- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरगाउँपालिकाद्वारा कर्मचारीलाई अभिनन्दन

गाउँपालिकाद्वारा कर्मचारीलाई अभिनन्दन

- Advertisement -spot_img

सल्यान, १ असोज । दार्मा गाउँपालिका सल्यानले नेपाल सरकारको स्थायी सेवामा सिफारिस भएका ७१ जना कर्मचारीहरूलाई अभिनन्दन गरेको छ । २०७५ बैशाखदेखि हालसम्म निजामती, शिक्षा, स्वास्थ्य, सुरक्षातर्फ स्थायी रूपमा सिफारिस भएका छवटै वडाका नागरिकलाई बिहीबार अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा वडा नं. १ बाट १० जना, २ बाट १८ जना, ३ बाट १६ जना, ४ बाट ७ जना, ५ बाट ११ जना र वडा नं. ६ बाट ९ जना गरी जम्मा ७१ जनालाई प्रशंसापत्र, फूलमाला र अबिर लगाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले हरेक नागरिकले आफूले गरेको साधनाको प्रतिफल पाउने धारणा राखे । नागरिकको साधनाको सम्मानस्वरूप गाउँपालिकाले कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै प्रमुख अतिथि बस्नेतले यसले कर्मचारीहरूलाई प्रोत्साहन गर्नुका साथै एकता, सद्भाव एवं मित्रता ल्याउने बताए ।
सबैथोक पैसा नै हो भन्ने धारणा गलत भएको बताउँदै उनले सबैभन्दा ठूलो उपलब्धि परिश्रम र मेहनतबाट प्राप्त हुने बताए । राज्यको व्यवस्था फेरिन सक्छ तर सच्चाइ, श्रम, मेहनत कहिल्यै नफेरिने भन्दै उनले हरेक व्यक्ति इमान्दार हुनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले ठूलो मेहनतका साथ सरकारी सेवामा प्रवेश गरेकाहरूलाई गाउँपालिकाले अभिनन्दनको कार्यक्रम गरेको बताए ।
कार्यक्रम परम्परागत नभई बौद्धिक क्षेत्रबाट हुने योगदानको सम्मान भएको उनको धारणा थियो । कार्यक्रमले नागरिकहरूमा सामीप्यताको अवसर समेत ल्याएको अध्यक्ष केसीले बताए ।
कार्यक्रममा दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कवँर, अभिनन्दन हुनेको तर्फबाट शिक्षक निमबहादुर केसी र पार्वती नेपालीले मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेयले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here