- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरखानेपानीको दीर्घकालिन समाधानमा जोड

खानेपानीको दीर्घकालिन समाधानमा जोड

- Advertisement -spot_img

तुलसीपुर, १७ असोज । प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले तुलसीपुरमा खानेपानीको दीर्घकालिन समाधानका लागि योजना बनाउन आग्रह गरेका छन् । तुलसीपुर बजार क्षेत्रमा खानेपानीको संकट भएकाले यसलाई अन्त्य गर्नका लागि पातुखोलामा ड्याप निर्माण गर्नुपर्ने बताए ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा बिहीबार तुलसीपुरमा दसँै, तिहार तथा छठ पर्वको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य केसीले बढ्दो जनसंख्यालाई खानेपानीको चुनौती रहेको बताए ।
संस्थाका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा उनले त्यसका लागि आफूले संघीय सरकारको तर्फबाट आवश्यक बजेटको लागी पहल गर्ने बताए । कार्यक्रममा सहभागी वक्ताले पानीको मुहानलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।
नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदीप गौतम, अमृत खानेपानी उपाभोक्ता तथा सरसफाई समितिका जित बहादुर खड्कालगायतले खानेपानीको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताए । संस्थाका सदस्य रञ्जन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव मनोज लामिछानेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here