- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबर‘हिमालयन’ पाउनै गाह्रो

‘हिमालयन’ पाउनै गाह्रो

- Advertisement -spot_img

तुलसीपुर, १६ असोज । केहि दिनदेखि चर्चामा रहेको हिमालयन ब्राण्डको रक्सी बजारमा पाउन गाह्रो भएको छ । हिमालयन ब्राण्डको रक्सी सभामुख घटनासँग जोडिएपछि उक्त ब्राण्डको रक्सीको महराको निर्वाचन क्षेत्र र जिल्लामा माग बढेको हो ।
बजारमा रक्सीको माग बढेपछि रक्सी पाउन मुस्किल भएको व्यवसायीले बताएका छन् । उनीहरुले माग अनुसारको आपूर्ति गर्न धौ भएको बताएका छन् ।
रक्सीको बजारमा चर्चासँगै व्यवसायीले वषौँदेखि स्टक रहेको ‘द हिमालयन’ ब्राण्डको रक्सी बिक्री गरेका छन् । रक्सीको माग अत्याधिक बढेपछि अभाव देखिएको छ । सामाजिक सञ्जालमा हिमालयन ब्राण्डको रक्सीको चर्चा भएपछि बजारमा उक्त रक्सीको माग ह्वात्तै बढेको हिमालयन ब्राण्डको आधिकारिक बिक्रेता राजभण्डारी टे«डर्स घोराहीका सञ्चालक विष्णुराज भण्डारीले बताए ।
व्यवसायी भण्डारीका अनुसार बजारमा अरु कम्पनीभन्दा हिमालयन ब्राण्डको मदिरा कम बिक्री हुने गरेको थियो, तर पछिल्लो दुई दिनमा अभावै सिर्जना हुने गरी बिक्री भइरहेको छ उनले भने । ‘हिमालयन ब्राण्डको मदिराको बजारमा अभाव भइसकेको छ’ उनले भने ‘काठमाडौँबाट ल्याउनुपर्ने भएका कारण पनि अभाव नै सिर्जना भएको छ ।’
यसअघि अन्य समयमा हिमालय ब्राण्डको मदिरा छिट्फुट रुपमा मात्र बिक्री हुुने गरेको बिक्रेता भण्डारीले बताए । ‘एकवर्षमा बिक्री गर्ने जति मैले मंगलबार र बुधबार दुईदिनमा बिक्री गरेको छु, जो पनि हिमालयन ब्राण्डको रक्सी नै सोध्ने गरेका छन्’ उनले भने
‘हिमालय ब्राण्डको रक्सी दुईदिनमा मैले ३१ कार्टुन बिक्री गरे, यहि अवस्थामा स्टक रहेको सबै कटेको छ । जति परिमाणमा बिक्री गर्न मलाई एक वर्ष लाग्थ्यो’ उनले भने ‘दुई दिनमै सकियो ।’ हिमालयन ब्राण्डको मदिरा अन्य ब्राण्डभन्दा महंगो ब्राण्डको मदिरा भएका कारण कम बिक्री हुने गरेको र पछिल्लो दुई दिनमा माग बढेको उनले बताए ।
महंगो भएका कारण ग्राहकले कम खोज्ने गरेको तर पछिल्लो समय यसको माग ह्वात्तै बढेको तुलसीपुरका व्यवसायीले बताए । बजारमा हिमालयन ब्राण्डको रक्सी कम बिक्री हुने गरेका कारण पनि व्यवसायीले यो रक्सी राख्ने गरेका छैनन् ।
रक्सी महंगो भएपछि सर्वसाधारणको पहुँच टाढा हुने हुँदा पनि कम बिक्री हुने गरेको व्यवसायीले बताएका छन् । तर पछिल्लो समय यौन हिंसाको आरोपमा राजीनामा दिएका सभामुख कृष्णबहादुर महराले हिमालयन ब्राण्डको मदिरा प्रयोग गरेको सार्वजनिक भएपछि यसको माग पनि बजारमा धेरै देखिएको छ ।
महराले हिमालयन ब्राण्डको मदिरा सेवन गरेको खबर सार्वजनिक भएसँगै उक्त ब्राण्डको रक्सीको माग ह्वात्तै बढेको व्यवसायीले बताएका छन् । आफूसँग लामो समयदेखि स्टक रहेको पनि मंगलबारका एकै दिनमा बिक्री भएको सन्देश इन्टरप्राइजेट तुलसीपुरका सञ्चालक विनोद बुढाथोकीले बताए ।
‘हिमालयन ब्राण्डको रक्सी मसँग पनि एक वर्ष अघिदेखि दुई कार्टुन स्टक थियो, पछिल्लो दुईदिनमा बिक्री भइसकेको छ’ उनले भने ‘अहिले आउने गरेका ग्राहक त्यसै फर्किने गरेका छन् ।’ होटेलहरुमा पनि हिमालयन रक्सीको माग बढेको होटल व्यवसायीले बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here