- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसमाजखाडी जानेहरू कविता संग्रहको विमोचन

खाडी जानेहरू कविता संग्रहको विमोचन

- Advertisement -spot_img

तुलसीपुर, ३ कार्तिक । साहित्यकार नवराज रजौरेको सहित्यिक कृति ‘खाडी जानेहरू’ कविता संग्रह विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी कविता संग्रह विमोचन गरीएको हो । कविता संगहमा ८२ वटा कविताहरू समावेश गरिएको छ । बरिष्ठ साहित्यकार प्राध्यापक गदाधर पौडेलले कृतिको विमोचन गरेका हुन् ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर को अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकको समीक्षा उप–प्राध्यापक हरिलाल पौडेलले गरेका थिए । कार्यक्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष पुरूषोत्तम खनाल, सह–प्राध्यापक बाबुराम आचार्य लगायतले कृतिको बारेमा शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा लेखक रजौरेले सबैलाई धन्यवाद दिएका थिए ।
यसैबीच दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानले गर्दै आएको साहित्य सौजन्यमालाको २२७औँ शृङ्खला शनिबार तुलसीपुरमा गरिएको छ । जिल्लाका साहित्कारहरूको सहभागितामा शृङ्खला गरिएको हो । सौजन्यमालाको २२८आँै शृङ्खला खुमानन्द अधिकारीको संयोजकत्वमा मंसिर ७ गते तुलसीपुरमा गर्ने भएको छ । बाचित रचनाको समीक्षा बाबुराम आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here