- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकम्युनिष्टले भ्रष्टाचार रोक्नुपर्छः ज्ञवाली

कम्युनिष्टले भ्रष्टाचार रोक्नुपर्छः ज्ञवाली

- Advertisement -spot_img

घोराही, १ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले नेकपाको दुई तिहाई सरकारले भ्रष्टाचार रोक्नुपर्ने बताएका छन् । उनले भ्रष्टाचारलाई शत्रु मानेर भए पनि भ्रष्टाचारजन्य गतिविधि रोक्नुपर्ने बताए ।
नेकपा दाङले बिहीबार घोराहीमा गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी सदस्य ज्ञवालीले भ्रष्टाचार मौलाएको विभिन्न खबरले नागरिकलाई निराशा बनाएको बताए ।
उनले भने ‘यो अवस्था आउन दिनुहुँदैन, अहिलेको स्थायी सरकारले भ्रष्टाचार रोक्नुपर्छ । सरकारबाट नागरिकले थुप्रै आशा गरेका छन्, ती आशालाई निराशामा परिणत नगरोस् सरकारले’ उनले भने– ‘नेकपालाई विश्वास गरेर जनताले दिएको मतको सही सदुपयोग हुनुपर्छ ।’
नेता ज्ञवालीले सरकारले नागरिकका सानाभन्दा साना समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । ‘जनता शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतबाट बञ्चित हुनुपर्ने अवस्था आउन दिनहुन्न, उनले भने– ‘जनताका तिब्र आकांक्षालाई सरकारले सम्बोधन गर्नुपर्छ ।
ज्ञवालीले विपक्षीबाट आएका आलोचनालाई सरकारले सुझावका रूपमा लिन सकेमात्रै सरकार सफल हुने बताए । ‘आलोचना भयो भनेर सरकार आत्तिनु हुँदैन् बरू ति आलोचनालाई सुझावका रूपमा ग्रहण गर्नसक्नुपर्छ’ उनले भने– ‘अनि मात्र सरकार सफल हुन्छ ।
सरकार राम्रा कामबाट सन्तुष्ट भएर बस्नु हुँदैन् ।’ उनले जनताले अमूल्य मतले जिताएर पठाएका प्रतिनिधि विभिन्न घटनाको आरोपमा पक्राउ पर्नु राम्रो नभएको बताए । यस्ता खबरले नागरिक दुखित मात्रै हैन आक्रोसित समेत देखिनु स्वभाविक हो । ‘नेतृत्वमा लागेको आरोप सत्य साबित नहोस्’, महरालाई संकेत गर्दै उनले भने–

आलोचना भयो भनेर सरकार आत्तिनु हुँदैन् बरू ति आलोचनालाई सुझावका रूपमा ग्रहण गर्नसक्नुपर्छ ।


‘कानुन निर्माण गर्ने जनप्रतिनिधि आफै पक्राउ पर्नुले जनतामा गलत सन्देश गएको छ ।’ नेता ज्ञवालीले घोषणा पत्रमा उल्लेख गरिएका बिषयलाई ध्यान दिएर योजना निर्माण गरी विकास निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । ‘आवश्यकताका आधारमा विकास गर्न जरूरी छ उनले भने–‘दामासाहीका हिसाबले गरिएको विकास सर्वस्वीकार्य हुँदैन् ।’
प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी सोनामले प्रदेश सरकारले विनियोजित बजेट कार्यान्वयनमा गरिरहेको बताए । ‘बजेट विनियोजन गरेर मात्र विकास आफै हुने होइन्’, उनले भने– ‘बजेट कार्यान्वयनमा पनि ध्यान दिनुपर्छ, तबमात्रै नागरिकले परिवर्तनको अनुभूति गर्न पाउने छन् ।’ आर्थिक बृद्धि दरमा उल्लेख्य सुधार गरेको भन्दै मन्त्री केसीले प्रदेशको समग्र विकासका लागि प्रदेश सरकारले ध्यान दिएको बताए ।
‘सरकारले केही गरेको छैन् भन्ने विभिन्न सञ्चारमाध्यममा खबरहरू आउने गर्छन्, यो सबै गलत हल्ला हो’ उनले भने– ‘हामी आएपछि नागरिकका अपेक्षा धेरै पूरा भएका छन् ।
नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको चियापान कार्यक्रममा बोल्ने वक्ताहरूले विकास आवश्यकतामा आधारित रहेको बताएका थिए । देशमा तीनैतहका सरकार कम्युनिष्टको रहेको उल्लेख गर्दै वक्ताहरूले जनताको ईच्छा र चाहना अनुसार काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा प्रदेश सचिव जगप्रसाद शर्मा, जिल्ला इञ्चार्ज जीवन गौतम, नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्मा, नेकपा प्रदेश सल्लाहकार कमिटीका संयोजक अमरबहादुर डाँगी, नेपाली काँग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती,
प्रेस स्वतन्त्र सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले बोलेका थिए । नेकपा दाङका कार्यालय सदस्य पुनम सेर्पाइलीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव सुवास पुनले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here