- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचररोट्रयाक्टको जिसीलाई सम्मान

रोट्रयाक्टको जिसीलाई सम्मान

- Advertisement -spot_img

तुलसीपुर, २ कार्तिक । रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै ज्ञानज्योति फाउन्डेसनका प्रमुख सुरेन्द्र जिसीलाई सम्मान गरेको छ । क्लवको नियमित कार्यक्रमअन्तर्गत शिक्षामार्फत समाज रूपान्तरणमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको अध्यक्ष नवीन राईले जानकारी दिए ।
जिसीले लामो समयदेखि तुलसीपुरको शिक्षाको गुणस्तरीयता बृद्धिका लागि काम गर्दै आएका छन् । ज्ञानज्योति माविलाई फाउन्डेसनका रूपमा सञ्चालन गरेर उनले तुलसीपुरलाई शिक्षाको केन्द्रका रूपमा विकास गर्नका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।
क्लवका अध्यक्ष नवीन राईको अध्यक्षता एवं सम्मानित जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जिसीले सम्मान पाएपछि आफूलाई शिक्षा क्षेत्रमा थप जिम्मेवार भएर लाग्न प्रेरणा मिलेको बताए । उनले गरिब तथा निम्न वर्गका विद्यार्थीहरूका लागि विद्यालयले विशेष छात्रवृत्ति दिएर अध्यापन गराइरहेको समेत बताए ।
रोट्रयाक्ट क्लवले गरेको सामाजिक कामको प्रशंसा गर्दै उनले निरन्तर अगाडि बढ्न आग्रहसमेत गरे । क्लवका प्रस्तावित अध्यक्ष हेमराज बस्नेतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा जिसीको जीवनी कोषाध्यक्ष नारायण गौतमले प्रस्तुत गरेका थिए । क्लवका महासचिव कमल डाँगीले सहजीकरण गरेको कार्यक्रममा सदस्य सुरजजंग रायमाझीले धन्यवाद ज्ञापन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here