- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरविश्वकर्मा भोट माग्दै दाङमा

विश्वकर्मा भोट माग्दै दाङमा

- Advertisement -spot_img

घोराही, १ असोज । एपी वान टेलिभिजनले प्रसारण गरिरहेको आईएमई लोक स्टारको लागि प्रतिस्पर्धामा उत्रिएका रोल्पाका शनि विश्वकर्मा भोट माग्दै दाङ आएका छन् ।
एपी वान टेलिभिजनमा प्रशारण हुने रियालिटि शो लोक स्टार बन्नका लागि फाईनलमा पुगेका विश्वकर्मा भोट माग्न दाङ आएका हुन् । उनीसँगै फाइनलमा चारजना प्रतिस्पर्धी प्रवेश गरेका छन् । लोक स्टारमा भोट दिएर जिताउनको लागि सबैसँग अनुरोधसमेत गरेका छन् ।
लोक स्टारको कडा प्रतिस्पर्धामा जिताउनको लागि विश्वकर्माका आफन्त, शुभचिन्तक र फ्यानहरूले शनि विश्वकर्मा जिताऔँ अभियान समेत सञ्चालन गरेका छन् ।
अभियानले बुधबार घोराहीमा कार्यक्रम गरेको छ । टप चारका प्रतिस्पर्धी विश्वकर्माले नेपाली लोक गीतको क्षेत्रमा आयोजना गरिएको यो रियालिटी शोमा आफू फाईनलमा प्रवेश गर्नु महत्वपूर्ण कुरा रहेकोले भोट दिएर लोक स्टार बनाउन अनुरोध गरेका थिए ।
स्टार बन्नका लागि धेरैभन्दा धेरै समर्थकहरूको साथ र भोटको आवश्यकता रहेकाले आफू भोट माग्दै दाङ आएको जानकारी गराएका थिए ।
रोल्पा घर भई घोराहीमा अध्ययन गर्दै आएका विश्वकर्मालाई ी द्दद्ध टाइप गरी घठण्ण्ण् भोट गर्न सकिने उनले बताए ।
लोक स्टार बनाउनका लागि सबैले सहयोग गर्नुपर्नेे कार्यक्रम संयोजक शेरबहादुर डाँगीले अनुरोध गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले शनि विश्वकर्माको कला र प्रतिभाबाट आफू प्रभावित भएको बताउँदै सबैले भोट गरेर सहयोग गर्न आग्रह गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here