगद्दीलाई ‘क्रिसान्थेमम थ्रोन’ भन्ने चलन छ । यता चीनमा गोदावरी फूलकै नाममा सहरहरू नामकरण भएका छन जस्तो– जु–जियाङ । अमेरिकाको सिकागो सहरको आधिकारिक पूmल पनि गोदावरी हो । गोदावरी सुन्दर एवं आकर्षक फूल हो । विशेषगरी असोज तथा कार्तिक महिनामा यो फूल पूर्णरूपमा फुल्छ । गोदावरी जापानको राष्ट्रिय फूल हो ।
गोदावरी सबैको घरमा फुलाउन सकिन्छ । गोदावरी फूल निकै महत्वपूर्ण मानिन्छ । यो फूलको सजावट करिब एक हप्तासम्म ताजा रहन्छ । यसका भिन्न–भिन्न पातलाई सुन्दर फूलदानीमा सजाउँदा घरको शोभा बढ्छ ।
गोदावरीलाई चाइनिजहरूले औषधिका रूपमा प्रयोग गर्न खेती नै गरेको पाइन्छ । जापान पढ्न गएका विद्यार्थीले यो फूललाई उपत्यकाको गोदावरी गाउँमा रोपेपछि यो पूmलको नेपाली नाम गोदावरी रहन गयो ।
गोदावरी फूल चीनमा ६ हजार ५ सय, जापानमा १९ हजार तथा नेपालमा २ सय प्रजातिमा पाइन्छन् । नेपालका ठूला चाडपर्व दसैँ तथा तिहारको हाराहारीमा फुल्ने यो फूलको महत्व बढ्दै गएको छ ।
मखमली फूल नेपालीहरूको लागि साँस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रूपमा लिइन्छ । दक्षिण अमेरिकी महादेशको ब्राजिल, पानामा र ग्वाटेमाला क्षेत्रबाट भित्रिएको फूल मखमली हो । दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपाली तिहारको अभिन्न अंग बनिसकेको छ ।
सुपारी जस्तो गोलाकार मखमली फूल पनि सयपत्रीझैं सयौं फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रंगमा मखमली विशेष लोकप्रिय छ ।
नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाई दिएर दीर्घायुको कामना गर्छन् । संस्कृतमा रक्त मल्लिका भनिने यो फुल देख्नमा पनि सुन्दर मानिन्छ ।
हाम्रो देशको भौगोलिक अवस्थाको कुरा गर्दा यहाँका हिमाल, पहाड, तराई जुनसुकै क्षेत्र पनि प्राकृतिक सम्पन्नताले भरिपूर्ण रहेका छन् । विकट हिमाली तथा पहाडी ईलाकामा प्राकृतिक रूपले फुल्ने सुनाखरी लालीगुराँस वा उपत्यका र तराईका फाँटमा फूल्ने मखमली सयपत्री हुन् सबैको आ–आफ्नै विशिष्ठ महत्व रहिआएको छ ।
प्राकृतिक रूपले सम्पन्न हावापानीको कारणले नै यहाँको जैविक विविधताको संरक्षण हुन पुगेको छ । विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूल कमी आयत हुने भएको छ ।
यो खुशीको कुरा मान्नुपर्दछ । पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्नेको संख्या बढेको र यस वर्ष ठीक समयमा नै तिहार पर्व परेकाले आयात गरिने फूलको संख्यामा कमी आउने भएको हो । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ ।
पूmलको व्यवसाय सुरू गरिसकेका तथा सुरू गर्न चाहने कृषक तथा व्यवसायीहरूलाई नर्सरी व्यवस्थापन मौसमी तथा बेमौसमी फूल उत्पादन तालिमलगायतका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यकता भईसकेको छ । त्यसैगरी फूल व्यवसाय गर्न चाहनेहरूका लागि बजार माग तथा मौसमी मागलाई दृष्टिगत गरी फूल सजावटका तालिम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
भने अर्कोतिर विदेशबाट आयात भैरहेका फूलका विरूवाहरूलाई स्वदेश मै उत्पादन गर्नका लागि विदेशी प्रविधि ज्ञान र सीपलाई बेराजगार युवायुवतीहरूले व्यवहारमा उतार्न पर्दछ । पूmल आवश्यक पर्दा खोज्ने मात्र होइन, फुर्सदको समयमा सबैले आफ्नो घर आँगन र करेसाबारीमा लगाउने बानीको विकास गर्दै जाने हो भने प्लाष्टिकको पूmल तिहारको समयमा किन्न पर्दैन । यो कुरा सबैले बुझ्न जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here