Thursday, March 28, 2024
Homeमुख्य खबरसामुदायिक सहकारीको साधारणसभा

सामुदायिक सहकारीको साधारणसभा

- Advertisement -spot_img

घोराही, १४ असोज । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २१आँै वार्षिक साधारण सभा गरेको छ । संस्थाका अध्यक्ष यमलाल गौतमको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द शर्माको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले देशले अघि सारेको समृद्धि सहकारीको माध्यमबाट मात्रै पूरा गर्न सकिने बताए । ‘सहकारी आर्थिकस्तर सुधारको बलियो आधार हो’ उनले भने ‘सहकारीहरुलाई कानुनीरुपमा मजबुद बनाउनुस् ।’
कार्यक्रममा सहभागीहरुले संस्थाले सामाजिक क्षेत्रमा बेग्लै पहिचान स्थापित गर्न पुगेको बताएका छन् । सहकारी संस्थाले महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरण गर्न मद्दत पुगेको भन्दै बचतलाई प्राथमिकता दिनुपर्ने बताए ।
सहकारीका सुत्केरी शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप नगद ३ हजारसहित सम्मान गरिएको छ । त्यसैगरी शेयर सदस्यका जेहेन्दार छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी संस्थाका अध्यक्ष नारायण बेल्वासे, साझेदारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशीला आचार्य, संस्थापक शेयर सदस्य ऋषिराम आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
२०५४ सालमा स्थापना भएको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा हाल २४ सय ७४ शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी तीन करोड बढी शेयर पुँजी र ११ करोड बढी बचत निक्षेप रहेको छ ।
त्यस अवसरमा संस्थाको प्रगती प्रतिवेदन सञ्चालक समितिका सदस्य कल्पना कार्कीले प्रस्तुत गरेकी थिइन भने कोषाध्यक्ष राधा आचार्यले आर्थिक तथा व्यवस्थापक विष्णु गिरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सचिव मेनुका गिरीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here