- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसद्भाव गाँस्दै काँग्रेस

सद्भाव गाँस्दै काँग्रेस

- Advertisement -spot_img

घोराही, २७ असोज ।
कुनै पनि विषयमा कार्यक्रम गर्ने क्रममा धेरै समय भाषण र आसन ग्रहणमा समय बिताउने नेपाली काँग्रेस आइतबार फरकशैलीमा कार्यक्रमको आयोजना ग¥यो । प्रायः नेपाली काँग्रेसले आयोजना गर्ने कार्यक्रममा भाषण गर्न नपाएर वा आसन ग्रहण नभएको भन्दै कार्यक्रमबाट नै उठेर हिड्ने गरेका उदाहरण पनि छन् ।
दिनभर भाषण र आसन ग्रहणमै पनि अनगिन्ती कार्यक्रमहरू भएका छन् । तोकिएको समय अवधिमा ढिलागरी कार्यक्रम शुरू हुने र आफ्नो कुरा राखिसकेपछि कार्यक्रमबाट बाहिरिने उदाहरण पनि प्रसस्तै छन् । तर नेपाली काँग्रेस दाङले आयोजना कोजाग्रत पूर्णिमाको अवसरमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा न कोहीले भाषण गरे न कसैलाई आसन ग्रहण नै गराउनुप¥यो ।
दसैँ तिहार तथा छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो । त्यो कार्यक्रममा को नेताको कार्यकर्ता छुट्याउनै मुस्किल थियो । कार्यक्रममा सबैले एकअर्कालाई दसैँको शुभकामना दिईरहेका थिए भने पार्टीको अवस्थाको बारेमा छलफल गरिरहेका थिए । यसरी नै नेपाली काँग्रेसका कार्यकर्ताहरूले एकआपसमा सद्भाव साटासाट गरिरहेका थिए । त्यहाँ नेपाली काँग्रेसका नेता कार्यकर्ताहरू, सदस्य तथा शुभचिन्तकहरू मात्रै थिएनन् ।
त्यसबाहेकका नेपाल कम्युनिष्ट पार्टीलगायत अन्य राजनीतिक दलका नेता तथा कार्यकताहरू आएर एकआपसमा शुभकामना आदान प्रदान गरिरहेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला समन्वय समितिका संयोजकलगायतका पनि उपस्थित रहेको थियो ।
प्रतिपक्ष नेपाली काँग्रेस र सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र नेताबीच हुने असन्तुष्ट, आरोप, प्रत्यारोपहरू नेपाली काँग्रेस दाङले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा एकआपसमा सद्भावको रूपमा परिवर्तन भएको थियो । अनौपचारिक रूपमा र तोकिएको समय अवधिमा नै शुरू भएको कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूले भने आसन्न मंसिर १४ मा हुने उपनिर्वाचनको विषयमा समेत छलफल गरेका थिए ।
दाङमा दुईवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएकाले कसलै उम्मेदवार बनाउने भन्ने विषयमा समेत आँकलन गरिरहेका थिए भने कोही कार्यकर्ताहरू भने आ–आफनो क्षेत्रमा पार्टीको अवस्थाको बारेमा जानकारी गराईरहेका थिए । कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले दसैँ, तिहार तथा छठ पर्वको शुभकामना दिदै पार्टी अझ बलियो र एकता कायम हुनुपर्ने बताइन् ।
यो कार्यक्रमले पार्टीभित्रका सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी सद्भाव कायम राख्न भन्दै सुख, शान्ति र समृद्धिको कामना गरिन । पूर्व सांसद कृष्णकिशोर घिमिरेले यसरी नै पार्टीको हरेक कार्यक्रममा क्रियाशील हुन भन्दै शुभकामना दिएका थिए । पूर्व सांसद सुशीला चौधरीले कार्यक्रमले सबैलाई सद्भाव कायम गर्ने भएकाले एक आपसमा मजवुत भएर अगाडि बढ्नु पर्ने भन्दै शुभकामना दिएकी थिइन् ।
कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । विसं २०३३ मा जननेता विपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काँग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गर्दै आएको छ ।
नेपाली काँग्रेस दाङको पार्टी कार्यालयमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न राजनीतिक, सांसद, कर्मचारी, सुरक्षा निकायका प्रमुख, व्यवसायी, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायत अतिथिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा पूर्व सांसद बुद्धिराम भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली, नेकपाका प्रदेश कमिटी सदस्य लक्ष्मण आचार्य, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराई, सशस्त्र प्रहरी प्रमुख गोविन्द केसीलगायतका नेता तथा कार्यकर्ताहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here