Wednesday, March 27, 2024
Homeफिचरगुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान

गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान

- Advertisement -spot_img

शिक्षक–विद्यार्थी अतिरिक्त कार्यक्रम
तुलसीपुर, २८ असोज । तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले शिक्षक–विद्यार्थी अतिरिक्त कार्यक्रम शुरू गरेको छ । शिक्षकलाई पेशागत सीपको विकास र विद्यार्थीलाई मोवाईल रिपेरिङ एवं उद्घोषण कलाको विकास गराउन शिक्षक विद्यार्थी अतिरिक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
हाम्रो पहँुच बहुद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित विद्यालयले शिक्षामा गुणस्तरियता ल्याउन शिक्षकहरूलाई अतिरिक्त तालिम प्रदान गर्न लागेको हो । विद्यालयले विद्यार्थीलाई बाहिरी ज्ञान प्रदान गर्नका लागि १० दिने तालिमको आयोजना गरेको हो ।
हाम्रो पहुँच स्कुलका प्रिन्सिपल डिआर भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समिति संयोजक देवराज विश्कर्माको प्रमुख आतिथ्यता एवं एवं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्रडम्बर पालको विशिष्ठ आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समिति संयोजक विश्वकर्माले विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई सीपमूलक तालिम दिएर ब्यवहारिक र सक्षम बनाउनुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई स्कुलको परीक्षामा पास भएर मात्र नहुने भन्दै जीवनका हरेक परीक्षा र ब्यबहारिकतामा पास हुनुपर्ने बताए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डम्बर पालले हाम्रो पहुँच विद्यालयल सञ्चालन गरेको यस्तो कार्य अत्यन्तै राम्रो भएको बताए । उनले बालबालिकालाई शिक्षा मात्र भन्दा पनि सामाजिक, अनुशासित र लगनशील बनाउनुपर्नेमा जोड दिए ।
पछिल्लो समय युवापुस्ता लागूपदार्थ लगायत विभिन्न कुलतमा फसेको बताउँदै उनले अभिभावक, शिक्षक र विद्यालय मिलेर बालबालिकालाई अपराधबाट टाढा राख्नुपर्ने बताए ।
कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले विद्यालयले समय–सयममा सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई सीप सिकेर आत्मनिर्भर हुन मद्दत पुग्ने बताए ।
विद्यालयले कक्षा ६ देखि ९ कक्षासम्मका विद्यार्थीहरूलाई मोवाइल रिपेरिङ र उद्घोषण तालिम दिन शुरू गरेको हो । मोवाइल रिपेरिङ प्रशिक्षकमा लिलामणि पुन रहेका छन् ।
त्यसैगरी उद्घोषण प्रशिक्षकमा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल रहेका छन् । यस्तै शिक्षकहरूकोे प्रशिक्षकमा डिआर दाहाल रहेका छन् । सोमबारबाट शुरू भएको तालिम १० दिनसम्म सञ्चालन हुनेछ ।
विद्यालयका कल्याणकारिणी अधिकृत तिलकराम कालाथोकीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका भाइस प्रिन्सिपल शिव पुनले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here