- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरगौरीशंकरको २२औँ साधारणसभा

गौरीशंकरको २२औँ साधारणसभा

- Advertisement -spot_img

तुलसीपुर, १ असोज । गौरीशंकर सामुदायिक वनको २२औँ साधारणसभा भएको छ । बिहीबार संस्थाकी अध्यक्ष लोकेश्वरी अधिकारीको अध्यक्षता तथा सवडिभिजन कार्यालय बिजौरीका कार्यालय अधिकृत ईश्वरी बहादुर बस्नेतको प्र्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले वन जंगलको संरक्षण गर्नुनै मानवीय जीवनको संरक्षण हुने बताए । मानिसको अस्तित्व वन जंगलसँग जोडिएको बताउँदै उनले सामुदायिक वनहरूको संरक्षण सबै एक भएर लाग्नुपर्ने बताए । उनले जथाभावी अनावश्यक रूपमा वन जंगल र वरपरका बोटबिरूवाहरू नकाट्नसमेत अनुरोध गरे ।
कार्यक्रममो विशिष्ट अतिथि वन महासंघ जिल्ला समन्वय समितिका पदाधिकारी रमेश केसीले प्राकृतिक विपद्बाट बच्नका लागि बोटबिरूवाको संरक्षण गर्न जरूरी रहेको बताए । यसैगरी कार्यक्रममा बोल्दै वन रक्षक हिमबहादुर डाँगी, छिमेकी सामुदायिक वनका विष्णु विक र मेघराज केसीले सामुदायिक वन सबैको साझा सम्पत्ति भएको बताए । उनीहरूले परिवारलाई जसरी सम्मान र माया बोटबिरूवालाई पनि दिन सक्नुपर्ने बताएका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव दुर्गाबहादुर नेपालीले गरेका थिए ।
यसैबीच उक्त साधारणसभाले लोकेश्वरी अधिकारीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शालिकराम गिरी, कोषाध्यक्षमा जुद्ध बहादुर केसी रहेका छन् । त्यसैगरी सचिवमा दुर्गाबहादुर विक रहेका छन् भने महिला सदस्यमा मेघी बुढाथोकी, दिलकुमारी केसी रहेकी छन् । यस्तै सदस्यमा कर्सिङ नेपाली रहेका छन् ।
साधारणसभाले आगामी दिनमा सामुदायिक वनलाई व्यवस्थित बनाउनका लागि विभिन्न रणनीतिहरू समेत निर्माण गरेको छ । जसअन्र्तगत भवन निर्माण तथा मर्मत, सम्भार, अग्नीरेखा निर्माण, वृक्षारोपण, वन व्यवस्थापन तथा कृषि औजार परिचालनलगायतका विभिन्न कार्यक्रमहरूसमेत तय गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here