- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयसुविधा रोकको निर्णय

सुविधा रोकको निर्णय

- Advertisement -spot_img

‘आफ्नै हात जगननाथ’ भने जस्तै राज्यको पुनर्संरचना भएपछि बनेका सरकारले आफू अनुकूल कार्यविधि र ऐन बनाउँदै सेवा सुविधा लिदै आएका छन् । पछिल्लो समय अलि बढी चर्चामा आएको विषय हो जनप्रतिनिधि तलबी भए भन्ने ।
त्यो विषयले स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरूलाई अलि बढी नै छोएको छ । प्रदेश सरकारले कानुन बनाएर स्थानीय सरकारका जनप्रतिनिधिलाई तलबको निर्णय गरे पनि यो विषय बेसी चर्चामा रहिनै रह्यो । सिधा तलब भनेपछि यसमा धेरैको असहमति पनि रहदै आएको थियो । जनप्रतिनिधिहरू तलबी करारका कर्मचारी भएसम्मको टिप्पणी हुँदै आएको छ ।
यहिबेला कानुन व्यवसायी लोकेन्द्र वलीले सेवा रोक्न र ऐन खारेज गर्न हालेको रिटमा सर्वाेच्चले फैसला गर्दै सेवा सुविधा रोक्न दिएको आदेश स्वागतयोग्य छ ।
यसले आम नागरिकसँगै केही जनप्रतिनिधिहरूलाई समेत खुसी बनाएको छ । काम गर्दा सेवा सुविधा लिनुपर्छ तर सेवा सुविधा जनप्रतिनिधिले तलबी रूपमा नै खानु राम्रो पक्कै पनि थिएन र होइन पनि ।
राजनीति समाजसेवा हो । पहिले–पहिलेका जनप्रतिनिधिहरू राजनीतिबाट आफू सकिए तर राजनीति बचाई राखेका थिए । तर अहिलेका जनप्रतिनिधिहरू आफू बचे अनि राजनीति सक्दैछन् ।
यो अवस्थामा आएको अदालतको यो निर्णयले नागरिक खुसी भएका छन् । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यले लिइरहेको तलब, भत्ता गैरसंवैधानिक भएको समेत ठहर गरेको छ ।
अदालतको ठहरसँगै अब स्थानीय तहका जनप्रतिनिधिले पाइरहेको तलब, भत्ता रोकिएको छ । कार्तिक १ गतेदेखि नै रोकिएको तलबले एक वर्षमा झण्डै साढे ५ अर्ब राज्यकोष बच्ने देखिन्छ ।
यसले झण्डै ३० हजार जनप्रतिनिधिले खाइपाई आएको सुविधासमेत रोकिएको छ । संविधानको धारा २२० (८) र धारा २२७ सँग सिधा बाँझिने गरी भएकाले प्रदेश १ बाहेक अन्य ६ प्रदेशले लागूगरेका सुविधा पाउने ऐनको दफा ३ अन्तर्गतका अनुसूची बदरसमेत भएका छन् ।
जनप्रतिनिधिलाई नियमन गर्नु आवश्यक नै छ । तर कतैबाट पनि त्यो हुन नसकिरहेको अवस्थामा सेवा सुविधा रोक्ने अदालतको आदेशले नियमन गर्ने निकाय भएको अनुभूति हुनु स्वभाविक हो ।
यो निर्णयले केही जनप्रतिनिधिहरूको समेत सकारात्मक प्रतिक्रिया आएको छ । त्यो प्रतिक्रियाले आम नागरिकको भावनासमेत अवश्य बुझेको छ । स्थानीय तहहरूमा सेवा सुविधाको नाममा भद्रगोल हुँदै आएको थियो । त्यो अवस्था पनि अब कम हुने विश्वास गर्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here