- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरसौभाग्यको १७औँ साधारणसभा

सौभाग्यको १७औँ साधारणसभा

- Advertisement -spot_img

घोराही, १ असोज । छरिएको पुँजीलाई एकीकृत गरेर लैजान सकेमा आर्थिक समृद्ध हुने बताएका छन् । छरिएको पुँजीले विपन्न समुदायका नागरिकको आर्थिकस्तर उकास्न बचत तथा ऋण सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको समेत बताएका थिए । सौभाग्य महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७आँै साधारणसभामा सहभागीहरूले छरिएको पुँजीलाई सही व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।
सौभाग्य महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमा डिसीको अध्यक्षता एवं जिल्ला सहकारी संघका उपाध्यक्ष अञ्जन कुमार पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा भएको थियो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि पौडेलले सहकारीका कारण महिलाहरूमा बचत गर्ने बानीको विकाससँगै आयआर्जनमा समेत महिलाहरूको पहँुच पुगेको बताए । अझै पनि कतिपय महिलाहरू बचतका लागि अरूमाथि आश्रित हुने गरेको बताउँदै बचत गर्ने पैसा कमाउने हैसियत महिलाहरूले गर्न जरूरी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख होमनाथ भुसाल, राष्ट्रिय सहकारी बैंकका प्रवन्ध निर्देशक किरण खत्री, नेप्स्कुनका घोराही संयोजक वेदप्रसाद भट्टराई, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रूपबहादुर खत्री, रेडियो स्वर्गद्वारीका सम्पादक बसुन्धरा गौतम, रेडियो इन्द्रेणीका समाचार प्रमुख छवि पुरी, शेयर सदस्यहरू
अम्बिका विष्ट, शारदा थापालगायतले बचत गर्ने बानीको विकाससँगै पुँजी परिचालन तथा आर्थिक सशक्तिकरणमा समेत सहकारीहरूले भूमिका खेल्दै आएको बताएका थिए । सहकारीका कारण समाजमा महिला हिसां न्यूनीकरणमा समेत टेवा पुगेको बताएका थिए ।
संस्थाका सचिव पार्वती कुमारी धितालले आर्थिक र सचिव मवा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा उत्कृष्ट समितिका रूपमा बुहारी महिला विकास समिति, जागरण महिला विकास समिति र जेष्ठ सदस्य रूपा वलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण सचिव पार्वती कुमारी धितालले गरेकी थिइन् । संस्थामा हाल ११ जना सञ्चालक समिति र १ हजार १ सय ७१ जना महिला शेयर सदस्यहरू रहेका छन् । संस्थामा रहेका महिलाहरूले एकसय रूपैयाँदेखि एक हजार रूपैयाँसम्म मासिक बचत गर्दै आएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here