- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरत्रिसिद्धेश्वरी टोलको साधारणसभा

त्रिसिद्धेश्वरी टोलको साधारणसभा

- Advertisement -spot_img

तुलसीपुर, ३ कार्तिक । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको त्रिसिदेश्वरी टोल विकास संस्था को १९औँ साधारणसभा शनिबार सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष धर्मराज न्यौपानेको अध्यक्ष्यता एवं तुलसीपुर उपमहानगरपालिका–६ का अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले टोलको नयाँ नेतृत्वसमेत छनोट गरेको छ ।
साधारणसभामा नेपाल रेडक्रस सोसाईटी तुलसीपुर उपशाखाका सभापति शेखरचन्द्र पोखरेल, शिक्षक मेघराज सुवेदी टोलका पूर्व अध्यक्ष वीर बहादुर बुढा, होमराज शर्मालगायतले शुभकामना मन्तब्य दिएका थिए ।
उक्त अवसरमा संस्थाका सचिव भोजराज लामिछाने सचिवको प्रतिवेदन, कोषाध्यक्ष माधव सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । टोलको साधारणसभाले धर्मराज न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा उषा गौतम सचिवमा भिमार्जुन रेग्मी र कोषाध्यक्षमा सपना आचार्य रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here