- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरस्वास्थ्य सेवा प्रभावकारी बन्दै

स्वास्थ्य सेवा प्रभावकारी बन्दै

- Advertisement -spot_img

दंगीशरण, २ कार्तिक । दंगीशरण गाउँपालिकामा पछिल्लो समय स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । संघीय सरकारले स्वास्थ्यका हरेक कार्यक्रमहरू स्थानीय तहबाटै सञ्चालन गर्ने व्यवस्था गरेसँगै अहिले स्वास्थ्य सम्वन्धी सेवाहरू थप प्रभावकारी बन्दै गएका हुन् ।
सरकारले भौतिक निर्माणलाई विशेष प्राथमिकतामा राख्दै वषौँदेखि शिक्षा, खानेपानीजस्ता अत्यावश्यक सेवाबाट बञ्चित भएकाहरूलाई अहिले सहजरूपमा सेवा प्रदान गर्दै आएको छ ।
गाउँपालिकाबासीहरूको सेवा सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य चौकीमा स्टाफ क्वाटर भवन निर्माण गरिएको छ । जनतालाई २४ घण्टा सेवा प्रदान गर्नका लागि वडा नम्बर ६ स्थित प्राथमिक स्वास्थ्य चौकी बागरमा बाथरूम ईलेक्ट्रिकल र स्यानटरीसहितको आठ कोठे स्टाफ क्वाटर भवन निर्माण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना, नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङले उक्त भवन निर्माण गरेको हो । भवन, कम्पाउण्ड वाल गरी करिव ९९ लाखमा निर्माण कार्य सम्पन्न भएको ईन्जिनियर टिकाराम पोख्रेलले बताए ।
२०७४ भदौ महिनामा निर्माण ब्यवसायी लुम्बिनी साँस्कृतिक एसोसिएसन प्रालि रूपन्देहीसँग खरिद सम्झौता गरी निर्माण कार्य सुरू गरेको भवन यही भदौ महिनामा निर्माण कार्य सम्पन्न भएको हो ।

अध्यक्षद्वारा भवनको उद्घाटन

यसैबीच दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले शुक्रबार एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका छन् । अध्यक्ष चौधरीले भवनको उद्घाटन गर्दै स्वास्थ्य चौकी बागरलाई हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा उनले दंगीशरणबासीहरू केही बर्षमै आफ्नै गाउँ ठाउँमा सेवा सुविधा पाउने बताए । उनले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको भन्दै जनताको मागलाई मध्यनजर गर्दै विकास निर्माणका कार्यलाई अगाडि बढाउने बताए ।
यस्तै वडा नम्बर ६ का अध्यक्ष टंकबहादुर वलीले भवन निर्माणपश्चात् पश्चिमबासीका लागि स्वास्थ्य सुधारका लागि उपयुक्त स्वास्थ्य चौकीको रूपमा स्थापित रहेको बताए । हेल्थ असिस्टेन्ट दोर्ण वलीले जनताहरूको सेवाका लागि अबका दिनमा आपत्कालीन र इमरजेन्सी सेवा सञ्चालन गर्नुपर्ने भन्दै जनशक्ति उपलब्ध गराउनुपर्ने आवश्यक रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here