- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसन्तानको तस्विरमा दसैँ कुरिरहेका बा–आमा

सन्तानको तस्विरमा दसैँ कुरिरहेका बा–आमा

- Advertisement -spot_img

मन कसको हुँदैन ? मुटु कसको दुख्दैन ? रहर कसको हुँदैन ? बाचुञ्जेल आफ्नो जीवनको माया कसलाई हुँदैन ? बगी जाने आँसुलाई पनि त आँखाको नानीको माया हुन्छ नि ! जीवनमा धेरै पैसा कामाउन पाउँ, सुख, खुसी मोजमस्तीको जीवनयापन गरूँ । सबैको आँखाको नानी बन्न सकू । सबैलाई सबैको आ–आफ्नै माया हुन्छ । आ–आफ्नै पिर हुन्छ । र आ–आफ्नै ब्यथाहरू पनि हुन्छन् । तर पचास नाघेका बुढा बा–आमालाई सबैभन्दा ठूलो पिर र माया आफ्ना सन्तानहरूको नै हुन्छ ।
मेरा छोराछोरीले धेरै पढुन । जापान, कोरिया, अष्ट्रेलिया, अमेरिका जाउन, सरकारी जागिर खाउन । धेरै पैसा कमाउन । सहरमा ठूल–ठूला महल बनाउन । ठूलो मान्छे बनून । आहा ! कति मिठा र उच्छ छन् आफ्ना सपनाहरू सम्झौतामय बाकसमा धरौटी राखेर छोराछोरीप्रति देखिने बा–आमाका सपनाहरू ।
बर्षाैदेखि जिन्दगीको पहाडबाट खसेका पसिना अनि जिन्दगीकै खल्ती बेचेर आफ्ना छोराछोरीलाई ‘क’पुरी ‘क’ पढाएर छोराछोरीका यस्तै सपना देखेका बा–आमा आज तिनै सन्तानहरूबाट अपहेलित भएका छन् । सन्तानविहीन भएका बा–आमा चित्कारहरूसँग कति पैठोजोरी खेल्दा हुन ? म सोचिरहन्छु ।
दसैँ आउँछ, तिहार आउँछ । विभिन्न चाडपर्वहरू आउछन्  । यस्तो बेला मुटु झन कति भक्कानिदो हो ? कति सम्झिदा हुन सानोमा हुर्काउँदा, बढाउँदा, पढाउँदा आफूले आधा खाएर आफ्ना सन्तानहरूलाई पेटभरि खुवाउँदाको त्यो मिठो अनुभूति अनि दसैँमा टीका लगाउँदै आशीर्वाद दिनुको त्यो खुसी । तर अहिले ठूलो भैसकेपछि त्यो धनेलाई ।
मेरा बा मेरै लागि बाँचेका हुन् । मेरै लागि नाङ्गै खुट्टा हिडेका हुन् । मेरै लागि टाला हालेको कोट लगाएर काटेका हुन् जिन्दगी । भनेर हिड्न उसलाई लाज हुन्छ । मेरी आमा मेरै लागि बर्षाैदेखि खुइलिएको चोली लगाएर, मलाई जन्माउदा पाठेघरको क्यान्सर भएर सकिएको हो उनको जिन्दगी ! भन्न सरम लाग्छ उसलाई ।
बा–आमाकै रगत पसिना चुसेर अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया पुगेका सरकारी जागिर खाएर सहर छिरेका धने, ठूले, माने, फुलमती, मनकली, चम्कली आज घरमा बुढेसकालको सहारा पर्खिरहेका बा–आमालाई नै अपरिचित झै गरेर बिर्सेको देख्दा सराप्दो होकि नाइँ बा–आमाकै रगतले ? बा–आमाको रगत हाम्रै शरीरभरि भरिएको छ भन्ने सम्झदा हुन कि नाइँ ?
सहरमा सरकारी जागिर खाएर ठूलो महल ठड्याइसकेको विरे ! अहिले उसकै बा–आमा सडकको पेटी–पेटीमा पुगेर भिख मागिरहेका छन् । सायद उसले सोच्यो मेरा बा–आमा बहुलाएर हिड्छ्न किन भेट्न जानु ? हरि अष्ट्रेलिया पुगेर फर्केर घर नआएपछि बा–आमा वृद्धाश्रमतिर बरालिरहेका छन् । अझै पनि छोरो लिन आउँछ भन्ने आसमा । सायद उसले सोच्यो बा–आमालाई धन पठाएकै छु । अब किरिया गर्न मात्र जान्छु ।
बर्षाै भयो रामे अमेरिकाबाट फर्केर नआएको अहिले त दसैँमा आउँछ कि ! भनेर चाउरी परेका गाला सुमसुम्याउँदै भत्किएको घरको पेटिमा बसेर दिन गनिरहेका छ्न बा–आमा ! तर हरेक बर्ष पैसा आउँछ छोरो आउदैन सायद उसले सोच्यो मैले पैसा पठाछु बा–आमा खुसी छन् ।
एउटा सानो गाउँको किनारामा सानो कुटी बनाएर मृत्यु कुरिरहेका बुढा बा–आमालाई अब घर छोडेर गएका सन्तान फर्केर आउलान् भन्ने आसा छैन ।
फर्केर नआए पनि बा–आमा भने सन्तान कै खुसीको भजन गाइरहेका छन् हरदिन । लाचार बा विवश आमा हरेक बर्ष दसैँमा सन्तानकै तस्विरमा टीका लगाइदिएर आशीर्वाद दिइनै रहेका छन् । भोको पेटमा विवशताको थाली बजाउँदै यसपालि नि झिङ्गाले कालो बनाइसकेको र माकुरा जालो लाइसकेको सन्तानको तस्विरलाई पुछ्दै दसैँ टिकाको दिन कुरिरहेका छन् ।
अब त केही छैन यो सहरमा र गाउँमा पनि गैसकेको छ सहरको हावा । यहाँ बा–आमाको ममता हरायो । दाजुभाइ, दिदीबहिनीहरूप्रतिको सम्बन्ध हरायो । आफन्तहरूको आफ्नोपन हरायो । साथीभाइहरूप्रतिको प्रेम हरायो । र कहिल्यै हराउँदै आफ्ना सन्तानप्रतिको माया बा–आमालाई ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here