- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरप्रतिष्ठानको पहिलो वार्षिकोत्सव

प्रतिष्ठानको पहिलो वार्षिकोत्सव

- Advertisement -spot_img

थपिदै आधुनिक सेवा
घोराही, १४ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो स्थापना दिवसको अवसरमा अत्याधुनिक ल्याब र डेन्टल सेवाको सुरुवात गरेको छ । प्रतिष्ठानमा अत्याधुनिक ल्याव र डेन्टल सेवा शुरु भएपछि बिरामीलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीले अब ल्याब परीक्षण र डेन्टल सेवाका लागि अब बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । ‘सबै प्रकारको ल्याव परीक्षण प्रतिष्ठानभित्र हुने भएकाले सेवाको सदुपयोग गर्न आग्रह गछौँ’ उनले भनिन् ‘प्रतिष्ठानको स्रोत साधनलाई उपयोग गरेर प्रतिष्ठानलाई राम्रो बनाउन तपाईकै साथ अनिवार्यता छ ।’
प्रतिष्ठानमा सीमित श्रोत साधनमात्र हुँदा प्रतिष्ठानलाई अगाडी बढाउनु चुनौती रहेको उनको भनाइ छ । उनले अब तत्काल नर्सिङ कलेज पनि सञ्चालन गरिने जानकारीसमेत दिइन् । त्यसको लागि आवश्यक पर्ने जग्गा पनि इआइए र आइईए परिक्षण गरिएको पनि बताइन् ।
प्रतिष्ठानमा विभिन्न आन्दोलन गरिने र राजनीति हस्तक्षेपका कारण काम गर्न असहज भएको उनले बताइन् । प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेप नगर्न अनुरोधसमेत गरेकी छन् । ‘प्रतिष्ठानमा राजनीति पूर्वाही गरेर नै रजिष्टारमाथि हातपात भएको छ, यो हामीलाई सह्य छैन’
उनले भनिन् ‘हाम्रो सहनशीलतालाई कमजोरी नठाने हुन्छ ।’ उनले प्रतिष्ठानमा दङ्गाली जनताको सेवा गर्न आएकाले काम गर्ने वातावरण मिलाई दिन अनुरोध गरिन् ।’ ‘काम गर्न सकेनौँ भने हामी आफै जान्छाँै नि, आन्दोलन गर्नै पर्छ र ? उनले भनिन ‘प्रतिष्ठानको नाममा राजनीति नगर्नुस् ।’
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले प्रतिष्ठान सबैको साझा सम्पत्तिका रुपमा विकास गर्नुपर्ने बताईन् । राजनीतिक आस्थाका आधारमा फरक मत भएपनि प्रतिष्ठान दाङकै प्रतिष्ठाको रुपमा रहेकाले सबै मिलेर विकास गर्नुपर्ने बताईन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम स्थापना दिवसलाई सम्वोधन गर्दै प्रमुख अतिथि देवकोटाले प्रतिष्ठान आम नागरिकको जीवनसँग जोडिएकाले राजनीतिक आग्रह पूर्वाग्रह त्यागेर प्रतिष्ठानको गतिशीलताका लागि एकजुट हुन आग्रह गरिन् ।
तत्कालीन अवस्थामा सबै दलहरु मिलेर दाङमा प्रतिष्ठान ल्याउन गरेको कसरतको स्मरण गर्दै अब यसलाई गति प्रदान गर्न र जीवन्त बनाउन हातेमालो गर्न सुझावसमेत दिइन् ।
देवकोटाले अहिले प्रतिष्ठानमा आउने बजेटलगायतका सेवा सुविधाहरुमा गरिएको कटौती, कार्यरत कर्मचारी र पदाधिकारीलाई असहज बनाउन गरिएको खेल ठानिए पनि यसको प्रत्यक्ष असर नागरिकलाई परेको उनको भनाइ छ ।
‘प्रतिष्ठानलाई २ करोड बजेट दिएर सबै काम गर भन्नु अप्ठ्यारोमा पार्ने खेल हो, यसको असर नागरिकमा कति परिरहेको छ’ देवकोटाले भनिन् । संविधान सभा सदस्य तथा पूर्व सांसद राजु खनालले प्रतिष्ठानको नीति, नियम र निर्देशिकामा रहेर काममा केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गरे ।
दङ्गालीको सपना र स्वास्थ्यको आधार स्तम्भ प्रतिष्ठान रहेकाले ढिलो चाँडो बाहिर हल्ला गर्नेहरु साइजमा आउने तर्क गरे । निजी र राजनीतिक स्वार्थ त्यागेर सामूहिक एकताको माध्यमबाट निकास खोज्न सबैमा उनले अपिल गरे ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक नारायण भुसालले प्रतिष्ठान सञ्चालनको लागि बजेट विनियोजनमा दाङबासी चुकेको बताए ।
‘सबै दाङबासीहरु प्रतिष्ठान स्थापना गर्दा एक भएपनि, प्रतिष्ठान स्थापना भएपछि मतहरु बाँझिदै गएको छ’ उनले भने ‘जसले गर्दा जुन रुपमा प्रतिष्ठान अगाडी बढ्नुपर्ने हो, त्यो हुन सकिरहेको छैन् ।’
प्रतिष्ठानमा सरोकार राख्ने सबै सरोकारवालाहरुले एक भएर प्रतिष्ठानलाई अगाडि बढाउनुपर्ने सुझाव राखेका थिए । प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा. संगीता भण्डारीको अध्यक्षता एवं राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यता तथा संविधान सभा सदस्य राजु खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

बचाउ समितिको नाममा आन्दोलन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वार्षिकोतसव मनाईरहदा प्रतिष्ठान बचाउ समितिले दोस्रो चरणको आन्दोलनलाई निरन्तरता दिएको छ । प्रतिष्ठानले नागरिकलाई सोचेजस्तो सेवा दिन नसकेको भन्दै बचाउ समितिको नाममा आन्दोलन भएकोे हो ।
प्रतिष्ठानको प्रथम स्थापना दिवस नै बहिस्कार सरकारी निकायका कोही पनि सहभागी भएका थिएनन् । प्रतिष्ठानको पहिलो वार्षिकोत्सव भव्यरुपले मनाउनको लागि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई प्रमख अतिथि बनाएपनि उनी उपस्थित भएनन् ।
कार्यक्रमको निर्धारित समयमा प्रमुख अतिथि नै नआउने जानकारी पाएपछि राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले उद्घाटन गरेकी थिईन् । प्रतिष्ठानको भव्यरुपमा कार्यक्रम भईरहदा घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीसहित प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल,
जिल्ला प्रहरी कार्यालय प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, नागरिक समाज दाङका संयोजकलगायतको सहभागिता भने थिएन् । त्यसैगरी प्रतिष्ठान बचाउ अभियानका पनि कोही उपस्थिति रहेका थिएन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here