- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरसात जुवाडे पक्राउ

सात जुवाडे पक्राउ

- Advertisement -spot_img

तुलसीपुर, ३ कार्तिक । चाडपर्वको समयमा रमाइलोको नाममा खेलिने जुवातास नियन्त्रणमा दाङ प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले शुक्रबार राति घोराहीबाट तास खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । गुलरिया पार्क नजिकै भक्त भण्डारीको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका–१५ बस्ने बर्ष २७ का संजय परियार, घोराही–१२ बस्ने बर्ष ३१ का अनिल गिरी, घोराही–१७ बस्ने बर्ष ४३ को भक्त केसी रहेको प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
त्यसैगरी घोराही–१५ का ४४ वर्षिय मेघराज पौडेल, घोराही–१२ का २० वर्षिय रबिन थापा, घोराही–१६ का ३० वर्षिय शिव केसी र घोराही–१५ का ३२ वर्षिय पूर्ण गिरी पक्राउ परेको प्रवक्ता शाहले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here