- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeविचारसुरक्षित अनुभूति गर्छन् नागरिक

सुरक्षित अनुभूति गर्छन् नागरिक

- Advertisement -spot_img

नेपालीहरुको ठूला चाडपर्व दसैँ, तिहार घरआँगनमा भित्रिसकेको छ । बिगतका वर्षझैं यसवर्ष पनि दसँै र तिहार नजिकिएसँगै घरभन्दा टाढा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु घर फर्किने क्रम शुरु भइसकेको छ ।
वर्षौदेखि टाढा रहेका अर्थात् छरिएर रहेका मनहरु जोडिने क्रमसँगै खुशियाली पनि छाइसेकेको छ । बजारमा किनमेल गर्नेबाहेक अरु विभिन्न पेशा व्यवसायमा रहेका गाउँ जान थालेपछि विस्तारै सहर विस्तारै शुन्य अवस्थामा पुग्न थालिसकेको छ । गाउँमा आफन्त, साथीसङ्गी भेटघाट भएर रमाइलो गर्ने क्रम शुरु भएको छ । तर चाडपर्व नजिकिएसँगै सुरक्षाका चुनौतिहरु पनि छन् ।
चाडपर्वको समयमा चोरी, डकैती, लुटपाट, जुवातासलगायत विभिन्न प्रकृतिका घटना घट्ने गरेका छन् । चाडपर्वमा हुनसक्ने विभिन्न आवान्छित घटनालाई न्यूनीकरण गर्न सुरक्षा निकायसँगै नागरिक पनि चनाखो हुन आवश्यक छ । सरोकारवाला निकाय र नागरिकको साझा सहकार्यले मात्रै भव्य र सभ्य चाडपर्व बनाउन सकिन्छ ।
वर्ष दिनमा एकपटक आउने नेपालीका ठूला चाडपर्वलाई कसरी भव्य र सभ्य रुपमा मनाउन सकिन्छ ? विगतमा भएका घटनाबाट पाठ सिक्दै यसवर्ष सुरक्षित र सभ्य चाडपर्व बनाउनका लागि सुरक्षा योजना के कस्ता छन् ?
आकस्मिक हुनसक्ने दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति कम गर्न कस्तो तयारी छ त ? लगायतका विषयमा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुखसँगको कुराकानीको सारसंरक्षेपलाई राउण्ड टेबलको आजको अंकमा समेट्ने प्रयास गरेका छौं । प्रस्तुत छ सारसंक्षेपमा गरिएको कुराकानी ।


गोविन्दप्रसाद रिजाल
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय, दाङ

चाडपर्वलाई कसरी भव्य र सभ्य बनाउन सकिन्छ ? भन्नेमा हामी गम्भीर छौँ । नेपालीका ठूला पर्वका रूपमा रहेका दसैँ, तिहार र छठलगायतलाई भव्य र सभ्य बनाउने हामी सबैको दायित्व छ । नागरिकले सुरक्षाको अनुभूत गर्ने गरी चाडपर्व लक्षित गरेर हामीले नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई विशेषरुपमा परिचालन गरेका छौँ ।
चोरी डकैती, लुटपाट हुन सक्ने सम्भावित क्षेत्रहरुको पहिचान गरी ति क्षेत्रहरुमा विशेष निगरानी गरेका छौँ । शंकास्पद ठाउँहरुमा विशेष प्रहरी परिचालन गरेका छौँ । यो समयमा घरभन्दा टाढा रहेकाहरु घरमा जाने भएका कारण पनि सहरका विभिन्न स्थानमा चोरीका घटना विगतमा भएका छन् । त्यसलाई मध्यनजर गरी पनि विशेष प्रहरी प्ररिचालन गर्ने गरेका छौँ । चाडपर्वलाई भव्य र सभ्यरुपमा बनाउनका लागि म सबै आम सबै नागरिकमा आग्रह पनि गर्छु ।
दसैँ, तिहारजस्ता चाडपर्वमा मादकपदार्थ सेवन बढी हुने र जसका कारण विभिन्न घटना निम्तिने पनि गरेका छन् । यि कुरालाई पनि सकेसम्म कम गरौँ । सवारी साधनमा पनि लुटपाटका घटना हुने गरेका छन् । सवारी साधनमा आवातजावत गर्ने नागरिक मात्र नभई आम नागरिक बाहिर निस्कदा ढुक्क किसिमले हिड्न सक्ने वातावरण निर्माण गरेका छौँ । सम्भवतः केहि भवितव्य घटनाबाहेक अरु घटना हुने छैनन् ।
ति भवितव्य घटना पनि हुन पाउने छैन् । त्यस्तै दुर्घटनाबाट क्षति कम सवारी चालकहरुलाई सचेतना गरेका छौँ । लामो तथा छोटो दूरी सवारी चलाउने जोसुकै सवारी चालकलाई अरु समयमा भन्दा अझ बढी सतर्कता अपनाएर सवारी चलाउन पनि आग्रह गरेका छाँै ।
मलाई लाग्छ कुनै त्यस्तो अप्रिय घटना घट्ने छैन् र पनि म के आग्रह गर्दछु भने घरबाट निस्कदै हुनुहुन्छ घरमा ताला राम्रोसँग लागेको छकि छैन् ख्याल गर्नुहोस् । मापसे गरेर सवारी नचलाउनुहोस् । कुनैपनि घटना हुनै नदिउँ र भइहालेमा तुरुन्त सुरक्षा निकायलाई खबर गरी यसपटकको चाडलाई भव्य र सभ्य बनाऔँ र अन्त्यमा यहाँहरु जो जहाँ रहनुभएको देश तथा विदेशमा सम्पूर्णलाई बडादसैँ तथा शुभ दीपावलीको शुभकामना पनि व्यक्त गर्दछु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here