- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरप्याब्सनको दसैँ मिलन

प्याब्सनको दसैँ मिलन

- Advertisement -spot_img

घोराही, १४ असोज । प्याब्सन घोराहीले शिक्षक सम्मान तथा दसँै मिलन कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले निजी र सरकार क्षेत्रबाट समन्वय गरेर जानुपर्ने बताएका थिए ।
पछिल्लो समयमा शिक्षामा देखिएको असमानतालाई हटाउनको लागि दुबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरका नगर प्रमुख नरुलाल चौधरीले बालबालिकालाई समान शिक्षा प्रदानका लागि सरकार र निजी क्षेत्रका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका थिए ।
निजी क्षेत्रले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै नगर प्रमुख चौधरीले निजी विद्यालयमा सबैस्तरका बालबालिकाहरुले पढ्न सक्ने वातावरण बनाउनसमेत आग्रह गरे ।
त्यसका लागि घोराही उपमहानगरपालिकाले के सहयोग गर्न आवश्यक छ त्यो गर्न आफू तयार रहेको समेत बताए । त्यस्तै कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार नारायण अधिकारीले गुणस्तरीय शिक्षा प्रदानमा महत्वपूर्ण योगदान पु¥याउने निजी विद्यालयलाई राज्यले उपेक्षा गरेको बताएका थिए । उनले राज्यले शिक्षा प्रदानका लागि आफैले अनुमति दिएका निजी क्षेत्रलाई अपमानजनक व्यवहार गरेको समेत आरोप लगाएका थिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार अरुणकुमार शर्माले शिक्षाको गुणात्मक विकासका लागि मूल्य र मान्यतासहितको ठोस नीति आवश्यक रहेको बताए । राज्यसँग शिक्षाको विकास गर्ने ठोस नीतिगत व्यवस्था नहुँदा शिक्षाको गुणात्मक विकास हुन नसकेको उनको भनाइ थियो ।
यसैबीच प्याब्सन घोराही समितिले निजी विद्यालयतर्फ उत्कृष्ट नतिजा प्र्रदान गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषयगत शिक्षकहरुलाई सम्मान गरेको थियो । त्यस अवसरमा अंग्रेजी विषयतर्फ दीपशिखा बोर्डिङ स्कुलका शिक्षक अशोक गौतम, गणित विषयमा दीपशिखाकै प्रतिराज बस्नेत, सामाजिकतर्फ माउन्टभ्यू बोर्डिङ स्कुलका शिक्षक सर्जन गौतम,
विज्ञान विषयतर्पm जनज्योति विद्यामन्दिरका सिसम थापा, नेपाली विषयमा पशुपति विद्या आश्रमका शिक्षक नारायण नेपाल र स्वास्थ्य,जनसंख्या तथा वातावरण विषय उत्कृष्ट नतिजा ल्याउन योगदान पु¥याउने पशुपति विद्या आश्रमकै शिक्षिका गीता शर्मालाई प्रमाणपत्र, खादा र टिका लगाएर प्रमुख अतिथिले सम्मान गरेका थिए ।
त्यस्तै उत्कृष्ट विद्यालयतर्फ प्याव्सनले यसबर्ष माउन्ट भ्यू बोर्डिङ स्कुललाई सम्मान गरेको छ । अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षता तथा उपाध्यक्ष केशरमान बुढाथोकीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्ने वक्ताहरुले विजयादशमीको शुभकामना व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here