- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरअजोडद्धारा पहिलो विमा रकम हस्तान्तरण

अजोडद्धारा पहिलो विमा रकम हस्तान्तरण

- Advertisement -spot_img

तुलसीपुर, ३० असोज
तुलसीपुरमा रहेको अजोड ईन्स्यारेन्स लिमिटेडले संस्थाको पहिलो विमा रकम हस्तान्तरण गरेको छ । गत जेष्ठ १५ गते देखि आधिकारीक रुपमा विमा कारोवार गर्दै आएको उक्त संस्थाले विहिवार भागिरथ ट्रेड कन्र्सन नेपालगञ्जलाई ८१ हजार ४ सय ९० रुपिया दुर्घटना विमा रकम हस्तान्तरण गरेको हो ।
दुर्घटना विमा रकम हस्तान्तरण गर्दै शाखा प्रवन्धक शिशिर कुमार लामिछानेले यातायात क्षेत्रमा हुने जोखिमलाई कम गर्नका लागि यस विमा कम्पनीको स्थापना गरिएको बताए । संस्थामा विमा गरिएका कुनैपनि सवारी साधन दुर्घटना भएमा सोहि अनुसारको विमा रकम हस्तान्तरण गर्ने संस्थाको मूल उद्धेश्य रहेको उनले जानकारी दिए ।
यसैगरी विमा रकम ग्रहण गर्दै ट्रेड कन्र्सनका आधिकारीक व्यक्ति मनोहर डाँगीले विमा रकम प्राप्त गर्दा ठुलो राहत मिलेको बताए । सवारी साधनको विमा अनिवार्य रहेको भन्दै उनले संस्थाले हरेक यातायात व्यवसायिहरुको हितमा लागिरहन समेत अनुरोध गरे । आफुले चलाउँदै आएको गाडि बुटवलमा दुर्घटना भएपछि संस्थाले गाडि मर्मतका लागि प्रदान गरेको विमा रकमले अन्य यातायात व्यवसायिहरुलाई विमा प्रति अभिप्रेरित गरेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here