- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसडक बत्ती विस्तार गरिदै

सडक बत्ती विस्तार गरिदै

- Advertisement -spot_img

तुलसीपुर, १ असोज । तुलसीपुर उपमहानगरपालिकाले तिहार अगाडि नै तुलसीपुर बजारलाई झिलीमिली पार्ने गरी काम अगाडि बढाएको छ । उज्यालो तुलसीपुर अभियानअन्तर्गत बजार क्षेत्रभित्र तिहार अगाडि नै सबै पोलमा बत्ती जडान गर्ने प्रक्रिया अगाडि बढाएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले बत्ती नभएको ठाउँमा नयाँ बत्ती जडान गर्नुका साथै पुराना सोलार बत्तीहरूको मर्मत प्रक्रिया अगाडि बढेको समेत बताए ।
उपमहानगरपालिकाले उत्तरमा रक्षाचौर, दक्षिणमा सितलपुर, पूर्वमा मज्गै र पश्चिममा भमकेसम्म सडक बत्ती जडानलाई अगाडि बढाएको कार्यपालिका सदस्य दिपक कुमालले जानकारी दिए ।
उपमहानगरपालिकामा जनप्रतिनिधि आउनुभन्दा अगाडि नै ठेक्कामार्फत जडान गरिएका सोलार बत्ती बिग्रिएका कारण बजार क्षेत्र अन्धकार रहेको थियो । सोलार बत्तीको ग्यारेन्टी हुँदा पनि ठेकेदारले आनाकानी गरेका कारण मर्मत हुन सकेको थिएन । ‘तत्काल काम अगाडि बढाउने ठेकदारले प्रतिवद्धता जनाएको छ’ नगरप्रमुख पाण्डेले सुनाए । उनले समयमै काम नभए कारवाही गरिने समेत चेतावनी दिए ।
पहिलो चरणमा सडक बत्ती जोड्ने काम अगाडि बढिसकेको खरिद शाखा प्रमुख टोपबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार बजार क्षेत्रमा बुधबारसम्म २५ वटा नयाँ सडक बत्ती जडान भइसकेका छन् । सबै क्षेत्रमा जडानका लागि काम अगाडि बढेको पनि उनले जानकारी दिए ।
यसैगरी विभिन्न आठवटा टोलमा जोडएका ७८ वटा सडक बत्तीहरू अहिले पूर्णत नबल्ने अवस्थामा रहेका छन् । एभरेष्ट सोलार इनर्जी प्रालिले प्रति पोल ८९ हजारमा जडानको ठेक्का पाएका भएपनि कमसल सामग्रीको प्रयोग भएका कारणले गर्दा एक वर्ष नपुग्दै बिग्रिएका थिए ।
ठेक्का पाएको कम्पनीले लामो समयसम्म पनि आनाकानी गरेपछि नगरप्रमुख पाण्डेले तत्काल मर्मत नगरे कानुनी प्रक्रिया अगाडि बढाउने भएपछि काम अगाडि बढाएको थियो । ठेकेदार रोशन पुनले बिग्रिएका सामग्रीहरू आइसकेको र बिहीबारदेखि नै मर्मतको काम अगाडि बढेको जानकारी दिए ।
‘नराम्रो सामान परेको हामीलाई पनि थाहा भएन त्यसलाई तत्काल मर्मत गर्छाै, तिहार अगाडि नै तुलसीपुर झिलीमिली हुनेछ’ पुनले भने । उपमहानगरपालिकाले सबै टोलहरूमा बत्ती जडानका गर्नका लागि यो वर्ष उज्यालो तुलसीपुर अभियान अगाडि बढाएको छ । तुलसीपुरलाई सुरक्षित राख्नका लागि बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न टेण्डर प्रक्रिया अगाडि बढिसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here