- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeविचाररातिको समयमा बढी निगरानी

रातिको समयमा बढी निगरानी

- Advertisement -spot_img

नेपालीहरुको ठूला चाडपर्व दसैँ, तिहार घरआँगनमा भित्रिसकेको छ । बिगतका वर्षझैं यसवर्ष पनि दसँै र तिहार नजिकिएसँगै घरभन्दा टाढा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु घर फर्किने क्रम शुरु भइसकेको छ ।
वर्षौदेखि टाढा रहेका अर्थात् छरिएर रहेका मनहरु जोडिने क्रमसँगै खुशियाली पनि छाइसेकेको छ । बजारमा किनमेल गर्नेबाहेक अरु विभिन्न पेशा व्यवसायमा रहेका गाउँ जान थालेपछि विस्तारै सहर विस्तारै शुन्य अवस्थामा पुग्न थालिसकेको छ । गाउँमा आफन्त, साथीसङ्गी भेटघाट भएर रमाइलो गर्ने क्रम शुरु भएको छ । तर चाडपर्व नजिकिएसँगै सुरक्षाका चुनौतिहरु पनि छन् ।
चाडपर्वको समयमा चोरी, डकैती, लुटपाट, जुवातासलगायत विभिन्न प्रकृतिका घटना घट्ने गरेका छन् । चाडपर्वमा हुनसक्ने विभिन्न आवान्छित घटनालाई न्यूनीकरण गर्न सुरक्षा निकायसँगै नागरिक पनि चनाखो हुन आवश्यक छ । सरोकारवाला निकाय र नागरिकको साझा सहकार्यले मात्रै भव्य र सभ्य चाडपर्व बनाउन सकिन्छ ।
वर्ष दिनमा एकपटक आउने नेपालीका ठूला चाडपर्वलाई कसरी भव्य र सभ्य रुपमा मनाउन सकिन्छ ? विगतमा भएका घटनाबाट पाठ सिक्दै यसवर्ष सुरक्षित र सभ्य चाडपर्व बनाउनका लागि सुरक्षा योजना के कस्ता छन् ?
आकस्मिक हुनसक्ने दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति कम गर्न कस्तो तयारी छ त ? लगायतका विषयमा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुखसँगको कुराकानीको सारसंरक्षेपलाई राउण्ड टेबलको आजको अंकमा समेट्ने प्रयास गरेका छौं । प्रस्तुत छ सारसंक्षेपमा गरिएको कुराकानी ।


हरिहरनाथ योगी
प्रमुख
ईलाका प्रहरी कार्यालय तुलसीपुर

सुरक्षाका दृष्टिकोण तुलसीपुर दाङका अन्य ठाउँभन्दा बढी संवेदनशील मानिन्छ । नागरिकलाई सुरक्षित बनाउने भन्नेमा हामी जिम्मेवार निकाय बढी संवेदनशील छौँ । नागरिक पनि स्वयम् बढी सचेत हुनुपर्छ । नागरिकको सहयोगले मात्रै प्रहरीले दोषि पक्रन सक्छ । चाडपर्वको समयमा हुने विभिन्न चोरी डकैती, अवान्छित घटना, जुवातास नियन्त्रणका लागि नागरिकको साथ महत्वपूर्ण छ ।
त्यसैले नागरिक सचेतीकरण पनि गरिएको छ । समुदाय प्रहरीमार्फत विद्यालयदेखि विद्यार्थीसम्म समुदाय प्रहरी साझेदारी कार्यक्रम पुगेको छ । यसले पनि समाजमा हुने विभिन्न अपराधका घटनालाई जतिसक्दो छिटो प्रहरीलाई प्राप्त हुनेछ ।
सूचना दिने व्यक्तिको नाम पनि गोप्य राखिने छ । कुनै बिना डर, संकोचबिना प्रहरीलाई खबर गरेर सहयोग पु¥याउन म आम सर्वसाधरण नागरिकलाई म तपाईकै पत्रिकामार्फत आग्रह गर्दछु ।

चाडपर्वको समयमा हुने विभिन्न चोरी डकैती, अवान्छित घटना, जुवातास नियन्त्रणका लागि नागरिकको साथ महत्वपूर्ण छ । त्यसैले नागरिक सचेतीकरण पनि गरिएको छ ।


तुलसीपुर क्षेत्रमा नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी सुरक्षा सेवामा हामी छौँ । तुलसीपुरमा अपराधिक घटना नहोस् भनेर हामीले पूर्व–पश्चिम, उत्तर–दक्षिण चारवटै नाकामा सवारी जाँच अभियानलाई पनि निरन्तरता दिएका छौँ ।
चारवटा नाका भनेको घोराही रोड, पश्चिम रोड, शितलपुर रोड र सल्यान रोडमा दैनिक रुपमा सवारी जाँच हुने गरेको छ । गस्तीका लागि दुईवटा गाडीको पनि व्यवस्था गरेका छौँ । घटना भइहालेमा तुरुन्त घटनास्थल पुगेर दोषीलाई उम्कन नदिने गरी सुरक्षा व्यवस्थालाई कडा बनाएका छौँ ।
त्यस्तै मोवाइल गस्ती टोली पनि निर्माण गरेका छौँ । बजारमा रातिको समयमा होहल्ला गर्ने जो कोहिलाई पनि नियन्त्रण गर्ने गरिएको छ । तुलसीपुरमा अहिले दैनिक ४/५ जना पक्राउ पर्ने गरेका छन् । सम्झाई बुझाई गर्ने गरेका छौँ तर पनि अटेर गरेमा नियन्त्रणमा ल्याउने गरिएको हो । बढी भिडभाड हुने ठाउँमा विषेश निगरानी पनि बढाएका छौँ ।
किनभने ति ठाउँमा पनि चाडपर्वको समयमा विभिन्न अवान्छित घटना हुने गरेका छन् । ति घटना न्यूनीकरण गर्नका लागि विषेश अभियान नै सञ्चालन गर्ने गरिएको हो । चाडपर्वको समयमा चोरीका घटना पनि हुने गरेकाले रातिको समयमा गस्ती टोली परिचालन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here