- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरमहपूजा तथा नेपाल सम्वत्मा कार्यक्रम हुने

महपूजा तथा नेपाल सम्वत्मा कार्यक्रम हुने

- Advertisement -spot_img

तुलसीपुर, ३ कार्तिक । नेवार समाज तुलसीपुले महपूजा तथा नेपाल सम्बत्को अवसरमा कार्यक्रम गर्ने भएको छ । समाजले यहि कार्तिक नौ गते नेपाल सम्बत् तथा महपूजाको शुभकामना आदानप्रदान गर्ने भएको हो ।
समाजको शनिबार तुलसीपुरमा बसेको बैठकले नेपाल सम्बत् तथा दिपावलीको अवसरमा हुन लागेको कार्यक्रमलाई भव्यरूपमा मनाउन जिम्मेवारी बाँडफाँडसमेत गरेको छ ।
समाजका अध्यक्ष नरेशकुमार राजभण्डारीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमलालाई भव्यरूपमा सम्पन्न गर्नका लागि लागि कोषाध्यक्ष पुष्कर श्रेष्ठलाई आर्थिक संयोजकको जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै उपाध्यक्ष अनुपकुमार श्रेष्ठ र निर्मल सिंहलाई खाना तथा सगुन, बिना डंगोल र सृष्टि श्रेष्ठलाई स्वागत सम्मान गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै दुर्गा श्रेष्ठलाई ¥याली व्यवस्थापन, कृष्ण सिंहलाई कलाकार तथा झाँकी व्यवस्थापन, छात्रवृत्ति, जेष्ठ नागरिक र दाता सम्मानमा नरेशराज भण्डारी र मञ्च, प्रमाणपत्र र ब्याजका लागि हरिकुमार श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here