- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकाठको काममा रमाउँदै प्रदीप

काठको काममा रमाउँदै प्रदीप

- Advertisement -spot_img

देउखुरी, ३ कार्तिक । जन्मिदै अपाङ्ग भएर जन्मिए । खुट्टामा समस्या भएकोले हिड्न बन्दैन । घस्रिएर हिड्छन । खुट्टाको उपचारका लागि लाखौं रूपैयाँ खर्च गरे तर सम्भब भएन । घरदेखि टाढा जानुप¥यो भने साइकल चलाएर जाने गर्दछन् ।
करिब १५ बर्ष अघि काम खोज्दै नेपाल आएका भारतको बिहार पटना घर भएका ३२ बर्षिय प्रदीप शर्मा । नेपाली भाषा प्रष्ट बोल्छन् । दुई दाजुभाइ एक बहिनी र आमा छन उनको घरमा ।
सानैमा बाबुले सबै परिवार छोडेर बेखबर भएपछि प्रदीपको परिवार झन समस्यामा परेको थियो । घरको मुली मान्छे सम्पर्कबिहीन भएपछि उनीहरूको पढाइमा समेत असर पुग्यो । बुवा सम्पर्कबिहीन भएपछि आमा र बहिनीको थप जिम्मेवारी थपियो उनीमा ।
जसका कारण धेरै सपनाहरू भताभुङ्ग भएका हुन् । गाउँकै काका पर्नेको साथमा कामको खोजीमा नेपाल आएको उनी बताउँछन् । सुरूमा नेपाली समाजमा घुलमिल हुन निकै कठिन भयो, काम सिक्दै गए र भाषा पनि सिक्दै गए उनले भने ।
खासगरी पेन्टरमा दख्खल राख्ने प्रदीप घर सजावटका काठका सम्पूर्ण सामग्री बनाउनमा सिपालु छन् । यसरी शारीरिक अपाङ्गता भएता पनि आँट र हिम्मत गरे जुनसुकै काम पनि गर्न सकिने रै’छ भन्ने गतिलो उदाहरण बनेका छन् प्रदीप ।
वैदेशिक रोजगारीका लागि बर्षेनी हजारौ युवायुवती विदेश पलायन भैरहेको बेला बाहिरबाट नेपालमा आएर यी युवाले आफ्नै देशमा पसिना बगाउन प्रेरित गरेका छन् । यतिबेला उनी दाङको लमहीमा एक काष्ठ फर्निचरमा हेड मिस्त्रीको रूपमा काम गर्दै आएका छन् ।
‘लगातार कामको माग भयो भने महिनाको एक लाखसम्म कमाउने गरेको नत्र मासिक ५० हजार रूपैयाँ त मज्जाले कमाउँछु’ प्रदीपले भने । भारतको बिहारबाट कामको खोजीमा भौतारिएर नेपाल आएका प्रदीपलाई अहिले लमही बजारमा कामको चाङ लाग्ने गरेको उनी बताउँछन् ।
कतै ज्यालादारीमा काम गर्छन् त कतै ठेक्कामा । जब उनी सिक्दै आएको काममा दक्ष भएपछि नेपालको बसाई बिस्तारै सुखद हुँदै गयो ।
भारतबाट नेपाल आएको करिब सात बर्षपछि दाङको लमहीस्थित चैलाहीबाट चौधरी समुदायको छोरीसँग मागि विहे गरे प्रदीपले । जन्मथलो भारतको बिहार भए पनि नेपालको दाङलाई उनी कर्मथलो भनेर भन्ने गर्दछन् । अहिले प्रदीप श्रीमतीसँगै लमहीमा बस्दै आएका छन् । उनलाई कुनै दिन कामबिहीन भएर बस्नु परेको छैन ।
लामो समय भयो नेपाल बस्न लागेको अब त बिहारभन्दा नेपाल नै राम्रो लाग्दै गएको छ प्रदीपलाई । उनी भन्छन् ‘बुवाआमा हुँदासम्म आउने जाने गरिन्छ होला त्यसपछि त सायदै फर्किदैन होला ।’
काठ मिस्त्रीको कमाईबाट प्रदीपले लमहीमा साढे पाँच धुर घडेरीसमेत जोडेका छन् । त्यस्तै भारतमा बस्ने घरपरिवारको लागि पनि आवश्यक अनुसार घर खर्च पठाउने गरेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here