- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeविचारसम्भावित ठाउँको निगरानी

सम्भावित ठाउँको निगरानी

- Advertisement -spot_img

नेपालीहरुको ठूला चाडपर्व दसैँ, तिहार घरआँगनमा भित्रिसकेको छ । बिगतका वर्षझैं यसवर्ष पनि दसँै र तिहार नजिकिएसँगै घरभन्दा टाढा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु घर फर्किने क्रम शुरु भइसकेको छ ।
वर्षौदेखि टाढा रहेका अर्थात् छरिएर रहेका मनहरु जोडिने क्रमसँगै खुशियाली पनि छाइसेकेको छ । बजारमा किनमेल गर्नेबाहेक अरु विभिन्न पेशा व्यवसायमा रहेका गाउँ जान थालेपछि विस्तारै सहर विस्तारै शुन्य अवस्थामा पुग्न थालिसकेको छ । गाउँमा आफन्त, साथीसङ्गी भेटघाट भएर रमाइलो गर्ने क्रम शुरु भएको छ । तर चाडपर्व नजिकिएसँगै सुरक्षाका चुनौतिहरु पनि छन् ।
चाडपर्वको समयमा चोरी, डकैती, लुटपाट, जुवातासलगायत विभिन्न प्रकृतिका घटना घट्ने गरेका छन् । चाडपर्वमा हुनसक्ने विभिन्न आवान्छित घटनालाई न्यूनीकरण गर्न सुरक्षा निकायसँगै नागरिक पनि चनाखो हुन आवश्यक छ । सरोकारवाला निकाय र नागरिकको साझा सहकार्यले मात्रै भव्य र सभ्य चाडपर्व बनाउन सकिन्छ ।
वर्ष दिनमा एकपटक आउने नेपालीका ठूला चाडपर्वलाई कसरी भव्य र सभ्य रुपमा मनाउन सकिन्छ ? विगतमा भएका घटनाबाट पाठ सिक्दै यसवर्ष सुरक्षित र सभ्य चाडपर्व बनाउनका लागि सुरक्षा योजना के कस्ता छन् ?
आकस्मिक हुनसक्ने दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति कम गर्न कस्तो तयारी छ त ? लगायतका विषयमा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुखसँगको कुराकानीको सारसंरक्षेपलाई राउण्ड टेबलको आजको अंकमा समेट्ने प्रयास गरेका छौं । प्रस्तुत छ सारसंक्षेपमा गरिएको कुराकानी ।


जनकप्रसाद भट्टराई
प्रहरी प्रमुख
जिल्ला प्रहरी कार्यालय, दाङ

चाडपर्व नजिकिएसँगै सुरक्षाका चुनौतीहरु छन् । सुरक्षामा देखिने समस्यालाई निराकरण गरी सभ्य र सुरक्षित रुपमा चाडपर्व मनाउन सकिने वातावरण निर्माणमा हामी लागिरहेका छौँ ।
विगतमा भएका कमीकमजोरीलाई आत्मसात गर्दै यस वर्षको पर्वमा नागरिक अनाहकमा दुःख खेप्न नपरोस् भने बिगतभन्दा झनै मजबुद किसिमले सुरक्षा योजना अघि सारेका छौँ ।
सवारी जाँचदेखि सम्भावित ठाउँको निगरानीलाई विषेश महत्वका साथ प्रहरी परिचालन गरी सुरक्षित पर्व बनाउन चेकिङमा कडाइ गरेका छौँ । लुटपाट हुन सक्ने सम्भावित क्षेत्र अमिलिया, पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँमा प्रहरीको विशेष टोली परिचालन गरेका छौँ ।
त्यतिमात्र नभई सवारी दुर्घटना नहोस् भनेर मापसेको जाँचलाई कडाई गरेका छौँ । मापसे गर्ने कुनैपनि चालक जरिवाना तिरेरमात्र छुट्ने भन्ने हुँदैन् । अब हामीले उहाँहरुलाई कम्तिमा पनि दुईदिन प्रशिक्षण, मापसेका कारण हुने क्षतिका बारेमा सचेतना दिएर मात्र छोड्ने रणनीति बनाएर अघि बढेका छौँ । यो अभियानमा नागरिकसँगै सञ्चार क्षेत्रको पनि साथ उत्तिकै महत्वपूर्ण भूमिका रहने छ ।

कुनैपनि समयमा मानवीय तथा अन्य भौतिक क्षति नपुगोस् भनेर काम गरिरहँदा नागरिकले पनि साथ दिन आवश्यक छ ।


त्यस्तै सुरक्षाको हिसावले अलि बढी नाकाक्षेत्रमा जोखिम हुने भएका कारण पनि नाकामा पनि कडाई गरेका छौँ । विषेशगरी लागूऔषध कारोबार चाडपर्वको समयमा बढी हुने हुँदा यसलाई पनि हामी नियन्त्रणको प्रयासमा छौँ ।
कोइलाबास नाकालाई बढी निगरानी गरेका छौँ । भारतबाट फकिर्ने नेपाली लुटपाटमा परेका खबरहरु विभिन्न समयमा सार्वजनिक हुने गरेका छन् । यसलाई पनि मध्यनजर गरेर हामीले सुरक्षाका लागि विषेश निगरानी बढाएका छौँ ।
जनशक्तिलाई अधिकतम उपयोग गरी हामीले नागरिकलाई सुरक्षित गर्ने भन्ने नै हो । कुनैपनि समयमा मानवीय तथा अन्य भौतिक क्षति नपुगोस् भनेर काम गरिरहँदा नागरिकले पनि साथ दिन आवश्यक छ ।
प्रहरीको एक्लो प्रयासले समाज शान्त र सुरक्षित हुन सक्दैन् । यसमा आम नागरिकदेखि सरोकारवाला सबैको भूमिका निकै महत्वपूर्ण हुनेछ । र मेरो के पनि आग्रह छ भने चाडपर्वमा ठूला–ठूला साउण्ड बनाएर गीत बजाउनेलाई पनि त्यसो नगर्नुस् । सु–सभ्य चाडपर्व बनाउन तपाई हाम्रो महत्वपूर्ण दायित्व रहने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here