- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरचितुवाको छालासहित एक पक्राउ

चितुवाको छालासहित एक पक्राउ

- Advertisement -spot_img

तुलसीपुर, १५ असोज । दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । स्थायी घर रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१४ भएका १९ वर्षीय भीमप्रसाद विकलाई चितुवाको छालासहित दाङमा पक्राउ गरिएको हो । विक तुलसीपुरको घोराही रोडमा चितुवाको छाला बोकी हिडिरहेको अवस्थामा पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
विकले बोकेको झोला खानतलासी गर्दा झोलाभित्र राखेको टाउको बङ्गारादेखि पुच्छरसम्मको पूरै शरीरको छाला भेटिएको थियो । ७ फिट ६ इन्च लामो चितुवाको छाला फेला परेको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए । पक्राउ परेका विकलाई प्रारम्भिक अनुसन्धान पूरा गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय दाङ घोराहीमा बुझाइएको प्रहरी प्रवक्ता शाहले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here