Thursday, April 18, 2024
Homeफिचरपशु बली दिनेले कुरा बुझौं

पशु बली दिनेले कुरा बुझौं

- Advertisement -spot_img

आश्विन शुल्कपक्ष प्रतिपदादेखि दशमीसम्म वा कोजाग्रत पूर्णिमासम्म समस्त हिन्दूहरुका घर–घरमा दसैँ भित्रिएको छ । दसैँमा नवदुर्गा देवीको पूजा आराधना हुन्छ । विशेषगरी असत्यमाथि सत्यको विजय गर्न गराउन र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय गर्न गराउन नवदुर्गा भवगतीको पूजा एवं आराधना गर्ने गरिन्छ । आश्विन शुक्लपक्ष प्रतिपदा तिथिदेखि आश्विन शुक्लपक्ष नवमी तिथिसम्मको रात्रीलाई नवरात्र भनिन्छ । यी नवरात्रमा नौवटी देवीको वैदिक र तान्त्रिक विधिले पूजा गरिन्छ ।
हाम्रो हिन्दू समाजमा वर्षमा चारवटा नवरात्र परेपनि विशेषगरी सर्वसाधारण जनतलाई दुईवटा नवरात्रको मात्र ज्ञान छ । यी दुईवटा नवरात्र भनेका हिले चलिरहेको नवरात्र र चैत्र महिनामा पर्ने नवरात्र । यी बाहेक अरु दुई नवरात्र पनि हाम्रोमाझ आउने गर्छन् ।
जसलाई हामी गुप्त नवरात्र भन्ने गर्दछौँ । यी गुप्त नवरात्रमा अतिविशिष्ट साधकले मात्र साधना गर्ने र विशेष फल प्राप्त गर्ने धार्मिक मान्यता रहिआएको छ ।
विशेषगरी यो आश्विन शुक्लपक्षको नवरात्र शक्तिको उपासनाले चिनिन्छ । यतिबेला नवदुर्गालाई खुसी पार्न सकियो भने रोग, शोक, भोग, अशिक्षा, गरिबी, शत्रुसँग जुध्न सक्ने शक्ति, सामथ्र्य र बल प्राप्त हुने गर्दछ । विशेषगरी शक्तिबिना केही पनि सम्भव छैन । सामान्य अर्थमा भन्ने हो भने कसैले तयार पारी थालमा राखी दिएको खाना खानलाई समेत शक्तिको आवश्यक पर्दछ ।
यदि शक्ति छैन भने यदि बल र तागत छैन भने थालको तयारी खाना हातले पनि टिपेर आफ्नो मुखसम्म पनि राख्न सकिन्न । त्यसैले खान पनि शक्ति चाहिन्छ । बोल्न पनि शक्ति चाहिन्छ । हाँस्न पनि शक्ति चाहिन्छ । रुन पनि शक्ति चाहिन्छ । हिड्न पनि शक्ति चाहिन्छ । बस्न पनि शक्ति चाहिन्छ । रोग र शत्रुलाई जोत्न पनि शक्ति चाहिन्छ । अर्थात् बिहान उठेदेखि साँझ नसुतुञ्जे गरिने सम्पूर्ण कर्ममा शक्ति चाहिन्छ ।
यस्तो अद्भूत शक्ति प्राप्त गर्ने रातदिन नै आजभोलि चलेका नौ दिन हुन् । यदि हामीले हाम्रो वैदिक परम्पराअनुसार अत्यन्त विधिपूर्वक र अनुष्ठानपूर्वक यो नवरात्रको पूर्जा गर्न सक्यौँ भने हामीले चाहेको शक्ति प्राप्त गर्न सक्छौँ ।
यसमा ग्यारेन्टी पनि दिन सकिन्छ । देवीबाट प्राप्त हुने शक्ति निकै प्रयोगनिष्ठ र परिक्षणनिष्ठ छ । यसमा कुनै शंका छैन । हामीले देवी पूजा गर्न जानेका छौँ कि छैनौँ ? पहिले आफूले आफैले प्रश्न गरौँ । यदि हामीले वैदिक र तान्त्रिक विधिले देवीको नौवटै रुपलाई पूजा गर्न जानेका छौँ भने शक्ति प्राप्त हुनेमा कुनै शंका छैन ।
यदि तपाईले नजानेर, नबुझेर त्यत्तिकै सामान्य तरिकाले पूजा गर्नु भएको छ भने र पशु बली दिने नाममा निरिह प्राणीलाई काटमार र हत्या गरेर देवीलाई खुशी पार्न चाहनुहुन्छ भने तपाईले प्राप्त गर्ने फल ठीक उल्टो पनि हुनसक्छ । बली पूजा हाम्रो शास्त्रमा उल्लेख पनि छ र बली दिन पनि पाइन्छ ।
तर कुन हदमा बली दिन सकिन्छ भने जलाई बली दिने हो, त्यो प्राणीलाई पशु योनीबाट छुट्कारा दिलाउन सक्नुप¥यो । अर्थात् हामीले देवीका नाममा बली दिने प्राणी भनेका बोका, राँगा, भेडा नै हुन् । यी सबै पशु योनीबाट उत्पन्न भएका हुन् ।
यिनको हत्यापश्चात् यिनलाई देवलोकमा पु¥याउने तन्त्र, मन्त्र, साधन, शक्ति, सामथ्र्य, साधन तपाईमा छकि छैन ? यदि बली दिने विधा तपाईलाई थाहै छैन भने कुनै पनि पशुवध गर्ने अधिकार तपाईलाई छैन र शास्त्रले छुट दिएको पनि छैन । जले बली दिने पशुलाई त्यो पशु योनीबाट मुक्ति दिलाउन सक्दैन । त्यसले बली दिन पाउँदैन ।
पशुलाई बली दिइसकेपछि उसलाई मुक्ति दिलाउने विधि, यन्त्र, तन्त्र, मन्त्र तथा संयन्त्र थाहा छकि छैन ? यदि छैन भने कसैको शीर छेदन गरेर रगत र मासुका लोभले यो कु–कर्म गर्ने हो भने देवी खुशी हुनुको सट्टा उनी बिखुशी हुनेछिन र पशु बली दिनेलाई पनि शुभफल प्राप्त हुनेछैन ।
देवी–भगवतीको कुरा गर्ने हो भने उनले त नरबलीसमेत खाएकी छिन् र पचाएकी छिन् । उग्रचण्डी नामकी देवीले नरबली खाएर मुण्डमाला लगाएको तस्विर तथा फोटो हामीले देख्न पाउँछौँ । उनले त्यसै त्यो बली स्वीकरकी होइन ।
यो धर्तीमा अत्यन्त उग्र कर्म गर्ने, धर्मकर्म गर्न नदिने देवी देवतालाई दुःख दिने र यो सिङ्गो पृथ्वी आफ्नो मात्र ठान्ने र जान्ने दानवी प्रवृत्ति र आसुरी शक्तिका नरपिचासहरुलाई हत्या गरेर बली स्वीकारेर उनीहरुलाई देवलोकमा पठाएकी छिन् । दानवहरु देवलोकमा बस्न पाउनु र दानवहरु देवीको हातबाट मर्न पाउनु उनका लागि अहोभाग्य तथा मुक्तिको बाटो र उपाय थियो ।
दानवी प्रवृत्ति तथा आसुरी शक्तिबाट उन्मत्त भएका पिपासुहरुलाई सम्पूर्ण देवी–देवताले नै उनमा घमण्ड, अहंकार, रिस, क्रोध उत्पन्न गराए र युद्धको कारण बनाएर मार्ने प्रपञ्च रचेका थिए ।
विनाकारण कसैलाई पनि मार्न नपाइने शास्त्रीय मान्यता अनुसार देवी–देवताले युद्धको कारण सिर्जना गरेका थिए । देवीले गरेको कार्यलाई र देवतले गरेको कार्यलाई आधार मानेर रगत र मासुबाट देवी खुशी हुन्छिन् भन्ने हचुवाको मानसिकता बनाएर यदि कोही कसैले पशुलाई बलीको पासो तथा जालमा पार्दै हुनुहुन्छ भने तपाईले ठूलो भुल तथा गल्ती गर्दै हुनुहुन्छ ।

अत्यन्त जटिल र कठिन वैदिक तथा तान्त्रिक विधिको सहायताले मात्र पशु बली दिन र लिन सम्भव छ । पशु पनि कुनै दिन जन्मिएको हुन्छ । त्यसको पनि वर्ण, नाम, गण, वर्ग, नाडी, योनी सबै हुन्छ । त्यो सबै बली दिने व्यक्तिको नामसँग जुराउनु, हेराउनु र कोराउनु पर्दछ ।

मानिस मन्दिर पुगेर पूजा गरेर घर फर्कदै गर्दा ठूला–ठूला घटना तथा दुर्घटनामा किन पर्दछन् ? यस्तै–यस्तै कारण र तत्वले गर्दा हो । कसैको समय मिल्दैन ? कसैको बार मिल्दैन ? कसैको साइत मिल्दैन ? कसैको गाडी नम्बर मिल्दैन ? सबै अशुभ हुने थियो र ? जसले धार्मिक दर्शनलाई आधार मानेर कार्य ग¥यो, उसलाई अशुभ भयो ।


पाईलाई मार्कण्डेय पुराण थाहा छ ? तपाईलाई सप्तशती चण्डी थाहा छ ? तपाईलाई बली पूजा थाहा छ ? तपाईलाई तान्त्रिक विधि थाहा छ ? तपाईलाई बली खाने देवी को हुन् थाहा छ ? तपाईलाई बली दिने पशुको पूजा गर्ने विधि थाहा छ ?
तपाईलाई बली दिने पशुको शीर काट्ने विधि थाहा छ ? तपाईलाई पशुको रगत चढाउने विधि थाहा छ ? तपाईलाई बली दिएको टाउको खान नहुने र त्यसलाई यज्ञकुण्डमा हवन गर्ने विधि थाहा छ ? तपाई जसको बली दिदै हुनुहुन्छ, त्यसको जीवन चोला बदल्ने ज्ञान र उपाय थाहा छ ? कुनै कुराको ज्ञान नभएर तपाईलाई पशु बली दिने अघिकार कुन धर्म र शास्त्रले दियो ?
तपाईसँग कुन देवीले पशुको बली मागिन् ? जवाफ दिन सक्नुहुन्छ ? आफूले विहे गरेकी श्रीमती तथा आफूले जन्माएका छोराछोरीको जीवन बदल्ने ज्ञान, सीप, कला, दक्षता र क्षमता नभइरहेको बेला पशुलाई काटेर उसको जीवन चोला मुक्त गर्न सक्नुहुन्छ ?
आफूलाई को हुँ जस्तो लागेको छ ? तपाईको योनी के हो ? तपाईको जन्म के हो ? एउटा पशु बोल्न सकेन, प्रतिकार गर्न सकेन, बच्न सकेन तथा पिउसमा पनि प्राण छ, जीव छ, चेतना छ, माया छ, ममता छ, खुशी छ, रगत छ, मासु छ, हाड छ, छाला छ, नसा छ,
सबै अंग–प्रत्यंग छ । के फरक ? मात्र पशु बोल्दैन । अरु के चाहिँ छैन । मात्र घाँस खान्छ । अरु के चाहिँ छैन । देवी भगवती संसारकी जननी, आमा र माता हुन् । सबै प्राणीका लागि उनी आमा हुन् । एउटी आमाले आफ्नो कुनै सन्तानको रगत र मासु माग्न सक्छ ?
यो अर्थ साँचो होला ? यदि कसैलाई हत्या गरिन्छ भने उसलाई मुक्तिको बाटो दिन सक्ने कि नसक्ने ? ठीक छ, हाम्रो चोलाभन्दा पशु चोला दुःखी चोला छ र अर्थपूर्ण छैन भने उसलाई पशुबाट देवता वा मानवमा परिवर्तन गर्ने शक्ति र उपाय हामीमा छकि छैन ? यदि छ भने पशु योनीबाट उद्धार गर्नु हाम्रा लागि अति उत्तम हुने र देवी भगवतीका लागि पनि खुशीको बाटो हुनेछ ।
यदि कुनै शक्ति र भक्तिविना हातमा टल्कने खुकुरी लिएर पशुको गर्धन ताकेर शीर काटेर, रगत थापेर त्यसको रगत र मासुमा आफ्नो जीवन जीउने आधार बनाउने हो भने देवी भगवती चुप लागेर रमिता हेर्लिन त ? हाम्रो कु–कर्मको सजाय हामीलाई प्राप्त नहोला त ? दसँै भन्ने वित्तिकै मासुको चोक्टा र रक्सीको बोत्तल जोड्नै पर्छ । यो बाहेकका परिकारले दसैँ मान्न र धान्न सकिन्छ ।
नवदुर्गा भन्ने वित्तिकै बोका, राँगा, भेडा, हाँस, कुखुराको रगत र मासुको बली हो ? यी बाहेक अन्य बली दिने साधन र स्रोत छैनन् ? हिजो कुनबेला र कुन परिस्थितिमा देवी र देवता मिलेर दानवको वध गरे ? त्यसको नालीबेली कथा पुराण हामीलाई थाहा छ । त्यत्तिकै हावाको भरमा र हचुवाको भरमा देवीको वरिपरि रगतका छिंटा देख्दैमा र देवीको घाँटीमा मुण्डमाला देख्दैमा पशुबली दिने ?
देवीले बली नै माग्ने भए जाबो सानो जनावर र निरिह जनाबर बोकाको बली किन माग्थिन ? उनले त हात्ती, घोडाजस्ता भयङ्कर र ठूला जीवको बली माग्ने थिइन् होला ? बली चाहना, मिठास र रहरको होइन बली त नितान्त बाध्यता र करहको विषय हो । यदि कसैको विनाश गरेपछि सिङ्गो जगत्को भलो र कल्याण हुने देखेमा मात्र त्यसको विनाश गर्नुपर्छ ।
यतिबेला हामीलाई बोका, राँगा, भेडा, हाँस, कुखुराले के बिगारेका छन् र ? उनलाई देवी मन्दिरमा चढाउनु प¥यो ? कुनबेला कसलाई कुन देवीले कुन पशुको बली मागिन् ? जवाफ कसैसँग छ ?
आधारहीन र तथ्यहीन काम गर्न पाइन्छ ? सेल, पुरी, दही, दूध, चिउरा, फलफुल तथा मिठाइ खाएर दसैँ मनाउन सकिन्न ? दसैँमा मासु चाहिने कुन पुराणमा लेखेको छ ? दसैँमा रक्सी चाहिने कुन शास्त्रमा लेखेको छ ? आफ्नो जीब्रा र शरीरको अनुकूलतामा देवी–देवताको नाम पारेर भद्रमाथि अभद्र कर्म गर्न हामीलाई छुट छैन ।
आज नेपालभरी काटिने पशुको मोल तोल गर्ने हो भने त्यो बजेटले सिङ्गो देशको विकास गर्न ठूलो आर्थिक सहयोग हुने देखिन्छ । देशको विकास आज गरेको पुस्तौपुस्तासम्म पनि रहिरहन्छ ।
हामीले दसैँ र तिहारमा खाएको रक्सी र मासु कति दिन रहन्छ ? थाहा भयो ? खै त ! देवी खुशी भएको ? खै नेपाल र नेपालीको उन्नति र प्रगति भएको ? सकले कति शक्ति प्राप्त ग¥यो ? पशु बली दिएर को माथि पुग्यो ? दिनहुँ राँगा काटिएका छन् । दिनहुँ भेडा काटिएका छन् । दिनहुँ हाँस काटिएका छन् ।
दिनहुँ कुखुरा काटिएका छन् । तर उन्नति र प्रगतिको समाचार किन बन्दैन ? देवी खुशी र प्रसन्न भएको खबर र संकेत किन पाइन्न ? किनेभने हाम्रो सबै कर्म हावाको तालमा र हचुवाको भरमा चलेका छन् । हामीलाई कुनै कुराको ज्ञान पनि छैन । कतिपयलाई नवदुर्गा भन्ने थाहा होला तर नौवटा देवीको नामसमेत थाहा छैन होला ? कतिपयलाई बली दिने थाहा होला तर बली दिने देवी को हुन् भन्ने नै थाहा छैन होला ।
कुनै पनि पूजाआजा तथा तन्त्रमन्त्रको सहायताबिना पशु काट्नु वा मार्नु घोर अन्याय हो कि होइन ? यहाँ पशु बलीका कुरा गर्ने हो भने त्यसको बारेमा लेखेर र भनेर साध्य नै छैन ।
प्रत्येक पल–पलमा विधि र नियम छ । अत्यन्त जटिल र कठिन वैदिक तथा तान्त्रिक विधिको सहायताले मात्र पशु बली दिन र लिन सम्भव छ । पशु पनि कुनै दिन जन्मिएको हुन्छ ।
त्यसको पनि वर्ण, नाम, गण, वर्ग, नाडी, योनी सबै हुन्छ । त्यो सबै बली दिने व्यक्तिको नामसँग जुराउनु, हेराउनु र कोराउनु पर्दछ । मानिस मन्दिर पुगेर पूजा गरेर घर फर्कदै गर्दा ठूला–ठूला घटना तथा दुर्घटनामा किन पर्दछन् ?
यस्तै–यस्तै कारण र तत्वले गर्दा हो । कसैको समय मिल्दैन ? कसैको बार मिल्दैन ? कसैको साइत मिल्दैन ? कसैको गाडी नम्बर मिल्दैन ? सबै अशुभ हुने थियो र ? जसले धार्मिक दर्शनलाई आधार मानेर कार्य ग¥यो, उसलाई अशुभ भयो । त्यसैले पशु बली दिनेले सबै कुराको जानकारी राखेर मात्र बली दिने गरौँ, अन्यथा अशुभफल प्राप्त होला ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here