- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयगुणस्तरमा स्थायित्व खोजी

गुणस्तरमा स्थायित्व खोजी

- Advertisement -spot_img

दाङको पश्चिम क्षेत्रको शैक्षिक थलोको रूपमा रहेको राप्ती बबई क्याम्पस तुलसीपले क्याम्पसको गुणस्तरीयतँलाई स्थायित्व दिने प्रयास गरेको छ । गुणस्तरमा स्थायित्व दिनसके क्याम्पसको आधार स्तम्भ तयार हुने तर्कका साथ अहिले क्याम्पसले थालेको यो प्रयास सह्रानीय छ ।
अहिलेसम्मको उपलीब्ध र गुणस्तर ब्याख्या गर्न लायक भएपनि त्यसको स्थायित्व भने हुन सकेकँे छैन । यही गुणस्तर र उपलब्धिलाई स्थायित्व दिने गरी राीती बबईले थालेको अभियानलाई यहाँका सरोकारवालाहरूले पनि सकारात्मक भएको टिप्पणी गर्नुले यो अभियान सफल हुने देखिएको छ ।
सरोकारवालाका साथमा रहेर क्याम्पस प्रशासन र सञ्चालक समिति सफल बन्न सक्नुपर्छ । अहिलेसम्मको अभ्यास, प्रयास, मेहनतलगायतको पक्षले सार्थकता पाउनुपर्छ । सार्थकता दिलाउन लाग्नु नै पर्छ ।
स्थापनाको झण्डै तीन दशक पूरा हुँदै गर्दाको राप्ती बबईको यो प्रयासले सार्थकता अवश्य पनि पाउने छ । अहिलेसम्म गुणस्तरको स्थायित्व आधार मानिएको गुणस्तर सुनिश्चितता प्रमाणिकरण (क्यूएए) लिनसकेमा मात्रै बबईको उद्देश्य पूरा हुनेछ ।
तर त्यो प्राप्तीका लागि कठिन छ । त्यो कठिनतालाई सहजतामा लैजान र बदल्न अहिलेको क्याम्पस नेतृत्व सफल सावित हुन सक्नुपर्छ । कुराले भन्दा पनि नीतिगत रूपमा गुणस्तरीयता सुनिश्चित भयो भने त्यसले विद्यार्थी, अभिभावक र आमनागरिकको विश्वास पनि बढ्ने छ ।
गुणस्तर कायम गर्न र क्याम्पसलाई दीर्घकालिन रूपमा सवल बनाउने उद्देश्यले १० बर्षे गुरूयोजनासमेत निर्माणको तयारीमा जुट्नुले क्याम्पसले सकारात्मक दिशातिर गएको छ भन्ने प्रस्ट्याउँछ ।
समयानुकूल परिमार्जन गर्दै लैजानु र शैक्षिक गुणस्तरलाई स्थायित्व दिन खोज्नुले पनि क्याम्पस सफल हुने देखिन्छ । गुरूयोजनाकै लागि स्थानीय सरोकारावालाहरूसँग छलफलसमेत भएको छ । यसले पनि सबैले क्याम्पसलाई सहयोग गर्ने आधारहरू देखिएका छन् ।
सुधार नीति र ब्यवहार दुबैमा हुनुपर्छ । सुधारका लागि नीति भएर मात्रै पनि हुँदैन र नीतिविनाको कार्यले पनि पूरा गर्न दिदैन । २०४७ सालमा स्थापना भएको क्याम्पसको गति क्रमिक रूपले बढेकै छ । त्यो उचाईलाई थप गर्न तयार हुने गुरू योजनाले अझ फराकिलो बनाउने छ ।
क्याम्पसमा देखिएका केही समस्याहरूलाई यो चरणसँगसँगै समाधान गर्नेतर्फ पनि लाग्न जरूरी छ । सरोकारवालाका सुझावलाई पनि कार्यान्वयनमा लैजानु उत्तमता हुन्छ । राप्ती बबई क्यापसको गुणस्तरमा स्थायित्वको प्रयास पूर्णरूपमा सफल होस् । नीति, कार्यान्वयन र व्यवहार दुबै बलिया हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here