- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरसंगीतमा जम्दै दुई भाइ

संगीतमा जम्दै दुई भाइ

- Advertisement -spot_img

सौरभ न्यौपाने र सम्राट न्यौपाने पछिल्लो समय नेपाली गीत, संगीत क्षेत्रमा निकै चर्चा बटुलेको नाम हो । केही समय अगाडि तिम्रो रूपले र बान्नोमा भन्ने गीत सार्वजनिक भएसँगै उनीहरू एकाएक चर्चामा आएका हुन् । बुवा तुल्सीराम न्यौपाने र आमा पुनम न्यौपानेको कोखबाट तुलसीपुर उपमहानगरपालिका वडा नं ५ मा जन्मिएका सौरव र सम्राट सांगीतिक यात्रामा सँगसँगै अगाडि बढ्दै छन् ।

भडियो मिक्सिङ,निर्देशनमा लागेका सौरव

१९ वर्षको उमेरमै नेपाली गीत, संगीतको यात्रा सुरू गरेका सौरभ न्यौपाने पछिल्लो समय भिडियो मिक्सिङ र निर्देशनमा आफूलाई व्यस्त बनाउँदै आएका छन् ।
उनले निर्देशन गरेको पहिलो म्यूजिक भिडियो ‘तिम्रो रूपले’ वेष्ट ईमेज अवार्ड, वेष्ट म्युजिक भिडियो अवार्ड, राप्ती म्युजिक अवार्ड, वल्र्ड म्युजिक अवार्ड न्यूयोर्क लगायत आधा दर्जन अवार्डहरूमा अवार्डका लागि नामाङ्कितसमेत भएका छन् ।

संगीत क्षेत्रलाई आर्थिक कारोवारसँग तुलना गरेर काम गरे कहिल्यै सफलता हासिल गर्न नमिल्ने सौरव बताउँछन् । ‘आर्थिक आम्दानीको दृष्टिकोणबाट संगीतमा टिक्न गाह्रो छ, उनले भने– ‘तर निरन्तर प्रयास र मेहनत गर्दै जाने हो सांगीतिक जीवन राम्रो छ,
यसका लागि घरपरिवारको साथ र सहयोगको पनि निकै आवश्यक पर्छ ।’ विएससीबाट स्नातक तह पास गरिसकेका सौरभले अहिलेसम्म सातवटा गीत मिक्सिङ, तीनवटामा आफै निर्देशन र आफै मोडलको भूमिकासमेत निभाएका छन् ।

गायनमा पोख्त सम्राट

पछिल्लो समय सम्राट ‘तिम्रो रूपले’ नामको गीतबाट चर्चित भएका छन् । २२ वर्षिय सम्राट आफ्ना दाजुसँगै गीत, संगीत क्षेत्रमा काम गर्दै आएका छन् । सानै उमेरबाट गाउँ, घर, विद्यालय र तथा विभिन्न कार्यक्रमहरूमा गीतहरू गाउने गरेका सम्राटले पछिल्लो समय ‘तिम्रो रूपले’, ‘बान्नोमा’लगायत थुप्रै गीतहरू गाएका छन् ।
बुवा र दाजु संगीत क्षेत्रमै लागेका कारण आफूलाई पनि यस क्षेत्रमा आउने उत्प्रेरणा मिलेको उनको भनाइ छ । अप्ठ्यारोपनलाई महसुस गर्दै परिश्रम गरे अवश्य यस क्षेत्रमा सफल हुन सकिने उनको दृढ विश्वास छ ।

अभिनय क्षेत्रमा समेत काम गरिसकेका उनीहरू अहिले सौरसम नामक आफ्नै प्रोडक्सन हाउसमार्फत रेर्कडिङ, भिडियो मिक्सिङ, व्यस्थापन, भिडियो सम्पादन, अभियनलगायतका थुप्रै कामहरू गर्दै आएका छन् । आफूले सम्पादन गरेका कामहरूबाट सोचेअनुसारको सफलता प्राप्त गर्दै आएका सौरभ र सम्राट संगीत क्षेत्रमै आफ्नो जीवन बिताउने बताउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here