- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरजनक सहकारीको साधारणसभा

जनक सहकारीको साधारणसभा

- Advertisement -spot_img

घोराही, २ कार्तिक । जनक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा भएको छ । संस्थाका अध्यक्ष अमरबहादुर वलीको अध्यक्षतामा सहकारी महासंघका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति भूपबहादुर डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाको सचिव रेखबहादुर वलीले प्रशासनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रमोदकुमार बुढोथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी लेखा संयोजक टोपबहादुर वलीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा असल बचतकर्ता बसन्तकुमार थापा, शेयर सदस्य होमबहादुर वलीलगायतले बोलका थिए । उपाध्यक्ष नन्दलाल वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रेखबहादुर वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here