Saturday, April 13, 2024
Homeमुख्य खबरदुई दिनमा डेढलाख संकलन

दुई दिनमा डेढलाख संकलन

- Advertisement -spot_img

तुलसीपुर, १ असोज । तुलसीपुर उपमहानगरपालिका–१९ मा बाँसगढीमा जारी श्रीमद्भागवत ज्ञानमहायज्ञमा डेढलाख बढी रकम संकलन भएको छ । कालिका– मालिका देवीस्थान भगवती मन्दिरमा आधुनिक धर्मशाला निर्माणार्थ तथा मन्दिरको स्तरोन्नतिका लागि सहयोगार्थ सञ्चालित महायज्ञमा बुधबार र बिहीबार गरी १ लाख ५३ हजार ३ सय ७७ रुपैयाँ संकलन भएको हो ।
ज्ञानमहायज्ञमा बिहीबार तुलसीपुर उपमहानगरपालिका–१९ ग्वारखोलाका लक्ष्मण योगीले स्वर्गीय श्रीमती नन्दकली योगीको स्मृतिमा १ लाख १ रुपैयाँ दान सहयोग गरेका छन् । महायज्ञ मुल आयोजक समितिका आर्थिक संयोजक नवीन कुमार पोख्रलका अनुसार तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगढीका ऋषिराज शर्मा पौडेलले ३० हजार ५५ सहयोग गरेका छन् । ज्ञानमहायज्ञमा बिहीबार पनि भक्तजनको उत्साहजनक सहभागिता रहेको उनले बताए । ज्ञानमहायज्ञमा बिहीबार २ हजार २ सय रसिदबाट संकलन भएको उनले बताए ।
मन्दिरमा आधुनिक धर्मशाला निर्माण गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको उनले बताए । ‘ज्ञानमहायज्ञबाट संकलित रकमले मन्दिरको स्तरोन्नति समेत गर्ने छौँ’, उनले भने– ‘दाना दाताहरुले प्रदान गरेको रकम सही सदुपयोग गरी उदाहरणीय काम गर्ने कुरा विश्वास दिलाउन चाहन्छु ।’ महायज्ञको प्रमुख कथावाचकमा रामचन्द्र तिमल्सिना र उपवाचकमा १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिना रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here